
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
ताप्लेजुङ, १३ फागुन । सोलुखुम्बुको सुमन कुलुङ पाथीभरा म्याराथन दौडको विजेता बन्नुभएको छ । आज भएको म्याराथन दौडमा ४ घण्टा १३ मिनेट २७ सेकेण्डको समयमा निर्धारित दूरी ५४ किलोमिटरको दौड पूरा गरी खुलातर्फको दौडमा कुलुङ विजेता बन्नुभएको हो । यस्तै पाँचथर फिदिमका प्रताप थाम्सोहाङ द्धितीय हुनुभएको छ । उहाँले चार घण्टा १४ मिनेट नौ सेकेण्डमा निर्धारित दूरी पार गर्नुभयो । रुकुमको मुसिकोटका दुर्गाराज बुढा तृतीय हुनुभयो । उहाँले चार घण्टा २९ मिनेट १७ सेकेण्डमा निर्धारित दूरी पार गर्नुभएको थियो । यता महिलातर्फको हाफ म्याराथन दौडमा भने जुम्लाको पत्रासी गाउँपालिकाकि सुनमाया बुढाक्षेत्री विजेता बन्नुभएको छ । बुढाक्षेत्रीले ४४ किलोमिटरको दूरी तीन…
भोजपुर, १३ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अहिले सङ्घीयतालाई कमजोर बनाउने षड्यन्त्र भइरहेको बताउनुभएको छ । देश नयाँ संरचनामा गएपछि जनताले सुशासनको अनुभूति गर्न पाएको भए पनि स्वदेशी तथा विदेशी शक्तिहरु यसलाई समाप्त बनाउने खेलमा लागेको उहाँको भनाइ छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा आयोजित ‘टेम्केमैयुङ मुन्दुम सांस्कृतिक महोत्वस–२०७६’ को उद्घाटनका लागि गृह जिल्ला आउनुभएका राईले तीन तहको सरकार कार्यान्वयनमा आएपछि विकासको लहर चलेको धारणा राख्नुभयो । मुख्यमन्त्री राईले भन्नुभयो, “देश सङ्घीय प्रणालीमा गएपछि विकासले गति लिएको छ, तर यसलाई समाप्त पार्न विभिन्न षड्यन्त्र भइरहेका छन्, यसलाई हामीले सामना गर्नैपर्छ ।” यतिबेला जनप्रतिनिधिलाई सेवा गर्ने अवसर आएको…
झापा, १३ फागुन । झापा गाउँपालिका र कनकाई नगरपालिकामा मकैजोन कार्यक्रम लागू भएपछि यहाँका कृषक मकैखेतीतर्फ आकर्षित भएका छन् । झापा गाउँपालिकाको वडा नं ६ र कनकाई नगरपालिका–५ मा गरी ५०० हेक्टर क्षेत्रफलमा मकैजोन कार्यक्रम सञ्चालन गरिएसँगै यहाँका कृषक मकैखेतीतर्फ आकर्षित भएका हुन् । धानपछि झापामा धेरै क्षेत्रफलमा मकैखेती हुने गरेको छ । अझ सरकारले झापामा मकैजोन कार्यक्रम सञ्चालन गरेपछि मकैखेतीका लागि यहाँका कृषक थप उत्साहित बनेका छन् । उत्पादनका लागि उर्वरभूमि मानिने झापा गाउँपालिका र कनकाई नगरपालिकामा मात्रै मकैजोन सञ्चालनका लागि चालू वर्ष सङ्घीय सरकारबाट रु एक करोड २४ लाख ६५ हजार बजेट विनियोजन भएको झापा जिल्ला जोन परियोजना…
झापा, १३ फागुन । सुनको भाउ सोमबार प्रतितोला ८० हजार ३ सय रुपैयाँ पुगेको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ। यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो। २०७५ मंसिर १६ मा तोलाको ५७ हजार २ सय थियो। एक वर्षमै पहेंलो धातुको मूल्य २३ हजार १ सय रुपैयाँ अर्थात् ४०.३८ प्रतिशत बढेको छ। भाउ बढ्ने क्रम तीव्र छ। फागुन लागेपछि तोलामा ४ हजार ६ सय महँगियो। कात्तिक २२ पछिको साढे ३ महिनाको मूल्य हेर्ने हो भने तोलामा १० हजार ४ सय बढेको छ। सामान्यतया सुनको भाउ यसरी बढ्दैन। अहिले छिमेकी मुलुक चीनबाट सुरु भएको घातक भाइरस ‘कोरोना’ संक्रमणका कारण सुनको मूल्य चुलिएको हो।…
झापा, १३ फागुन । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पार्टीभित्र डेढ महिनादेखि दबाबमा परेको नागरिक दैनिकमा समाचार छ । पुस २३ गते पार्टीका उपाध्यक्ष वामदेव गौतमको घरमा शीर्ष नेताहरुको बैठक बसेदेखि नै उनी पार्टीभित्रै दबाबमा परेका हुन्। त्यही दबाबका कारण उनले पार्टीको सचिवालय बैठकमा आफू अनुकूल निर्णय गराउन सकेका छैनन्। पार्टीभित्र ओली हावी भइरहेका बेला पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालकै सहभागितामा सचिवालय सदस्यहरु झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले गौतमको घरमा छुट्टै बैठक गरेका थिए। बैठकले पार्टीभित्र ओलीको ज्यादती रहेको निष्कर्ष निकाल्दै उनीविरुद्ध एकजुट हुने निर्णय गरेको थियो। उनीहरुले सरकार परिवर्तनको…
झापा, १३ फागुन । गौतम बुद्धबारे अनुसन्धान गर्ने भन्दै लुम्बिनीकै सरकारी जग्गामा बसेको अन्तर्राष्ट्रिय संस्थाले लुम्बिनी भारतमा पर्ने भ्रामक प्रचार गरेको भेटिएको छ । लुम्बिनी इन्टरनेसनल रिसर्च इन्स्टिच्युट नामक जापानी संस्थाले ‘द बर्थ अफ द बुद्ध’ किताबमा लुम्बिनीलाई भारतको नक्सामा छापेको हो । लुम्बिनीबारे गलत प्रचार गरेको भेटिएपछि इन्स्टिच्युटका पदाधिकारीमाथि गृह मन्त्रालयले छानबिन थालेको छ । गृहले पर्यटन मन्त्रालयलाई पत्राचार गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले भ्रामक प्रचार गर्ने जापानी इन्स्टिच्युटमाथि कारबाही प्रक्रिया अघि बढाइएको बताए । ‘हाम्रो स्वाधीनता र अखण्डतामै आँच आउने गरी केही सामग्री प्रकाशन गरेको कुरा आएपछि हामीले स्पष्टीकरण सोधेका छौँ,’…
काठमाडौं, १३ फागुन । हेटौडा उपमहानगरपालिका–१४ का तामाङ समुदायले विवाह गरेकी छोरीलाई पनि अंशबापत जग्गाजमिन दिने गरेका छन् । १ सय ६५ घरधुरी रहेको बस्तीका अधिकांशले आफ््ना विवाहित छोरीलाई पनि अंश दिएका छन् । उक्त बस्तीमा तामाङ समुदायको बसोबास छ । २०७५ साल भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी संहिता–२०७४ ले छोरीलाई पनि अंशको समान हकदार बताए पनि यो व्यवहारमा लागू हुन नसकेको अवस्थामा हटौंडाका नागरिक भने नमुना बनेका छन् । हालसम्म पनि एकाधबाहेक बाबुआमाले छोरीलाई अंश दिने चलन छैन । उजुरी नै दिए पनि छोरीलाई अंश दिने चलन छैन । उजुरी नै दिए पनि छोरीलाई अंश दिलाउने कानुनहरु…
झापा, १३ फागुन । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले राजीनामा दिएको दिन यही फागुन ८ गते उनको कार्यकक्षमा छापा मारिएको भन्ने विषयले व्यापक चर्चा पाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूले छापा नमारेको बताएपछि घटना झन् रहस्यमय भएको हो । तर, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतले भने उक्त दिन निर्वतमान मन्त्री बाँस्कोटाका सचिवालयका सदस्यले नै सचिवालय र मन्त्रीको कार्यकक्षमा छापा मारेको दाबी गरेको छ । ‘ती सदस्यहरुले बाँस्कोटाका ७ वटा डायरी लगेका हुन् ।’–स्रोतले समाचारपत्रसँग बतायो । तर, स्रोतले ती डायरीमा के–के छ भन्ने विषयमा आफूहरुलाई केही थापा नभएको बताउँदै भन्यो, ‘मन्त्रीको डायरी हेर्ने कुरै…
काठमाडौँ, १३ फागुन । सरकारले कडा रोग लागेका बिरामीको उपचारका लागि चालू आर्थिक वर्षको ६ महिनामा ५० करोड अनुदान निकासा गर्ने निर्णय गरेको छ । माघ १९ गते बसेको बिपन्न नागरिक औषधि उपचार व्यवस्थापन समितिको बैठकले २१ हजार ५४५ विपन्न नागरिकहरुलाई औषधि उपचार सेवा दिएवापत सूचीकृत सेवाप्रदायक अस्पातालहरुलाई ५० करोड ८ लाख ४३ हजार दिने निर्णय गरेको हो । समितिको निर्णयअनुसार अघिल्लो निर्णयमा सम्झौता भइसकेका र हाल सम्झौता भएका मेडिकल कलेज , सरकारी अस्पताल र गैरसरकारी अस्पतालहरुलाई शोधभर्ना मागअनुसारको अनुदान रकम भुक्तानी गरेको हो । सरकारले मुटुरोग, मृगौतारोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमिया रोग लागेका…
बिर्तामोड, १२ फागुन । झगडाका विषयलाई लिएर निवेदन दर्ता गर्न गएका एक ब्यक्तिलाई प्रहरीले कुटपिट गरेको आरोप लगेको छ । झापा गाउँपालिका–२ का पुस्पतलाल माझीकी छोरी र रामकुमार माझीका छोराको विषयलाई लिएर भएको झगडाको निवेदन लिएर प्रहरी समक्ष पुगेका स्थानीय रामदेव राजबंशीलाई प्रहरीले कुटपिट गरेको आरोप लगेको हो । इलाका प्रहरी कार्यालय झापाका सई मानबहादुर जिम्वाले निवेदन लिएर जाँदा आफुमाथि हातपात गरेको राजवंशीले बताए । ‘निवेदन लिएर जाँदा सई साबले मुख छाडेर हापट हान्नुभयो’, उनले भने, ‘त्यसपछि छेउमा रहेको कुर्सीले हान्नुभयो ।’ राजवंशीलाई सई जिम्वाले प्लाष्टिकको कुर्सीले हान्दा हातको कुहिनोमा चोट लागेको छ । गालामा हानेको थप्पडका कारण कान कम…