
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, ७ चैत । कोरोना भाइरस (कोभिड १९) को संभावित संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न सरकारले चैत ९ देखि १८ गतेसम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने भएको छ । शुक्रबार राष्ट्रवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु चैत ९ देखि १८ गतेसम्मको लागि स्थगित गरिएको बताएका हुन् । यस्तै, सरकारले छिमेकी राष्ट्रहरुसँग समन्वय गरी सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षाको व्यवस्थासहित आवागमनको व्यवस्था गरेको प्रधानमन्त्री ओलीले बताएका छन् ।
बिर्तामोड, ७ चैत । कतै नेपाली सेना, कतै सशस्त्र प्रहरी हुँ भनेर पश्चिम दैलेखदेखि पूर्वको इलामसम्मका व्यवसायीको लाखौँ रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१४ बस्ने ४६ वर्षीय प्रदीप भन्ने राजकुमार राउत रहेको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। राउतलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले बिहीबार काँकडभिट्टाबाट पक्राउ गरेपछि प्रहरीले शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो। राउतले आफू नेपाली सेना र सशस्त्र प्रहरीको परिचय दिँदै झापाको चन्द्रगढी, चारआली, धुलाबारी, बिर्तामोड, मोरङको उर्लाबारी, विराटनगर, सुनसरीको धरान, इटहरी, गोर्खा, काभ्रेसम्मका किराना व्यवसायीलाई छुटमा सामान ल्याइदिने आश्वासन दिलाएर लाखौँ रुपैयाँ ठगी गरेको खुलेको प्रहरी उपरीक्षक…
भद्रपुर, ७ चैत । झापा उद्योग वाणिज्य संघले झापाका व्यवसायी र उपभोक्तालाई वर्तमान अवस्थामा जिम्मेवार ढंगले प्रस्तुत हुन आव्हान गरेको छ । शुक्रबार संघको कार्यकक्षमा बसेको बैठकले जिम्मेवार र उत्तरदायी बनेर व्यवसाय गर्न व्यवसायीहरुलाई र दैनिक उपभोग्य सामग्री अनावश्यक रुपमा भण्डारण नगर्न उपभोक्ताहरुलाई आव्हान गरेको हो । कोरोना भाइरसको कारण अहिले विश्व नै क्वारेन्टाइनमा रहेको अवस्थामा व्यापार–व्यवसायमा समस्या आउनु स्वभाविक छ । यो संगीन घडीमा उपभोक्ताहरुले दैनिक उपभोग्य बस्तुहरु अस्वभाविक रुपमा खरीद गरी अभाव हुन गएको अवस्था एकातिर देखिएको छ भने अर्कोतिर कहीं कतै कुनै व्यवसायीले कृत्रिम अभाव सिर्जना गर्न खोजेको जस्ता कुरा बाहिर आइरहेको अवस्थामा झापा उद्योग वाणिज्य संघले…
भक्तपुर, ७ चैत । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको लोकन्थलीस्थित घरमा प्रेसर कुकर बम विस्फोट गराएको अभियोगमा बिहीबार बेलुका प्रहरीले थप तीनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली स्थायी घर भएका लक्ष्मण सेठी र अमृत कुमाल तथा कालिकोटका अभिषेक गिरी भनिने टेक लोहार रहेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले जानकारी दिनुभयो । गत फागुन २८ गते वि’स्फोट भएको थियो । सो दिन विस्फोटमा संलग्न रहेको अभियोगमा प्रहरीले मनोहरा सुकुम्वासी बस्तीबाट नेत्रविक्रम चन्द समूहका भक्तपुर जिल्ला सदस्य देवीबहादुर गुरुङलाई पक्राउ गरेको थियो । रासस
बिर्तामोड, ७ चैत । निर्माण व्यवसायी संघ झापाको १४ औं चुनावी साधारणसभा स्थगित भएको छ । नोवल कोरोना भाइरस विश्वभर फैलिन थालेपछि नेपालमा भाइरस भित्रन नदिन सतर्कता अपनाउँदै सरकारले सभा सम्मेलन, भीडभाड गर्न रोक लगाएसँगै चैत ७ र ८ गते शुक्रबार र शनिबारलाई तय गरिएको साधारणसभा अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित गरिएको संघका महासचिव ओम पौडेलले जानकारी दिए । संघका अध्यक्ष मिलन वस्नेतको अध्यक्षतामा हालै बसेको कार्यसमितिको आकस्मिक बैठकले साधारणसभा हाललाई स्थगित गर्ने निर्णय ग।रेको थियो । यो चुनावी साधारणसभा पनि भएकोले ७ गते साधारणसभाको उद्घाटन र ८ गते नयाँ कार्यसमिति चयनका लागि चुनावी कार्यक्रम तय गरिएको थियो ।…
सन्तोष शर्माझापा, ७ चैत । सर्वत्र कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको त्रास फैलिरहेको बेला झापामा मौसमी रुघाखोकीका बिरामी बढेको छन् । मौसम परिवर्तन भएसँगै मौसमी रुघाखोकीका बिरामी बढेका हुन् । कोरोना भाइरसको संक्रमणको मुख्य तीन लक्षण उच्च ज्वरो, रुघाखोकी र स्वासप्रश्वासमा समस्यामध्ये मौसमी रुघाखोकीमा ज्वरो आउने र रुघाखोकी लाग्नले हुँदा मानिसमा ‘कोरोनाको संक्रमण हो कि’ हो कि भन्ने त्रास बढेको छ । मौसम परिवर्तन भएसँगै मानिसमा मौसमी रुघाखोकी देखिएको मेची अञ्चल अस्पताल भद्रपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. पिताम्बर ठाकुरले बताए । ‘अहिले जताततै कोरोना भाइरसको चर्चा छ’, उनले भने, ‘त्यसैले पनि ज्वरो र रुघाखोकी लाग्दा मानिस डराइरहेका छन् ।’ अरु बेलाजस्तै…
भद्रपुर, ७ चैत । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले सुदूरपूर्वी नाका काँकडभिट्टामा कोभिड–१९को सङ्क्रमणको जोखिम हुन नदिन भइरहेको कामको बिहीबार अनुगमन गर्नुभएको छ । उहाँले जाँच प्रक्रिया, सुरक्षाकर्मी एवं स्वास्थ्यकर्मी परिचालनको निरीक्षण गर्दै कोरोना सङ्क्रमण रोकथामका लागि नाकामा भीडभाड हुन नदिन, स्थानीय खुला हाटबजार बन्द गराउन र अनावश्यक रुपमा भारततर्फ सर्वसाधारणलाई आवतजावत गर्न जान नदिन प्रमुख जिल्ला अधिकारी र प्रहरीका स्थानीय प्रमुखहरुलाई निर्देशन दिनुभयो । मन्त्री कार्कीले सो भाइरसको जोखिम र जाँचमा खटिएकाको अवस्थाबारेमा कार्यस्थलमा परिचालित स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँग सोधपुछ गर्नुभएको थियो । दैनिक नौदेखि १२ हजारसम्म मानिस भारतबाट आउने गरेको काँकडभिट्टा नाकामा न्यून साधन…
मोरङ, ७ चैत । मोरङ पथरी शनिश्चरे–६ शान्ति चोक बस्ने ३९ बर्षीय मन बहादुर वि।क। को करेन्ट लागेर मृत्यु भएको छ । हिजो बेलुका सवाँ ८ बजे आफ्नै भान्साघरमा बिजुली बत्ती मर्मत गरिरहेका मन बहादुरलाई एक्कासी करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
मङ्गलबारे, ६ चैत । इलाम सूर्योदय नगरपालिकाकी–१७ वर्षीया आकृति राईको हत्यारालाई पक्राउ गरिएको छ । आकृतिको हत्या गर्ने छिमेकी रोशन राईलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय इलाममा आज पत्रकार सम्मेलन गर्दै हत्यारा सार्वजनिक गरिएको हो । गत मङ्गलबार कक्षा–११ को जाँच दिन विद्यालय हिँडेकी आकृतिलाई बलात्कार गरेर जङ्गलमा लगी ‘हत्या गरेको रोशनले बयान गरेको इलामका प्रहरी प्रमुख हीराबहादुर पाण्डेले जानकारी दिनुभयो । आकृतिको हत्या गरेर माटोमा गाडेको अवस्थामा शव फेला परेको थियो । सूर्योदय नगरपालिका–१३ स्थित पोखरी (किराँत टोल) का पूर्णबहादुर राईकी छोरी आकृति स्थानीय ज्योति मावि कक्षा ११ मा अध्यनरत थिइन् । युवती मङ्गलबार बिहान घरबाट…
मोरङ, ६ चैत । मोरङको सुनवर्सी नगरपालिका–८ मिलन चोकबाट लागुऔषध सहित २ जनालाई पक्राउ गरिएको छ । आज दिउँसो १ बजेको समयमा मे ४ प ७७३७ नम्बरको मोटरसाईकलमा भारतिय बजारबाट नेपाल तर्फ आऊँदै गरेका मोरङको पथरी शनिश्चरे नगरपालिका–६ का २८ वर्षीय काजीमान बिक र बर्ष २८ कै शिव नारायण चमारको साथबाट नियन्त्रीत लागुऔषध कोरेक्स १ बोतल, नाईट्राभेट ४९ ट्याब्लेट र स्पोभन १६ ट्याब्लेट बरामद भएको थियो । लागुऔषध सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ ।