झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

रोहित काफ्लेबिर्तामोड, १० फागुन । स्थापनाको ५० वर्ष प्रवेश गरेको सुखद अवसरमा झापाको विर्तामोड–२ चारपानेस्थित श्रीकृष्ण प्रणामी मन्दिरले स्वर्ण महोत्सवको तयारी गरेको छ । मन्दिरले भ्रमण वर्ष २०२० लाईसमेत प्रवद्र्धन गर्ने गरी स्वर्ण महोत्सवको अवसरमा साताव्यापी विविध धार्मिक तथा सामाजिक सेवामूलक कार्यक्रम गर्ने योजना बनाएको छ । मन्दिरले शनिबार पत्रकार सम्मेलन गरी स्वर्ण महोत्सव एवम् साताव्यापी श्री १०८ सागर पाठ पारायण श्रीमद् देवी भागवत ज्ञान महायज्ञ (श्रीकृष्ण कथा) बारे जानकारी गराएको छ । स्वर्ण महोत्सव समारोह मूल आयोजक समितिद्वारा मन्दिर परिसरमा आयोजित सम्मेलनमा यही फागुन २१ गतेदेखि २७ गतेसम्म आयोजना गरिने कार्यक्रमहरुका बारे जानकारी गराइएको हो । समितिका अध्यक्ष युवा…

Read More

झापा, १० फागुन । झापा बुद्दशान्ती गाँउपालिका–४ का २१ वर्षीय अमिर लिम्बु लागुऔषध सहित पक्राउ परेका छन । हिजो बेलुका साढे ८ बजे काँकडभिट्टा सिमा एरियाबाट लिम्बुलाई १ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको हो । आफ्नै मुख भित्र ब्राउनसुगर प्लास्टिकमा पोको पारी राखेको अवस्थामा लिम्बुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

Read More

भद्रपुर, १० फागुन । झापाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा अन्तर्राष्ट्रिय खुला रेटिङ बुद्धिचाल प्रतियोगिता हुने भएको छ । नाइट चेस क्लबले यही फागुन २० देखि २५ गतेसम्म आयोजना गर्ने प्रतियोगितामा नेपाल, भारत, भूटान र बङ्गलादेशका गरी २५० खेलाडीको सहभागिता रहने आज काँकडभिट्टामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । क्लबका अध्यक्ष राजु कार्कीले यो दोस्रो संस्करणमा हुने प्रतियोगिताका लागि नेपाल चेस एसोसिएशनबाट समेत स्वीकृति लिइसकेको बताउनुभयो । उहाँले बङ्गलादेशका २०, भारतका ३० तथा नेपालका केही खेलाडीले प्रतियोगितामा सहभागिताका लागि नाम दर्ता गराइसकेको र भूटानबाट समेत खेलाडी सम्पर्कमा आइरहेका बताउनुभयो । प्रतियोगितामा खुलातर्फ २० उत्कृष्ट खेलाडी पुरस्कृत हुनेछन् । जसमा प्रथम, द्वितीय…

Read More

चितवन, १० फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन (एमसिसी) परिमार्जनसहित अनुमोदन हुने बताउनुभएको छ । आज पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले एमसिसी अध्ययन गरेर परिमार्जनसहित अनुमोदन गरिने बताउनुभएको हो । शुक्रबार एमसिसी अध्ययन गर्न बनेको नेकपाको कार्यदलले प्रतिवेदन पेस गरेको बताउँदै यस विषयमा विस्तृत अध्ययन गरी परिमार्जनसहित अनुमोदन हुने विश्वास दाहालले व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “एमसिसी कुनै बाइवल होइन यसलाई परिमार्जन गरेर अघि बढाइनेछ”, प्रधानमन्त्रीले यस विषयमा अमेरिकी सरकारसँग पनि कुरा गरिसक्नुभएको उहाँले जानकारी दिनुभयो । अध्यक्ष दाहालले सरकारको कामका विषयमा आजदेखि शुुरु हुने सचिवालय बैठकले समीक्षा गर्ने बताउनुभयो…

Read More

पोर्चुगका फुटबल स्टार क्रिष्टियानो रोनाल्डोका लागि खेल जीवनको आज ऐतिहासिक दिन रहेको छ । ऐतिहासिक दिन यस अर्थमा कि शनिबार राति हुने खेलमा उनी आफ्नो खेल जीवनको १ हजार औं खेल खेल्दैछन् । एउटा खेलाडीका लागि लगातार १ हजार खेलको यात्रा आफैंमा ऐतिहासिक मानिन्छ । क्रिस्टियानो रोनाल्डो १ हजार खेल खेल्ने त्यस्ता भाग्यमानी खेलाडी हुन् जो आफैं संसारमा उत्कृष्ट खेलाडीको चर्चामा समेत रहिरहेका छन् । समकालीन फूटबलरमा रोनाल्डो र मेस्सीको तुलना हरप्रहर झै भइरह्यो । दुबैको कीर्तिमानी झण्डै झण्डै उस्तै छ । तर गोल संख्या र खेल संख्याका आधारमा मेस्सीभन्दा रोनाल्डो अघि छन् ।इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति…

Read More

चर्चित अमेरिकी पप गायक पप स्मोकको भाडाको घरमा बसिरहेको अवस्थामा गोली हानी हत्या भएको छ । उनको नकावधारीहरुले हत्या गरेको खुल्न आए पनि हत्याको कारण भने खुल्न नसकेको समाचारमा जनाइएको छ । गोली लागेका पोपको अस्पताल लैजादैँ गर्दा बाटैमा मृत्यु भएको हो । एजेन्सी

Read More

झापा, १० फागुन । सोलु करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको काम सम्पन्न गर्न दोस्रो पटक पुनः म्याद थप हुने भएको छ । आयोजनाले निर्धारित समयमा काम नसक्दा पुनः म्याद थप गर्न सम्बन्धित मन्त्रालयमा फाइल अगाडि बढाइएको बताइएको छ । सन् २०२० को जनवरीसम्म काम सम्पन्न गर्ने गरी पहिलोपटक आयोजनाले म्याद थप गरेको थियो । सन् २०१६ सेप्टेम्बर २५ देखि काम शुरु गरेको आयोजनाले पहिलोपटक थप गरेको म्याद सकिएको दुई महिना अवधिसम्म ९० प्रतिशत काम पूरा भएको जनाएको छ । आयोजना प्रमुख जनार्दन गौतमका अनुसार जम्मा ३०३ टावर निर्माण गर्नुपर्नेमा १०४ निर्माण सम्पन्न र १५७ को फाउण्डेशन तयार भइसकेको छ…

Read More

मोरङ, १० फागुन । प्रदेश नम्बर १ स्तरीय मार्सलआर्ट महोत्सव कटारी बजारस्थित टाइगर खेलमैदानमा शुरु भएको छ । प्रदेश अन्तर्गतका चौध जिल्लाको झण्डै ६०० खेलाडीको सहभागिता रहेको सो महोत्सव यही फागुन १७ गतेसम्म जारी रहने महोत्सव मूल आयोजक समितिका संयोजक दीपक तामाङले जानकारी दिनुभयो । कटारी नगरपालिकाद्वारा आयोजित महोत्सवमा सितोरिया कराते, तेक्वान्दो र उसु गरेर तीन विधाका मार्सलआर्टमा कडा भीडन्त हुने उहाँले बताउनुभयो । प्रदेशका नेपाली सेनाका विभिन्न गणका मार्सलआर्ट खेलाडीको पनि सहभागिता रहेको सो प्रतियोगितामा करातेतर्फ १४ स्वर्ण,रजत तथा कास्य २८ ,तेक्वान्दो १२ स्वर्ण र २४ रजत तथा कास्य तथा उसु १२ स्वर्ण र २४ रजत तथा कास्य पदकका…

Read More

झापा, १० फागुन । नेकपाका वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको तीन सदस्यीय कार्यदलले शुक्रबार अध्यक्षद्वय ओली र पुष्पकमल दाहाललाई बुझाएको प्रतिवेदनमा एमसीसी यथास्थितीमा अनुमोदन गर्दा नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र अखण्डतामाथि प्रश्न उब्जिने र गलत नजिर बस्ने निष्कर्ष छ । त्यसैगरी, नागरिक दैनिकले लेखेको छ, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० द्वारा गठित कार्यदलले नेपाल र अमेरिकाबीच हस्ताक्षरित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई संशोधनपछि मात्र अनुमोदन गर्न शुक्रबार सिफारिस गरेको छ। पूर्वप्रधानमन्त्री एवं दलका वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले अहिलेकै अवस्थामा उक्त सम्झौता कार्यान्वयन गर्ने हो भने राष्ट्रिय सार्वभौमिकता र नेपाल तथा नेपालीको स्वतन्त्रतामा गम्भीर असर पर्ने ठहर गरेको छ। अहिलेकै…

Read More

४४औँ बसन्तमा पाइला टेकेकी बलिउड चर्चित नायिका शिल्पा शेट्टी दोस्रो पटक आमा बनेकी छन् । भारतिय मिडियाका अनुसार शिल्पा दोस्रोपटक छोरीकी आमा बनेकी हुन् । शेट्टीले सरोगेसीको माध्यमबाट १५ फेब्रुअरीमा छोरीलाई जन्म दिएकी हुन् । छोरीको नाम समिषा शेट्टी राखिएको बताइएको छ । शिल्पा शेट्टी र उनका श्रीमान राज कुंद्राले छोरीको भर्खरमात्र तस्विर सार्वजनिक गरेका हुन् । उक्त तस्वीर सार्वजनिक भएसँगै शिल्पालाई बधाई दिनेहरुको ओइरो नै लागेको छ । अभिनेत्री शिल्पाले सोसल मिडिया इन्स्टाग्राममा लेखेकी छन्, ‘ओम श्री गणेशाय नमः, हाम्रो प्रार्थनाको जवाफ एक चमत्कारको साथमा भेटायौं । हामीले आफ्नो सानी छोरी समिषा शेट्टी कुंद्राको जन्मको घोषणा गर्दा निकै रोमान्चित…

Read More