
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बागलुङ, ४ फागुन । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले सङ्घीयता र लोकतन्त्र सुदृढीकरण गर्न ध्यान नदिएको आरोप लगाउनुभएको छ । नेपाली काँग्रेस बागलुङ क्षेत्र नं १ ले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई शनिबार यहाँ सम्बोधन गर्दै उहाँले सरकार सङ्घीयताको सिद्धान्त र भावना अनुरुप चल्न नसकेको बताउनुभयो । “प्रधानमन्त्रीले दुई वर्षसम्म एउटै पार्टीको सरकार चल्यो भन्नुभयो । यस्तो प्रगति हुँदैन । जनताले के को आशा गर्ने,”उपसभापति निधिले भन्नुभयो । पूर्वगृहमन्त्रीसमेत रहनुभएका उहाँले दुई वर्षमा काँग्रेसका पालामा गरेका गतिविधिको रिबन काट्ने बाहेक अन्य काम सरकारले नगरेको बताउनुभयो । रासस
भारत, ४ फागुन । भारतको सबै भन्दा ठुलो घरेलु लिग इण्डियन प्रिमियर लिग (आइपीएल) को मिति सार्वजनिक भएको छ । आगामी मार्च २९ देखि शुरु हुने आइपीएलको पहिलो खेल मुम्बईको वानखेडे स्टेडियममा मुम्बई इण्डियन्स र चेन्नई सुपर किंग्सबीच हुनेछ । यस पटकको आईपीएल भारत र दक्षिण अफ्रिकाबिचको एकदिवसीय सिरिज सकिएको १८ दिनपछि सुरु हुनेछ । भारतको भ्रमणमा आउने दक्षिण अफ्रिकाले १८ मार्चमा अन्तिम एकदिवसीय खेल खेल्नेछ । आईपीएलको खेल तालिका सार्वजनिक नभएपनि फाईनल खेल २४ मे मा हुने क्रिकईन्फोले जनाएको छ। यस्तै लिगको अन्तिम खेल १७ मे मा मुम्बई र बेंगलोरबिच हुने बताईएको छ । त्यस्तै यसपटक आईपीइएलको खेल तालिकामा…
झापा, ४ फागुन । सरकारले ६२३ स्थानीय तहमा रहेका सूचीकृत वेरोजगार नागरिकलाई रोजगारी दिन २ अर्ब निकासा गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्षका लागि स्थानीय तह अन्तर्गत रोजगार सेवा केन्द्रमा सूचीकृत भएका बेरोजगार व्यक्तिहरुलाई रोजगारी प्रदान गर्ने उद्देश्यले सो सशर्त अनुदान निकासा गरेको हो । काममा लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालन गर्न तत्कालका लागि सशर्त अनुदानको रुपमा ४ किसिमका स्थानीय तहलाई सो रकम निकासा गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव सुमन घिमिरेले जानकारी दिए । आजको कारोबार दैनिकमा खबर छ ।
बिर्तामोड, ४ फागुन । झापाको पूर्वी नाका काँकरभिट्टाबाट एक जनालाई प्रहरीले लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । मेचीनगर–६ स्थित भन्सार गेटबाट लागु औषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टा खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा भारत जलपाइगुडी धुपगाछीका ३२ वर्षीय सपन अधिकारीको साथ बाट ५ ग्राम ब्राउन सुगर बरामद गरेको हो । लागुऔषध सहित पक्राउ परेका अधिकारीलाई थप अनुसन्धानका लागि इप्रका काँकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
एजेन्सी, ४ फागुन । स्पेनिस ला लिगा फुटबलमा शनिबार राति भएको खेलमा बार्सिलोनाले आफ्नै घरेलु मैदानमा गेटाफेलाई २-१ गोल अन्तरले पराजित गरेको छ । खेलको ३३ औं मिनेटमा बार्सिलोनाले गोल गर्दै अग्रता लिएको थियो । घरेलु टोलीलाई अग्रता दिलाउनको लागि एन्टोनी ग्रीजम्यानले गोल गरेका थिए । उनले कप्तान लियोनल मेस्सीको पासमा गोल गरेका थिए । त्यसको ६ मिनेटपछि नै रोवेर्टोले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । पहिलो हाफमा दुई गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा कुनै पनि गोल गर्ने सकेन । भ्रमणकारी टोली गेटाफेले भने एक गोल फर्कायाे । खेलको ६६औं मिनेटमा एन्जल रोड्रिग्वेजले गोल गर्दै टिमलाई खेलमा फर्काउने संकेत…
झापा, ४ फागुन । राष्ट्रिय गौरवको हुलाकी लोकमार्ग निर्धारित अवधिमा पूरा हुन नसक्ने आयोजनामा संलग्न कर्मचारीले स्विकारेका छन् । यो योजना आगामी २०७९–८० मा सम्पन्न गर्ने लक्ष्य रहे तापनि हालसम्मको कार्य प्रगतिलाई आधार मान्दा लक्ष्य पूरा हुने सम्भावना छैन । राष्ट्रिय योजना आयोगले राष्ट्रिय गौरवको आयोजना प्रगति प्रतिवेदन २०७५–७६ ले आव २०७५–७६ सम्ममा भौतिक प्रगति ४४ प्रतिशत र वित्तीय प्रगति ४२ दशमलव ४५ प्रतिशत मात्र देखाएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।
झापा, ४ फागुन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले झापाको दमकमा निर्माण हुने नेपाल–चीनमैत्री औद्योगिक पार्क नेपालमा नै सबैभन्दा ठूलो विदेशी लगानीको हुने बताएका छन् । दमक नगरपालिकामा औद्योगिक पार्क निर्माण परियोजनाबाट क्षतिपूर्ति पाउने गरी प्रभावितका लागि आयोजित वित्तीय सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो नेपालका लागि नै अनौठो अवसर र दमकका लागि त सबैभन्दा ठूलो सपना नै रहेको बताए । उनले यसै भएका हुँदा स्थानीय तह र सरोकारवाला सबैले यस अवसरलाई उचित सदुपयोग गर्न सहयोग गरी लगानीमैत्री वातावरण निर्माण गर्न आह्वानसमेत गरे । उपाध्यक्ष कँडेलले सुरुमा सुन्दा त आफूलाई नि पत्यार नलागेको तर औपचारिक सम्झौताका काम अघि…
बिर्तामोड, ३ फागुन । पूर्वपश्चिम राजमार्ग अन्तरगत मेचीनगर–७ स्थित जोरसिमलबाट सशस्त्र प्रहरीले आज रू एक करोड बरामद गरेको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १२ च ९६८ नम्बरको जीप चेकजाँच गर्ने क्रममा झोलामा राखिएको अवस्थामा रू एक हजार दरका १० हजार थान (रू एक करोड) फेला परेको सशस्त्र प्रहरी ८ नं. गुल्म काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक ज्ञानमणि पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सप्रसनि सुभाष थापाको कमाण्डमा खटिएको चेक प्वाइन्ट टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा बारा जितपुर नगरपालिका–३ का २७ वर्षीय श्रवणकुमार चौधरीलाई नगद तथा सवारी साधन सहित नियन्त्रणमा लिएको हो । प्रहरीले बरामद नगद र गाडी आवश्यक…
काठमाडौँ, ३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले लिपुलेक सदियौँदेखि नेपाली भू–भाग भएकोकोले यसमा भारतले हस्तक्षेप गर्न नहुने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को क्षेत्रीय कमिटीद्वारा आज सिन्धुपाल्चोकको खाडीचौरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हालै सो क्षेत्र भारतले आफ्नो नक्शामा समावेश गरेकोप्रति आपत्ति जनाउनुभयो । “सरकारले कालापानी, लिम्पीयाधुरा र लिपुलेक समेटेर यथाशीघ्र नक्शा प्रकाशित गर्न जरुरी रहेको छ । ” वरिष्ठ नेता खनालले भन्नुभयो । सरकारले समाजवादउन्मुख काम गरेको , सबै दल संविधानभित्र आउनुपर्ने र नआउने दल पछि पर्ने पूर्वप्रधानमन्त्री खनालले उल्लेख गर्नुभयो । हालै सम्पन्न दोस्रो केन्द्रीय समितिको बैठकबाट पार्टी एकता थप…
बाहुनडाँगी, ३ फागुन । झापाको मेचीनगरबाट १२ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । मेचीनगरस्तरीय छनौट प्रतियोगिताको आज मेचीनगर नगरप्रमुख बिमल आचार्यले उद्घाटन गरे । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि आचार्यले विभिन्न कारणले गुमनाम हुन पुगेका देशहरु पनि खेलका माध्यमबाट चर्चित बनेको बताए । विभिन्न खेल विधाका उत्कृष्ट खेलाडी र प्रशिक्षक जन्माएको मेचीनगर खेलकुदको उर्वरभूमि रहेको कार्यक्रममा उनले बताए । नगर प्रमुख आचार्यले थपे– ‘प्रभावकारी प्रशिक्षण र अत्यावश्यक खेल सामग्रीको अभाव हुँदा हुँदै पनि प्रशिक्षक र खेलाडीले खेलको गरिमा उच्च राखेका छन् ।’ कार्यक्रमका विशिष्ट अतिथि मेचीनगर सामाजिक विकास समिति संयोजक नवीन बरालले खेलको नियम र अनुशासनलाई आत्मसात्…