झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १० फागुन । निर्वतमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको हातमा एक खर्बका सात प्रोजेक्ट रहेको नयाँ पत्रिका दैनिकले आज मुख्य पृष्ठमा समाचार छापेको छ । नयाँ योजनामा कमिसन खोज्ने मात्र होइन, भइसकेका ठेक्का रद्द गरेर पनि निवर्तमान सञ्चारमन्त्री बाँस्कोटाले स्वार्थअनुसार अघि बढाए । १. प्राविधिक कमिटीको सुझाबविपरीत २८ अर्बको स्याटलाइट खरिद प्रक्रिया याँ योजनामा कमिसन खोज्ने मात्र होइन, भइसकेका ठेक्का रद्द गरेर पनि निवर्तमान सञ्चारमन्त्री बाँस्कोटाले स्वार्थअनुसार अघि बढाए । १. प्राविधिक कमिटीको सुझाबविपरीत २८ अर्बको स्याटलाइट खरिद प्रक्रिया २. करोडौँ कमिसन आउने गरी २३ अर्बमा सेक्युरिटी प्रेस किन्ने योजना ३. फोर–जी सेवा विस्तार गर्न १९ अर्बको ठेक्का…

Read More

झापा, १० फागुन । सडक सुरक्षित बनाउन नेपालमा करिब एक खर्ब रुपियाँ थप खर्च आवश्यक पर्ने देखिएको विश्व बैङ्कले औँल्याएको छ । स्विडेनको स्टकहोममा जारी सडक सुरक्षासम्बन्धी मन्त्रिस्तरीय विश्व सम्मेलनका क्रममा विश्व बैङ्कले सार्वजनिक गरेको दक्षिण एसियामा सडक सुरक्षासम्बन्धी प्रतिवेदनले नेपालका सडक सुरक्षित बनाउन अबको एक दशकमा ९६ अर्ब ६९ अर्ब ९८७ करोड ९० लाख डलर खर्चिनु पर्ने औँल्याएको हो । असुरक्षित सडक र यसले निम्त्याउने गरेका गम्भीर दुर्घटनाको समाधान खोज्न यस्तो लगानी जरुरी देखिएको विश्व बैङ्कले जनाएकोे छ । प्रतिवेदनमा भुटान, बङ्गलादेश, भारत र नेपालका सडक व्यवस्थित तथा दिगो बनाउने एवं सडक सुरक्षा कार्यक्रममा पर्याप्त लगानी गर्न कञ्जुस्याइँ भइरहेको…

Read More

झापा, १० फागुन । काठमाडौंमा शुक्रबार बेलुकादेखि वर्षा भएको छ । शनिबार र आइतबार पनि देशभर बदली रही विभिन्न भेगमा वर्षा हुने अनुमान गरिएको छ । हिउँदे वर्षाको अन्त्यतिर पश्चिमी वायुको प्रभाव बढेकाले दुई दिन विभिन्न क्षेत्रमा आंशिक बदली रहने र केही क्षेत्रमा वर्षा र हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । “पश्चिमी भेगका केही स्थानमा पानी परिसकेको छ, मध्य र पूर्वका भूभागमा शुक्रबार हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ,” मौसमविद् मीनकुमार अर्यालले भने । मौसमविद् अर्यालले ठूलो न्यून चापीय प्रणाली नभए पनि यसले केही दिन मौसममा बदली कायम रहने जानकारी दिए । शनिबार यसको प्रभाव केही भेगमा कायम…

Read More

झापा, १० फागुन । सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी रेटिङ हुने समय नजिकिँदै गर्दा अवैध सम्पत्ति थुपार्नेविरुद्ध कडा अनुसन्धान र निगरानी थालेको छ । गैरकानुनी माध्यमबाट अकूत सम्पति आर्जन गरी लुकाएर राखेका व्यापारी, नेता, प्रशासक, कर्मचारीमाथि सम्पति शुद्धीकरण अनुसन्धान विभागले कडाइ गर्न थालेको हो । सन् २०२० को अक्टोबरदेखि २०२१ फेब्रुअरीसम्म नेपालको सम्पत्ति शुद्धीकरणसम्बन्धी रेटिङ हुने हुनाले सरकारले १६० भन्दा बढी विभिन्न निकायका पदाधिकारीको समिति बनाएर गैरकानुनी आर्जन गर्ने्विरुद्ध छानबिनमा तीव्रता दिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका सूचना अधिकारी विनोद लामिछानेले फाइनान्सियल एक्सन टाक्सफोर्स ९एफएटीएफ०को रेटिङ गर्ने समय नजिकिँदै गर्दा विभिन्न क्षेत्रका पदाधिकारीको समिति बनाई छानबिन र अनुसन्धान तीव्र पारिएको जानकारी…

Read More

झापा, १० फागुन । चीनमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९०को संक्रमणको प्रभाव नेपाली बजारमा सुनदेखि लसुनसम्ममा परेको छ । चीनमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सरकारले गत १५ माघमा चीनबाट प्रवेश हुने नाका बन्द गरेको थियो । नेपाली व्यवसायीले चीनबाट धेरै वस्तु आयात गर्र्दै आएका छन् । सो नाका बन्द भएपछि त्यसको प्रत्यक्ष असर लसुनमा देखिएको थियो । अहिले त्यसको असर क्रमशः अन्य वस्तुमा पनि देखिएन थालेको छ । औषधि उत्पादन हुने कच्चा पदार्थ, लुसन, स्याउ, सुनलगायत अन्य वस्तुमा समेत यसको प्रभाव परेको छ । कोरोना भाइरसको प्रभावले नेपाली बजारमा गत २२ पुसमा प्रतिकिलो २ सय ८५ रुपैयाँमा बिक्री भइरहेको लसुनको…

Read More

चन्द्रकला भण्डारीभद्रपुर, ९ फागुन । झापाको झापा गाउँपालिकाले ‘फुस हटाऊँ, टिनको छाना लगाऔँ’ भन्ने अभियान नै चलाएर विपन्न समुदायलाई धमाधम घर बनाउँदै हस्तान्तरण गरिरहेको छ । सात वडा रहेको गाउँपालिकाले सबै वडाका विपन्न समुदायलाई हालसम्म ९० घर बनाएर हस्तान्तरण गरिसकेको पालिकाका अध्यक्ष जयनारायण यादवले बताए। विसं २०६८ को जनगणनाअनुसार ३६ हजार ६०१ जनसङ्ख्या रहेको गाउँपालिकामा हाल बढेर ५० हजार बढी रहेको उहाँको भनाइ छ । तीमध्ये २० प्रतिशत मुस्लिम, २० प्रतिशत सन्थाल गरी विभिन्न जातजातिको मिश्रित बसोबास रहेको गाउँपालिकामा ६० प्रतिशत विपन्न समुदायको बसोबास रहेको उनको भनाई छ । गाँससँगै बास पनि महत्वपूर्ण रहेको बताउँदै अध्यक्ष यादव भन्छन्, “सबै जनतालाई…

Read More

बिर्तामोड, ९ फागुन । झापाका समाजसेवी व्यक्तित्व तथा नेपाल दशनामी समाज झापाको भवनलार्ई ४ कठ्ठा जग्गा प्रदान गर्ने मानबहादुर गिरीको निधन भएको छ । गिरीको ९६ बर्षको उमेरमा निजि निवास बिर्तामोड–५ मा शुक्रवार राती २ बजे निधन भएको हो । उनको शुक्रवार कनकाईमाईमा दाहसंस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ । गिरीको तत्कालीन भोजपुर जिल्लाको अन्नपूर्ण गाविसमा १९८२ सालमा जन्म भएको थियो । सामाजिक कार्यमा सक्रिय गिरीले भोजपुरको सिद्धकाली मन्दिरमा ९० मिटर, इलामको पाथिभरा मन्दिरमा अढाईसय मिटर पक्की सिढी निर्माण गरिदिएका छन् । मृतक गिरीले अनारमनी पब्लिक स्कुललाई ५ लाख रुपैयाँ सहयोग, बिर्तामोडको देवी बिद्यालयमा २ लाख २५ हजार रुपैयाँको अक्षयकोष…

Read More

अर्जुनधारा, ९ फागुन । प्रदेश नं. १ की सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले स्थानीय तहले आयमूलक क्षेत्रमा लगानी बृद्धि गर्दै विपन्न वर्गको जीवनस्तर उठाउन सकिने बताएकी छिन् । अर्जुनधारा नगरपालिकाले अभियानका रुपमा अघि सारेको धार्मिक तथा पर्टकीय महोत्सवले नागरिकले लाभ लिन सक्नु पर्ने प्रष्ट पारेकी छिन् । झापाकै धेरै सम्भावना बोकेको अर्जुनधाराले पर्यटन क्षेत्र मार्फत सरकारको समृद्धिको यात्रामा महत्वपूर्ण योगदान गर्न सक्ने बताइन् । अर्जुनधारा नगरपालिकाले प्रत्येक वडामा शुरु गरेको नगर महोत्सव अन्र्तगतको कार्यक्रम शुक्रबार वडा नम्बर ५ मा सम्पन्न गरेको छ । नेपाल भ्रमण वर्ष सन् २०२० को अवसर पारेर नगरलाई पर्यटनमय बनाउने उदेश्यले नगरका ११ वटै वडामा महोत्सव…

Read More

झिलझिले, ९ फागुन । सहिद स्मारक ए डिभिजन लिगको विजेता मच्छिन्द्र क्लब लिगकै प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई हराउँदै सताक्षी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । उपाधिका लागि मच्छिन्द्रले थ्रि स्टार क्लबको सामना गर्नेछ । आयोजकलाई हराउँदै थ्रि स्टार फाइनल प्रवेश गरेको हो । थ्रि स्टार लिगको अंक तालिकामा चौथो स्थानमा रहेको थियो । झिलझिलेको गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मच्छिन्द्रले आर्मीविरुद्ध दुई गरेको थियो । खेलको सुरुवातदेखि नै मच्छिन्द्रले आर्मीलाई दबाबमा राखेको थियो । खेलको २१ औँ मिनेटमा विपक्षी गोल किप्पर बिट भएको मौकामा मच्छिन्द्रका रेजिन सुब्बाले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यस्तै, खेलको ७४…

Read More

बिर्तामोड, ९ फागुन । झापा बिर्तामोडका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले नगर क्षेत्रकै एक निजी विद्यालयमा ‘जेसीबी लगाएर स्कूल भत्काइदिन्छु’ भनेपछि त्रासको वातावरण सिर्जना भएको छ । नगर प्रमुख शिवाकोटी नेतृत्वको २४÷२५ जनाको समूह बिना अनुमति स्कूल हाताभित्र पसेको र धम्कीपूर्ण अभिव्यक्ति दिँदा विद्यालयमा त्रासको वातावरण सिजर्ना भएको बिर्तामोड–५ स्थित अनारमनी लिवर्टी स्कूलका प्रिन्सिपल पूर्णप्रसाद विष्टले बताए । विद्यालय परिसरमा आज पत्रकार सम्मेलनको आयोजना गरी विद्यालयले घटनाको निन्दा र भत्सर्ना गरेको छ । ‘नगरप्रमुखले विद्यालय समयमा बिना अनुमति प्रवेश गरेर स्कूलको वाल भत्काइदिन्छु, स्कूल नै बन्द गरिदिन्छु भन्नुभयो’, प्रिन्सिपल विष्टले भने, ‘जसका कारण विद्यार्थी, शिक्षक, कर्मचारीमा त्रास फैलिएको छ ।’ विष्ट अनुसार…

Read More