झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २० फागुन । सरकारले विभिन्न १८ वटा रुपान्तरणकारी (गेम चेन्जर) आयोजनासहित १५ औं योजना स्वीकृत गरेको छ । ती आयोजनामा २५ खर्ब लगानी गरिनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको राष्ट्रिय योजना आयोगको बैठकले विभिन्न रुपान्तरणकारी आयोजना स्वीकृत गरेको हो । मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री ओलीले आयोगको बैठक राखेर ती आयोजना स्वीकृत गराएका हुन् । यस्ता आयोजनामा लगानी, प्रवद्र्धन, उच्च रोजगारी सिर्जना, व्यापार सन्तुलन, भौतिक पूर्वाधार, जनविद्युत्, पर्यटन र गरिबी तथा असमानता न्यूनीकरणलगायत महत्त्पूर्ण कार्यक्रम छन् । आजको राजधानी दैनिकमा खबर छ ।

Read More

सुनसरी, २० फागुन । सुनसरी बराहक्षेत्र–७ देबिघाट बस्ने नर बहादुर बर्देवाको छोरी १५ बर्षीया मौसम बर्देवा मृत अवस्थामा फेला परेकी छिन । आइतबार दिउँसो घरबाट कोही कसैलाई नसोधि हिँडेकी मौसम सोमबार दिउँसो सुनसरी बराहक्षेत्र–६ ठाकुरबारीको कोशी किनारमा मृत अवस्थामा फेला परेकी हुन । घोप्टो परेको अवस्थामा मृत फेला परेकी बालिकालाई स्थानीय गोठालाले देखी इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ स्थानीय सहित घटनास्थलमा खटिएको प्रहरी टोलीले बालिकाको पहिचान गरेको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Read More

झापा, २० फागुन । त्रिवि शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा।डा। प्रेमराज ज्ञवालीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको नेतृत्व गर्नेछन् । टोलीमा डा. पवनराज चालिसे, डा उत्तम शर्मा, डा। दिव्यसिंह शाह र डा. सुवास आचार्य रहनेछन् । यस्तै, नर्सिङतर्फको नेतृत्व पुनम सिन्हाले गर्ने अस्पताल प्रशासनले जनाएको छ । प्रत्यारोपण पछि ५÷६ दिनमा आवश्यकता हेरेर डिस्चार्ज गरिने त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा।डा। प्रेमकृष्ण खड्गाले बताए । डा. खड्गाका अनुसार तीनदेखि चार घण्टामा प्रत्यारोपण सकिनेछ । अन्य कुनै समस्या आएका तयारी अवस्थामा मुटु रोग विशेषज्ञ प्रा.डा. अरुण सायमी, प्रा।डा। भगवान कोइराला, कलेजो प्रत्यारोपण सर्जन प्रा।डा। रमेशसिंह भण्डारी, न्युरोलोजिस्ट प्रा।डा। जगदीशप्र्रसाद अग्रवाल…

Read More

झापा, २० फागुन । सरकारले कोरोना भाइरस ९कोभिड–१९० को विश्वव्यापी प्रभाव आकलन गर्दै एकपछि अर्को निर्णय गर्दै आए पनि नेपाल भ्रमण वर्ष २०२० स्थगन भएको हो कि होइन भन्ने स्पष्ट भएको छैन । सरकारले मार्च ७ देखि सम्पूर्ण मुलुकका लागि अन अराइभल भिसामा रोक लगाउँदै कोरोनाको रोकथाम एवम् पूर्वतयारीका कार्यहरू तत्काल थाल्ने निर्णय गरेको छ । तर, भ्रमण वर्षलाई नै स्थगित गर्ने वा निरन्तरता दिने भन्ने विषयमा ठोस निर्णय नआउँदा भ्रमण वर्ष अन्योलमा परेको छ । आइतवार बेलुकी अबेरसम्म बसेको मन्त्रिपरिषद् बैठकमा भ्रमण वर्ष स्थगित गरी २०२२ मा सार्ने प्रस्ताव आएको भनिए पनि यस विषयमा कुनै ठोस निर्णय बाहिर नआएपछि…

Read More

बिर्तामोड, १९ फागुन । झापाको झापा गाउँपालिकामा ‘झापा गाउँपालिका च्यालेन्ज कप फुटबल प्रतियोगिता’ हुने भएको छ । दिपज्योती युवा क्लबले यही फागुन २९ गतेदेखि प्रतियोगिताको आयोजना गर्न लागेको हो । सोमबार झापा गाउँपालिका–७ मा आयोजित पत्रकार सम्मेलनमा क्लबले प्रतियोगिताबारे जानकारी दिएको हो । क्बलका अध्यक्ष डिल्ली चुडालले गाउँपालिका क्षेत्रमा खेलकुदको प्रबद्र्धन, खेलाडी उत्पादन र पर्यटन वर्षलाई टेवा पु¥याउने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको बताए । फागुन २९ देखि सुरु हुने प्रतियोगिता चैत ६ गते सम्पन्न हुनेछ । प्रतियोगितामा आयोजक टिम दिपज्योती युवा क्लब, श्रीनाथ गण चारआली, जलथल एफसी, दमक एकाडेमी, रेड स्टार बिर्तामोड, सशस्त्र प्रहरीबल सुनसरी, झापा एफसी राजगढ र…

Read More

अर्जुनधारा, १९ फागुन । झापाको अर्जुनधारामा सोमबार समुदाय–प्रहरी साझेदारी कार्यक्रम आयोजना गरिएको छ । इलाका प्रहरी कार्यालय अनारमनीको आयोजनामा अर्जुनधाराका विद्यार्थी, शिक्षक–शिक्षिका र अभिभावकका बीच समुदाय–प्रहरी सोझेदारीसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम गरिएको हो । अर्जुनधारा–३ स्थित भानु आधारभूत विद्यालय परिसरमा विद्यालय व्यवस्थापन समितिका अध्यष भोला बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इप्रका अनारमनीका डीएसपी मुकुन्दप्रसाद रिजालले जिल्लामा बढ्दै गएको आलू औषधको प्रयोग र साइबर क्रायम न्यूनिकरणका उपायका बारेमा झण्डै दुई घण्टाको प्रस्तुति दिएका थिए । बालबालिकालाई लागु औषध र सामाजिक सञ्जालको कुलतमा पर्न नदिन अभिभावकहरुले अपनाउनुपर्ने सावधानी, विद्यार्थी र शिक्षक–शिक्षिकाको जिम्मेवारीका बारे रिजालले प्रष्ट्याएका थिए । झापा प्रहरीले जिल्लाव्यापि रुपमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम सञ्चालन…

Read More

चन्द्रगढी, १९ फागुन । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी र शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको महाधिवेशन तोकिएकै मितिमा हुनुपर्नेमा अडान राख्नुभएको छ । नेपाल प्रेस युनियन झापाद्वारा आज सोमबार चन्द्रगढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले तोकिएको मितिमा कांग्रेसको महाधिवेशन हुन नसके पार्टी संगठनभित्र जटिल समस्या उत्पन्न हुने चिन्ता ब्यक्त गर्नुभयो । नेपाल विद्यार्थी संघ, तरुण दल र महिला संघ लगायत पार्टीका भातृ संस्थाको महाधिवेशन पार्टी महाधिवेशन अगाडि गर्न नसकिए पनि प्रेस युनियन शुभेच्छुक संस्था भएको हुँदा तोकिएको समय (२०७६ चैत २१ र २२)मा हुनुपर्नेमा जोड दिदै कुनै पनि बहानामा प्रेस युनियनको महाधिवेशन सार्ननहुने अभिमत राख्नुभयो…

Read More

बिर्तामोड, १९ फागुन । सुखानी शहिद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले सम्बोधन गर्ने भएका छन् । फागनु २१ गते सहादत स्थल सुखानीमा आयोजना हुने कार्यव्रmमलाई पार्टी अध्यक्ष दाहालले सम्बोधन गर्ने कार्यव्रmम रहेको नेकपा झापा अध्यक्ष चिन्तन पाठकले बताउनु भयो । फागुन २१ गते सुखानीमै स्मृति सभा तथा श्रद्धाञ्जली कार्यव्रmम तय गरिएको छ । अध्यक्ष पाठकका अनुसार पार्टी अध्यक्ष प्रचण्ड सहित सो कार्यव्रmमलाई पार्टीका महासचिव विष्णु पौडेल लगायतले सम्बोधन गर्ने छन् । यस अघि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सुखानी सहिद स्मृति सभालाई सम्बोधन गर्न झापा आउने कार्यव्रmम…

Read More

झापा, १९ फागुन । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले महामारीको रुप लिए देशभर स्वास्थ्य संकटकाल घोषणा गरिने जनाउ दिएका छन् । आफूले उक्त मन्त्रालयले जिम्मेवारी सम्हालेको १०० औं दिनमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो संकेत गरेका हुन् । सरकारले सरकारी र निजी अस्पताललाई समेत कोरोनाबाट बच्न पूर्वतयारीका साथ रहन आह्वान गरी २ महिनादेखि ४३ बेड आइसुलेसन ठीक अवस्थामा राखेको छ । यसबाट बच्न सीमा सुरक्षामा समेत विशेष ध्यान दिनुपरेकोले एयरपोर्टमा स्वास्थ्य परीक्षण डेस्क खडा गरी जनशक्ति बढाइएकाले अब जहाज चढ्नअघि र जहाजबाट उत्रिएपछि स्वास्थ्य परीक्षण गर्ने वातावरण मिलाइएको छ । आजको नेपाल समाचारपत्रमा खबर…

Read More

इटहरी, १९ फागुृन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालका वैचारिक एवम राजनीतिक नीतिहरुको प्रचार –प्रसार गर्ने र समाजवादी आन्दोलनमा टेवा पु¥याउने उद्देश्यले गठित ‘पुष्पलाल मित्रता केन्द्र’को १ नम्बर प्रदेश कमिटी गठन भएको छ । सुनसरीको इटहरीमा आइतबार भएको प्रदेश स्तरीय भेलाले भाष्कर काफ्लेको अध्यक्षतामा ३५ सदस्यीय कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा इन्द्र वुढाथोकी र सचिवमा मोतीराज सुनुवारलाई चयन गरेका छन् । अध्यक्षको जिम्मेवारीमा चयन भएका भास्कर झापा निवासी हुन् । त्यसैगरि उपाध्यक्ष वुढाथोकी झापा दकम र सचिव सुनुवार धरानका हुन् । नव गठित पुष्पलाल मित्रता केन्द्रमा १ नम्बर प्रदेश भरीका कम्युनिष्ट राजनीतिमा लागेका नेताहरुलाई समेटिएको छ ।…

Read More