
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २ चैत । पैसाको माध्यमबाट कोरोना भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो । पैसाका माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैङ्कको सहयोगमा कोरोना प्रभावित क्षेत्रबाट सङ्कलन गरिएका ती पैसा नष्ट गरेको हो । यसअघि गरिएको अध्ययनले पैसाबाट पनि विभिन्न प्रकारका भाइरस सर्ने सम्भावना अधिक भएको पुष्टि गरिसकेको छ । न्युयोर्क युनिभर्सिटीले गरेको एक अध्ययन अनुसार पैसामा पनि ‘सूक्ष्म जीव’ बाँच्न र हुर्कन उपयुक्त वातावरण भएको प्रमाणित भइसकेको छ । चिकित्सकहरूले पनि कुनै पनि भाइरसका जीवाणु पैसामा करिब दुई सातासम्म जीवित रहनसक्ने बताउँदै आइरहेका छन् । पैसामा…
मङ्गलबारे, २ चैत । इलामको देउमाई नगरपालिका–४ स्थित मङ्गलबारे बजार नजिकै एक डेरी उद्योगमा आगलागी हुँदा रु ७० लाख माथिको क्षति भएको छ । मङ्गलबारे बजारको तल्लो बुधबारेमा रहेको गजुरमुखी दर्शन डेरी उद्योगमा आगलागी हुँदा सो क्षति भएको हो । आगलागीबाट दुध पेल्ने मेसिन, घ्यु, छुर्पी लगायतका सामान जलेर नष्ट हुँदा क्षति भएको वडाध्यक्ष राजेन्द्र बाँस्तोलाले जानकारी दिनुभयो । आगलागी शनिबार दिउँसो ३ः०० बजेदेखि शुरु भएको थियो । स्थानीय अशेष बुढाथोकीले सञ्चालन गर्नु भएको सो डेरी उद्योगमा आगलागी नियन्त्रण भइसकेको छ । प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएको स्थानीय प्रकाश खनालले बताउनुभयो । नगरपालिकामा दमकल नहुँदा इलाम नगरपालिकाको दमकल पठाइएको…
बिर्तामोड, २ चैत । झापाको हल्दिबारी गाउँपालिकाले कक्षा–५ सम्मका सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क दिवा खाजा खुवाउने भएको छ । गाउँपालिकाले हाताभित्रका सबै सामुदायिक विद्यालयका कक्षा–५ सम्मका विद्यार्थीलाई निःशुल्क खाजा उपलब्ध गराउने भएको हो । शुक्रबारदेखि शुरु भएको गाउँपालिकको छैठौँ गाउँसभाले उक्त निर्णय गरेको गाउँपालिका उपाध्यक्ष एवम् शिक्षा समिति संयोजक डम्बर गिरीले जानकारी दिनुभयो । ‘सामुदायिक विद्यालय प्रतिको आकर्षण बढाउनका लागि दिवा खाजाको व्यवस्था गरेका छौँ’, उहाँले भन्नुभयो, ‘जसको कार्यान्वयनका लागि गाउँसभाबाटै निर्णय गरिएको हो ।’ दिवा खाजाका लागि गाउँपालिकाले प्रत्येक विद्यार्थी बराबर रू २० रुपैयाँ उपलब्ध गराउनेछ । गाउँसभाले दिवा खाजाका लागि बैशाख, जेठ र असार महिनाका लागि रू २५…
भद्रपुर, २ चैत । झापाको भद्रपुर नगरपालिका–९ स्थित चन्द्रगढीमा भ्रमण वर्ष सन् २०२० को लोगोसहितको देवकोटा जेष्ठ नागरिक चौतारी निर्माण गरिएको छ । ज्येष्ठ नागरिकलाई फुर्सदको समयमा भेटघाट र भाकुसारी गर्न तथा बस चढ्ने यात्रुको सहजताका लागि चौतारो निर्माण गरिएको देवकोटा जेष्ठ नागरिक चौतारी निर्माण समिति संयोजक सोमप्रसाद पौडेले जानकारी दिनुभयो । ३० जना क्षमताको उक्त चौतारी रू १० लाख १८ हजार छ सय रूपैयाँ लागतमा निर्माण गरिएको हो । नवनिर्मित उक्त चौतारीको आज भद्रपुर–९ का ज्येष्ठ नागरिक विष्णुप्रसाद शिवाकोटी र दुर्गाप्रसाद भट्टराईले संयुक्त रूपमा उद्घाटन गर्नुभएको छ । स्थानीय जेष्ठ नागरिकहरू फुर्सदको समयमा भेला भएर गफगाफ गर्ने उपयुक्त स्थान…
नयाँ दिल्ली, १ चैत । भारतमा कोरानो भाइरसको सङ्क्रमका कारण थप एक जनाको मृत्यु भएको छ । राजधानी नयाँ दिल्लीमा शुक्रबार राति ६८ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा यसअघि अर्का एक जनाको पनि कोरोनाकै कारण मृत्यु भएको स्वास्थ्य अधिकारीले पुष्टि गरेका थिए । नयाँ दिल्लीमा अरु छ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । गत बिहीबार कोरोना सङ्क्रमित पहिलो व्यक्तिको मृत्यु भएको घोषणा गरिएको थियो । ती व्यक्तिको गत मङ्गलबार कर्नाटकमा मृत्यु भएको जनाइएको छ । पहिलो मृत्यु हुने व्यक्ति पनि महिला नै रहेको र ७६ वर्षीया रहेको अधिकारीले बताएका छन् । ती व्यक्ति साउदी…
भोजपुर, १ चैत । भोजपुर आमचौक–९ बोक्सेटारका १८ बर्षीय तेज बहादुर बस्नेतको ट्रयाक्टर दुर्घटनाबाट मृत्यु भएको छ । हिजो साझँ ०७ बजे आमचौक माजखानी स्थित भित्रीसडकमा दुम्मानाबाट रानीटार तर्फ जाँदै गरेको ना३ त ८७५१ नम्बरको ट्रयाक्टर आफै अनियन्त्रित भई पल्टदा सोही ट्याक्टरले किची सहचालक बस्नेतको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
झापा, १ चैत । पर्साको वीरगञ्ज नाका भएर पछिल्लो तीन दिनमा १२८ वटा ग्यास बुलेट भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार कुल २२ लाख ६३ हजार ११० किलोग्राम खाना पकाउने एलपी ग्यास बोकेका १२८ वटा ग्यास बुलेट मङ्गलबार, बुधबार र बिहीबार गरी तीन दिनमा वीरगञ्ज भन्सार नाका भएर नेपाल भित्रिएका हुन् । बजारमा खाना पकाउने एलपी ग्यास नपाइने गरेको जनगुनासो बढी रहेको बेला वीरगञ्ज नाका भएर अन्य सामान्य अवस्थाका दिनमा जस्तै ग्यास बोकेका बुलेट आइरहेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी विमल साहले बताए । दैनिक ४२ देखि ४६ वटा ग्यास बोकेका बुलेट वीरगञ्ज नाका भएर…
झापा, १ चैत । विश्व स्वास्थ्य सङ्गठनले विश्वभर कोरोना फैलिएका देशको सङ्ख्या १२३ नाघेको जनाएको छ । हालसम्म एक लाख ३२ हजार ५६७ जना सङ्क्रमित भेटिएका छन् र चार हजार ९४७ जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमित भएकामध्ये ७० हजारभन्दा बढी निको भएर घर फर्केका छन् । अझै पाँच हजारभन्दा बढी सङ्क्रमित उच्च जोखिममा छन् । पछिल्लो समय सबैभन्दा बढी चीनका नागरिक निको भएर फर्केका छन् । कोरोना फैलिएको स्थान बुहानमा पुगेर चीनका राष्ट्रपति सी चिनफिङले चीन कोरोना सङ्कटबाट माथि उठेको सन्देश दिएका छन् । सो क्रममा चीनका स्वास्थ्यकर्मीले लगाएको मास्क खोलेर सङ्क्रमण टाढिँदै गएकोमा खुसी व्यक्त गरेका थिए…
झापा, १ चैत । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच शुक्रबार छलफल भएको छ । छलफलमा तीनै जना नेताले पार्टीको निर्णय कार्यान्वयन गर्ने निष्कर्षमा पुगेका छन् । दाहाल निवास खुमलटारमा तीन नेताको बीचमा पछिल्लो छलफल भएको बताइएको छ । नेपाल र गौतम दाहाललाई भेट्न खुमलटार पुगेका हुन् । उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको दाहाल सचिवालयले जनाएको छ । नेकपाको पछिल्लो सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्यमा लैजाने निर्णय कार्यान्वयन गर्ने, पार्टी एकताका बाँकी काम टुंगो लगाउने लगायतका विषयमा छलफल भएको बताइको छ । गौतमलाई राष्ट्रिय सभा सदस्य…
सन्तोष शर्माझापा, १ चैत । दक्षिणी झापाको कचनकवल गाउँपालिकाका छोरी–बुहारीले स्नातकतहसम्म निःशुल्क अध्ययनको अवसर पाएका छन् । गाउँपालिकाले निःशुल्क शिक्षा अभियानअन्तर्गत गाउँपालिका क्षेत्रका सबै छोरीबुहारीलाई स्नातकतहसम्म निःशुल्क अध्ययनको अवसर उपलब्ध गराएको हो । “शिक्षा विकासको मेरुदण्ड हो”, सो गाउँपालिका अध्यक्ष अञ्जार आलमले भन्नुभयो, “महिलालाई सक्षम एवं आत्मनिर्भर बनाउने उद्देश्यले स्नातकसम्मको निःशुल्क अध्ययनको व्यवस्था गरेका हौँ ।” गाउँपालिकाले यसअघि नै कक्षा–१२ सम्म सबैलाई निःशुल्क शिक्षाको व्यवस्था गरिसकेको छ । आर्थिक अवस्था कमजोर भएकै कारण कोही शिक्षाको अवसरबाट वञ्चित हुनु नपरोस् भनेर गाउँपालिकाले निःशुल्क शिक्षा अभियान सञ्चालन गरेको अध्यक्ष आलम बताउनुहुन्छ । “सम्पन्न र हुनेखानेका छोराछोरी अन्यत्रै गएर पनि बढ्छन्÷पढिरहेका छन्”, उहाँले…