झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, १४ फागुन । नयाँ संस्करणका लागि मिस नेपालको आवेदन खुल्ला भएको छ । सन् २०२० को मिस नेपालका लागि सहभागीले चैत १४ भित्र आवेदन दिइसक्नुपर्ने आयोजक दि हिडन ट्रेजरले जनाएको छ । राजधानीको दरबारमार्गस्थित होटल अन्नपूर्णमा गरिएको पत्रकार सम्मेलनमा हिडन ट्रेजरले अफिसियल वेबसाइटमार्फत पनि निस्शुल्क आवेदन भर्न सक्ने व्यवस्था मिलाएको यसका अध्यक्ष दिवाकर राजकर्णिकारले जनाए । मिस नेपालमार्फत वर्षेनी देशको प्रतिनिधित्व गराउँदै मिस वर्ल्ड, मिस युनिभर्स, मिस अर्थ, मिस इन्टरनेसनल र मिस सुप्रानेसनलमा प्रतिस्पर्धी तयार पार्दै आएको छ । तर पछिल्लो तीन वर्षदेखि लगातार सहभागिता जनाइरहेको मिस युनिभर्समा भने यस वर्ष मिस नेपालका सुन्दरीले सहभागिता नजनाउने बताइएको छ । यस वर्ष मिस युनिभर्सको लाइसेन्स…

Read More

तेह्रथुम, १४ फागुन । तेह्रथुमको फेदाप गाउँपालिका–२ का ५७ वर्षीय टेकहादु लिम्बु पंचमी सल्लेरी सामुदायिक वनको कुलो मुनी मृत फेला परेका छन् । मंगलबार बिहान ७ बजे कुलो बनाउन भनी गएका लिम्बु घर फर्केर नआएपछी खोजतलास गर्दे जाने क्रममा आज बिहान उक्त स्थानमा, कुलो भन्दा करिव १०० मिटर तल मृत फेला परेका थिए । घटनाबारे जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरी टोलीले कानूनी प्रकृया पुरा गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

Read More

भोजपुर, १४ फागुन । भोजपुरको हतुवागढी गाउँपालिका–६ का २८ वर्षीय गौतम राईको खोलाले बगाएर मृत्यु भएको छ । हिजो मंगलबार आफ्नो ससुराली घर छिन्ताङमा श्रीमतीलाई छाडेर एक्लै फर्किएका राई बेलुकासम्म पनि घर फर्केर नआएपछि खोजतलासमा लागेका स्थानीयबासीको टोलीले राईलाई आज बिहान स्थानीय ठाडो खोलाको बगरमा ढुङ्गामा च्यापिएको अवस्थामा मृत फेला पारेका थिए । घटना सम्बन्धमा आज बिहान खबर प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरी टोली खटी गई कानूनी प्रकृया पुरा गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

Read More

झापा, १४ फाल्गुन । झापाको मेचीनगर नगरपालिका—६ बाट अबैध रुपमा भन्सार छली नेपालबाट भारत तर्फ लैजाँदै गरेको अन्दाजी ३ लाख मुल्य बराबरको समान बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले मंगलवार राती साँढे ९ बजे अवैध रुपमा भन्सार छलि नेपालबाट भारत तर्फ लैजाँदै गरेको सुपारी, ओखर, छोकडा गरी जम्मा २६ बोरा अन्दाजी मुल्य ३ लाख बराबरको समान बरामद गरेको हो । अबैध रुपमा बरामद भएको समान आवश्यक कारवाहीको लागि आजै मेची भन्सार कार्यालयमा बुझाईने उक्त कार्यालयले जनाएको छ ।

Read More

झापा, १४ फागुन । भूकम्पले क्षतिग्रस्त नेपाली सेनाको मुख्यालय निर्माणमा खटिएका सब कन्ट्रयाक्टर र कामदारले पैसा नपाएपछि आन्दोलनमा उत्रिएका छन् । २ वर्ष ९ महिनामा निर्माण सम्पन्न भएको उक्त भवन हस्तान्तरण भएको पनि लामो समय बितिसक्दा पनि निर्माण कार्यमा खटिएकाले भुक्तानी नपाएपछि सैनिक मुख्यालयअगाडि विरोध प्रदर्शन गरेका हुन् । गत असार देखि मुख्यालय सञ्चालनमा आएको भए पनि निर्माण कार्यमा खटिएकाले भने भुक्तानी नपाएका हुन् । पैसा नपाएका कामदार र सब कन्ट्राक्टरहरुलाई नेपाली सेनाले मुख्य ठेकेदारलाई रकम भुक्तानी गरिसकेको बताएको छ भने ठेकेदारले भने सेनाले पैसा नै नदिएको बताउँदै आएपछि उनीहरु अलमलमा परेका थिए । उिक्त सैनिक मुख्यालय बनाउन ३ अर्ब…

Read More

झापा, १४ फागुन । नेपाली काँग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला नेपाल छाडेर विदेश जाने तयारीमा लागेको समाचार छ । आफ्नो पिता गिरिजाप्रसाद कोइरालाको निधनपश्चात् सुजाताले आफ्नो अधिकांश सम्पत्ति बिक्री गरिसकेकी छिन् भने बाँकी सम्पत्ति आफ्ना छोराछोरीलाई अंशको रुपमा उपलब्ध गराइदिएकी छिन् । अहिले सुजाताले नेपाल छाड्ने र बेलायत गएर छोरी ज्वाइँसँग बस्ने योजना बनाएकी छिन् । त्यसनिम्ति सुजाताले काठमाडौँस्थित बेलायती दूतावासमा दश वर्षे भिसाको लागि आवेदन दिएकी छिन् । बेलायतले सामान्यतय नेपालीलाई दश वर्षे भिसा नदिने भए पनि सुजाताले विभिन्न ‘च्यानल’ मार्फत यसका लागि पहल गरिरहेको समाचारमा उल्लेख छ । प्रवेशाज्ञा मिल्ने बित्तिकै उनी मुख्य वासस्थान बेलायतलाई बनाउने…

Read More

झापा, १४ फागुन । ‘यो मन्त्री हो कि म ? फटाहालाई मेरो कार्यकक्षमै छिर्न नदिनु’ महिना दिनअघि यसरी पड्किएका थिए स्वास्थ्यमन्त्री भानुभक्त ढकाल महेन्द्रमान श्रेष्ठसँग । तर, महिना दिनपछि नै मन्त्री यूटर्न भए र तिनै श्रेष्ठलाई स्वास्थ्य सेवा विभागको हाकिम बनाए । आखिर मन्त्री ढकाल यूटर्न हुन किन र कसरी बाध्य भए ? र, जुनियर र विवादास्पद कर्मचारीलाई टपक्क टिपेर स्वास्थ्य सेवा विभागको हाकिम बनाउनुपर्ने बाध्यता आइलाग्यो ? मन्त्री भानुभक्त ढकाल पनि दलाल र ठेकेदार विशाल पण्डितहरुको अगाडि लल्याकलुलुक भएर गले र कारवाहीको डण्डा बर्साउनुपर्ने महेन्द्रमान श्रेष्ठलाई उल्टै पुरस्कृत गरिएको छ । स्वास्थ्य सेवाका कर्मचारी समायोजनका क्रममा गडबडी गरेका उनीविरुद्ध…

Read More

झापा, १४ फागुन । सरकारले चालू आर्थिक वर्षभित्रै धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालन गर्ने तयारी गरिरहेको छ । रेल निर्माणको काम सकिएर डब्बा नेपाल ल्याउने संघारमा रहे पनि जनशक्ति अभाव हुँदा रेल सञ्चालन प्रक्रिया लम्बिएको हो । रेल विभागले चैत वा वैशाखमा नै रेल ल्याउन सकिने र कुनै कारणले रोकिए पनि असारभित्र सञ्चालन भइसक्ने जनाएको छ । जनशक्ति अभाव भएकाले यसअघिको घोषणाअनुसार रेल ल्याउन केही ढिलाइ भएको भन्दै विभागले फेब्रुअरीमा पहिलो र मार्चमा दोस्रो रेल ल्याउने गरी सम्झौता भए पनि जनशक्ति व्यावस्थापनमा समय लागेकोले ढिलो भएको जनाएको छ । रेल विभागका महानिर्देशक वलराम मिश्र भन्छन्, ‘हामीले समयमानै रेल सञ्चालनको…

Read More

झापा, १४ फागुन । सुनको मूल्य निरन्तर आकाशिएर कारोबारमा मन्दी आउँदा सुन व्यवसायीहरुले बैङ्कबाट पहेँलो धातुको खरिदमा कटौती गरेका छन् । व्यवसायीहरुले सनु नकिन्दा अहिले बैङ्कहरुमा ५ सय केजीभन्दा बढी सुन थन्किएको छ । नेपाल बैङ्कर्स संघका अनुसार फागुन शुरु भएलगत्तै व्यवसायीहरुको बैङ्कबाट सुन किन्ने क्रम ह्वात्तै घटेको छ । नेपालमा विवाहरव्रतबन्धको सिजन अर्थात् असोज, मङ्सिर, माघ र फागुनमा बैङ्कबाट उच्च मात्रामा नै सुन बिक्री हुने गरेको थियो । तर, यसपटक फागुनको मध्यसम्म पनि व्यवसायीहरुले बैङ्कबाट धेरै सुन किनेका छैनन् । गत वर्ष प्रतितोला रु ६० हजारको हाराहारीमा रहेको सुनको मूल्य अहिले ८० हजार पुगेको छ । मूल्य बढेकाले पहिले…

Read More

अर्जुनधारा, १४ फागुन । अर्जुनधारा नगरपालिकाले भ्रमण वर्ष संन् २०२० को अवसरमा आयोजना गरेको नगर महोत्सव जारी राखेको छ । नगरले पर्यटन बर्षलाई प्रवर्धन गर्ने उद्देश्यले नगरका प्रत्येक वडामा महोत्सव आयोजना गर्दै आएको हो । सोहीक्रममा मंगलवार वडा नं १० मा महोत्सव आयोजना भएको छ । मंगलबार वडा नं १० मा विविध कार्यक्रम गरी महोत्सवको उद्ुघाटन गरिएको छ । महोत्समा कला, संस्कृति, साहित्य लगायतका कार्यक्रम गरिएको थियो भने स्वास्थ्य शिविर, कृषि सेवा, पशु सेवा लगायतका सेवाहरु वडाबासीलाई प्रदान गरिएको थियो । कार्यक्रममा बिभिन्न जातिय नृत्य तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । त्यसैगरी माटो तथा मल परिक्षण प्रयोगशाला सुरुङ्गाको प्राविधिक…

Read More