
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
मोरङ, ८ फाल्गुन । मोरङ सुनवर्सी–२ महाराजथान बस्ने सन्तोष शर्माको छोरा १९ महिनाको प्रदिप शर्माको पानीमा डुबी मृत्यु भएको छ । आज दिउँसो साढे १ बजे खेल्ने क्रममा घर नजिकै रहेको पानी जमेको खाल्डोमा डुबी मृत अवस्थामा निज नाबालकको मृत्यु भएको भनि आफन्तले प्रहरी चौकी अमरदहमा जानकारी गराउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालयले मोरङले जनाएको छ ।
मोरङ, ८ फाल्गुन। मोरङको केरावारी गाउँपालिका–९ बेलचौरीकी ६३ बर्षीया लेखमाया गुरुङको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । आज बिहान ७ बजे गुरुङको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको भन्ने खबर प्राप्त भए सँगै ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले घर बाहिर खेतमा मृत अबस्थामा फेला पारेको थियो । मृतकको शव कानूनी प्रकृया पूरा गरी परिक्षणको लागि मंगलवारे अस्पताल पठाएको छ भने अन्य थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।
काठमाडौं, ८ फागुन । सञ्चार तथा सूचना प्रविधि एवं सहरी विकास मन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्बन्धमा ७० करोड रुपैयाँ कमिसनको ‘डिल’ सम्बन्धी अडियो सार्वजनिक भएपछि मन्त्री बाँस्कोटाले राजीनामा दिएका हुन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले मन्त्री बाँस्कोटाले राजीनामा दिइसकेको अनौपचारिक जानकारी आफूलाई प्राप्त भएको बताएका हुन् । मन्त्री बाँस्कोटाको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेपछि सभामुख सापकोटाले संसदलाई मन्त्री बास्कोटाले राजीनामा दिइसकेको जानकारी आफूले पाएको बताएका हुन् । मन्त्री बास्कोटाले राजीनामा दिएको जानकारी अनौपचारिक रुपमा आफूले पाएको र यससम्बन्धमा लिखित जानकारी आउने विश्वास व्यक्त गर्दै…
अर्जुनधारा, ८ फागुन । अर्जुनधारा नगरपालिकाले प्रत्येक वडामा शुरु गरेको नगर महोत्सव अन्र्तगतको कार्यक्रम बिहिवार वडा नं. ४ मा उद्घाटन गरेको छ । नेपाल भ्रमण बर्ष सन् २०२० को अवसर पारेर नगरलाई पर्यटनमय बनाउने उदेश्यले नगरका ११ वटै वडामा महोत्सव शुरु गरेको हो । वडा नं. ४ मा भएको स्वास्थ्य शिविरमा एकसय जनाले पोषण परिक्षण, १५ जनाले ल्यावटेष्ट, ३५ जनाले पाठेघर परिक्षण साथै ७५ जनाले पशुसेवा र ५०जनमले कृषि सेवा निशुल्क लिएका थिए । वडा नं. ४ का अध्यक्ष दुर्गाप्रसाद दाहालको अध्यक्षता तथा, नगर प्रमुख हरिकुमार राना, उममेयर कमला खतिवडा आचार्यको विशिष्ट आतिथ्यतामा उद्घाटन भएको थियो । स्वागत वडा नं.…
झिलझिल, ६ फागुन । त्रिभुवन आर्मी क्लब कठिन जित निकाल्दै झिलझिलेको गणेशमानसिंह अध्ययन प्रतिष्ठान रङ्गशालामा जारी तेस्रो सताक्षी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा दार्जिलिङको मानेभञ्ज्याङ एफसीलाई २–१ अन्तरले स्तब्ध पार्दै आर्मीले बाजी मारेको हो । आर्मीका टेकबहादुर बुढाथोकीको दुई गोल मद्दतमा आर्मी अन्तिम चारमा प्रवेश गरेको छ । यसअघि खेलको छैटौँ मिनेटमा पहिलो गोल गर्दै बुढाथोकीले टिमलाई अग्रता दिलाएका थिए । आर्मीको पहिलो हाफको अग्रतालाई रोक्दै मानेभञ्ज्याङले खेलको ४७ औँ मिनेटमा गोल गर्दै पुनरावगन गर्यो । मानेभञ्ज्याङका रैकेत बुअमले प्रहार गरेको उत्कृष्ट फ्रिकिक गोलमा परिणत भएको थियो । उनको प्रहारले सिधै जाली चुमेको थियो । उनको…
काठमाडौं, ६ फागुन । नेपाली बजारमा सुनको मूल्यले फेरी नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज मंगलबार प्रतितोला छापावाला सुनको मूल्य ७६ हजार ७ सय पुगेको छ । गत पुष २३ गते ७६ हजार ५ सय रुपैयाँमा पुगरे सुनको मूल्यले रेकर्ड तोडेको थियो । उक्त रेकर्डलाई तोड्दै सुनको मूल्यले आज नयाँ किर्तिमान कायम गरेको हो। सोमबार सुनको मूल्य ७६ हजार ५ सयमा कारोबार भएको भएको थियो । यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला ७६ हजार ४ सय रुपैयाँ कायम भएको छ । अहिले अन्तर्राष्ट्रिय बजारमै पनि सुनको मूल्य बढेकोले नेपाली बजारमा पनि सुनको मूल्य बढ्दै गएको…
चर्चित बलिउड गायक बप्पी लाहिरीको स्वरमा रहेको नेपाली गीत सार्वजनिक भएको छ । भारतीय गायक बप्पीको स्वरमा रहेको ‘यही हो हाम्रो शान–वी आर वन’ बोलको नेपाली राष्ट्रिय गीत सार्वजनिक भएको हो । बप्पीले गाएको यो पहिलो नेपाली राष्ट्रिय गीत हो । गीतमा प्रदीप काफ्लेको रचना रहेको गीतमा बीबी अनुरागीले संगीत भरेका छन् । निर्मल शर्माको निर्देशनमा बनेको भिडियोमा रामेश्वोर केसी, प्रदीप काफ्ले , योगिता महर्जनलगायत गायक बप्पी पनि फिचर्ड भएका छन् ।
उदयपुर, ६ फागुन । उदयपुरको बेल्टार नगरपालिका–९ बाट लागुऔषध बेचबिखनमा संग्लग्न ३ जनालाई पक्राउ गरिएको छ । स्थानीय आकाश तिम्सिनाको घरबाट लागुऔषध बेचबिखन भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले घरधनी ३५ बर्षीय आकाश तिम्सिना सहित बेल्टार नगरपालिका–१ का ३२ बर्षीय बिकास बस्नेत र धरान–१३ का ३८ बर्षीय प्रणय निरौलालाई पक्राउ गरेको हो । निजहरुको साथबाट प्रहरीले डाईजोल्याव ३ एम्पुल, फेनारागन ४ एम्पुल, डाईलक्स डिसी १०० को २ बोतल, नाईट्राभेट ११ ट्याब्लेट, स्पास्मोप्रोक्सिवन ५९ ट्याब्लेट, गाँजा ३०० ग्राम, नगद १५ हजार र मिनिल्यापटप १ थान समेत बरामद गरेको छ । पक्राउ परेका निजहरुको सम्बन्धमा…
बनियानी, ६ फागुन । झापाको मेचीनगर नगरपालिकाबाट ठूलो परिमाणमा चाँदी र तामाको सामानसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–६ बौद्धका ३४ वर्षीय अजित नगरकोटी र काठमाडौँ महानगरपालिका–१ का ३८ वर्षीय श्याम सुनुवार रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार मेचीनगर–६ मेची खोला छेउबाट आइतबार दिउँसो इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले नगरकोटी र मुखियाको साथबाट प्रहरीले ११ केजी ९०० ग्राम बराबरको चाँदीका सामान र २१ केजी बराबरको तामाका सामान बरामद गरेको हो । पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको कार्यालयले जनाएको…
फिल्म मारुनीको बिषेश शोका लागि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह बेलायत जाने भएकी छन् । २३ फेब्रुअरीमा लन्डनको अल्डरसटस्थित एम्पायर हलमा मारुनीको बिशेष शो हुन लागेको छ । फिल्मको शोका लागि अभिनेत्री साम्राज्ञीका साथ निर्माता पुनम गौतम पनि बेलायत जाने भएकी छन् । एनआरएन यूकेको आयोजनामा फिल्मको विषेश शो हुन लागेको फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन् । फिल्ममा साम्राज्ञीको अलवा रेविका गुरुङ, पुष्पल खड्का लगायतको मुख्य भूमिका रहेको छ । अष्ट्रेलिया, जापान लगायत केही देशमा प्रदर्शन पछि फिल्म ‘मारुनी’ लन्डनमा पनि शो देखाइन लागिएको हो । नेपालमा फिल्म मारुनीलाई रुचाइएको थियो ।