झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले शुरु गरेको विकास र समृद्धिको कामलाई देखेर देशी, विदेशी तथा प्रतिक्रियावादी शक्तिहरुबाट चलखेल भइरहेको बताउनुभएको छ । झापाको दमक–चिसापानी ९रवि० कालोपत्र सडकको आज यहाँ शिलान्यास समारोहमा उहाँले विकास र समृद्धि नचाहने शक्ति सरकारलाई चारैतिरबाट कमजोर बनाउन उद्यत भएको बताउनुभयो । त्यस्ता चलखेलविरुद्ध वर्तमान सरकार निर्धक्कका साथ जुधिरहेको उहाँको भनाइ थियो । प्रधानमन्त्री ओलीले वर्तमान सरकार जनताको सरकार भएकाले त्यस्ता प्रतिक्रियावादी शक्तिहरुसँग जुध्न सक्षम भएको र सरकारविरुद्धका त्यस्ता चलखेल सरकारलाई सह्य नहुने उल्लेख गर्नुभयो । आफू देश समृद्धि बनाउन लडाइँको मैदानमा भएको बताउँदै उहाँले भन्नुभयो, “सुशासन कायम गरेर देशलाई विकास र समृद्ध…

Read More

झापा, ५ फागुन । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सदनमा दुई तिहाइ बहुमत र शालीन प्रतिपक्ष हुँदा पनि सरकारले काम गर्न नसकेको भन्दै आलोचना गरेको छ । सरकार गठन भएको दुई वर्ष पुगेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा सम्बोधन गर्दै दुई वर्षको अवधिमा उल्लेख्य राम्रो काम गरेको बताएको भोलिपल्टै आइतबार पत्रकार सम्मेलन गरी कांग्रेसले सरकारको आलोचना गरेको हो । ‘वर्तमान सरकारले दुई तिहाइ बहुमत थियो, सदनमा शालीन र जिम्मेवार प्रतिपक्ष थियो,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने,‘यस्तो अनुहुल परिस्थितिमा पनि सरकारले काम गर्न सकेन ।’

Read More

बिर्तामोड, ५ फागुन । गायिका कविता शिवाकोटीले ‘जय जय पाथिभरा’ बोलको भजन आफ्नै युट्यव च्यानल ‘कविता शिवाकोटी’बाट सार्वजनिक गरेकी छिन् । दर्जनौ हिट गित दर्शकमाझ दिन सफल भएकी गायिका शिवाकोटी छैटौ भजन भएको बताइन् । रचना किरण के उप्रेतीले गरेको भजनमा स्वर शिवाकोटीको छ भने भजनलाई संगित भिम विसीले दिएका छन् । भजनमा अभियन गायिका शिवाकोटी र यशोदा उप्रेतीले गरेका छन् । भजनको निर्देशन रोहित लामगादेले गरेका छन् भने कोरियोग्राफि लामगादे र शम्भु श्रेष्ठले गरेका छन् । क्यामेरा तथा भजनको सम्पादन सुभास लिम्बुले गरेका छन् ।

Read More

बाहुनडाँगी, ५ फागुन । १२ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको मेचीनगरस्तरीय छनौट अन्तर्गत आइतबार विभिन्न विधाका खेलको फाइनल सम्पन्न भएको छ । मेचीनगर २ स्थित मेची जनसाधारण माविको खेलमैदानमा शनिबारबाट सुरु भएको छनौट अन्तर्गत दोस्रो दिन १ सय मिटर र ३ हजार मिटरको दौड, लङजम्प, सटपुट र करातेको विभिन्न तौल समूहको फाइनल सम्पन्न भएका हुन् । मेचीनगर शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा जारी तीन दिवशीय छनौटको आइतबारको खेलमा ट्रयाकतर्फ १ सय मिटर दौड छात्रतर्फ हिमालयन एकाडेमीका ज्ञानेन्द्र थापा प्रथम, इष्ट होराइजन माविका अविनाश चौधरी द्धितीय र मेची जनसाधारण माविका अनिश भूजेल तृतीय बने । त्यस्तै, छात्रातर्फ हिमालयन एकाडेमीकी…

Read More

झापा, ५ फागुन । सताक्षी गोल्डकपको तेस्रो संस्करणको दोस्रो खेल आज रुस्लान थ्रीस्टार क्लब ललितपुर र बेलबारी फुटबल क्लब मोरङ बीच हुनेछ । आइतबार भएको उद्घाटन खेलमा आयोजक सतासीधाम स्पोर्टिङ क्लबले जित हासिल गर्दै क्वार्टर फाइनल यात्रा तय गरेको थियो । पाहुना टोली मनाङ मस्र्याङ्दीविरुद्व १–० को जित निकाल्दै घरेलु मैदानमा आयोजकले विजय यात्रा तय गरेको हो । झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा भएको उद्घाटन खेलमा आयोजकले लिगको तेस्रो स्थानमा रहेको ए डिभिजन क्लब मनाङलाई हराएको हो । खेलको म्यान अफ दि म्याच गोलकर्ता मनिष थापा घोषित भए । उनले नगद १० हजार रुपैयाँ पाएका छन् । तेस्रो संस्करणको सताक्षी…

Read More

–रवीन्द्र काफ्ले पाँचथर, ४ फागुन । सुरक्षाको सम्पूर्ण जिम्मेवारी पाएको प्रहरी स्रोत साधन, पूर्वाधार र प्रविधिको अभावमा थियो । दशकौँ अघि बनेका जिल्ला प्रहरी कार्यालय पाँचथरका केही भवन भत्किएर थिच्ने डर थियो । गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयबाट आउने बजेट सामान्य सुधार र मर्मतमै सकिन्थ्यो । पहाडी जिल्ला पाँचथरका दुर्गम गाउँका चौकीसँग सवारी साधन पनि थिएन । “गाउँमा अपराधी भाग्योे भने तत्कालै खोज्न जाने सवारी साधन थिएन”, जिल्ला प्रहरी कार्यालय पाँचथरमा दुई वर्ष बस्नुभएका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले भन्नुभयो, “अ’पराधी गाडीमा भाग्ने, प्रहरीले पैदल पिछा गर्नुपर्ने स्थिति थियो ।” यस्तो अवस्थाको प्रदेश नं १ सरकारले अन्त्य गरिदिएको छ ।…

Read More

सोसल मिडियामा निकै एक्टिभ रहने बलिउडकी हट अभिनेत्री तथा मोडल शर्लिन चोपडा अक्सर फ्यानका लागि आफ्ना से क्सी फोटो र भिडियो सेयर गर्छिन् । यस क्रममा हालै पनि उनले आफ्नो सेक्सी फोटो र भिडियो इन्स्टाग्राममा सेयर गरेकी छन् । यी फोटो र भिडियोमा लाइक र कमेन्टस गर्ने फ्यानको संख्या उल्लेख्य छ । कमेंत्गारने क्रममा शर्लिनलाई फ्यानले ‘बोल्डनेस क्विन’ को संज्ञा दिएका छन् । उनले सेक्सी पोजबाट आफ्नो ‘एप’ को प्रचार पनि गरिरहेकी छन् । ३६औं वसन्तमा पाइला टेकेकी चोपडा सन् २००५ मा फिल्म ‘टाइमपास’ बाट बलिउड प्रवेश गरेकी हुन् । उनी हिन्दीबाहेक तेलगु, अंग्रेजी फिल्ममा पनि काम गरेकी छिन् ।…

Read More

झापा, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले दमकको कृष्ण मन्दिरदेखि बेलडाँगीसम्मको कालोपत्रे सडक र दमकबाट मोरङको मधुमल्ला जोड्ने मावाखोलामा निर्मित पक्की पुलकोे उद्घाटन गर्नुभएको छ । आज बिहान झापा आइपुग्नु भएका प्रधानमन्त्री ओलीले सङ्घीय सरकारद्वारा निर्माण गरिएको सो सडक र पुलको उद्घाटन गर्नुभएको हो । छ दशमलव २१ किमी लम्बाइको सडकको लागत रु चार करोड १६ लाख २२ हजार १५६ रहेको छ । सो सडकको निर्माण श्री रोताहा आरके जेभीले गरेको हो । त्यस्तै, दमकलाई मोरङको मधुमल्लासँग जोड्ने पुलको लम्बाई २५० मिटर रहेको छ । रु ३० करोड २२ लाख ९१ हजार ७५० लागत रहेको पुल शर्मा लामा स्वच्छन्द…

Read More

मोरङ, ४ फागुन । मोरङ जहदा गाउँपालिका–५ का ३५ बर्षीय बिरेन्द्र मण्डलको मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएको छ । आज बिहान सँवा ९ बजे जहदा स्थित भित्रि सडक खण्डमा पश्चिमबाट पुर्वतर्फ जादै गरेको को ३७ प ९७४३ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउदै गरेको को १२ प ६२२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुदा को ३७ प का चालक बिरेन्द्र मण्डलको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा सँवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । दुबै मोटरसाईकल र अर्का चालक सोहि स्थानका अभिषेक मण्डल प्रहरी चौकी मझारेको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ।

Read More

झापा, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली झापा जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन आज यहाँ आउनुभएको छ । भद्रपुर विमानस्थलमा प्रधानमन्त्री ओलीलाई प्रदेश नं. १ का प्रमुख सोमनाथ अधिकारी, मुख्यमन्त्री शेरधन राई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तुकुमार नेम्वाङ, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीलगायतले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री ओलीलाई स्वागत गर्न झापाका प्रतिनिधिसभा र प्रदेशसभाका सांसद् र स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी हुनुभएको छ । प्रधानमन्त्रीसँगै पूर्वसभामुख सुवाशचन्द्र नेम्वाङ पनि सहभागी हुनुहुन्छ । झापामा हरनुहुँदा प्रधानमन्त्रीले दमक कृष्ण मन्दिरदेखि बेलडाँगी कालोपत्रे सडकको उद्घाटन, दमकबाट मोरङको मधुमल्ला जोड्ने मावाखोलामा बनेको पक्की पुलकोे उद्घाटन, दमक नगरपालिका–१ मा…

Read More