
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, २८ माघ । झापाको सरकारी, सार्वजनिक र गुठीको स्वामित्वमा रहेको एक हजार बिगाहाभन्दा बढी जग्गा अतिक्रमणको चपेटामा परेको सरोकारवालाहरुले बताएका छन् । अतिक्रमित जग्गा सम्बन्धमा जाँचबुझका लागि काठमाडौंबाट आएको सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोगले चन्द्रगढीमा आयोजना गरेको कार्यक्रममा झापामा अतिक्रमणको विकराल समस्या रहेको वक्ताहरुले जानकारी दिए । कमल गाउँपालिककी अध्यक्ष मेनुका काफ्लेले लखनपुरस्थित सशस्त्र प्रहरीको प्रदेशस्तरीय तालिम केन्द्रको २५० विगाहा र रतुवामाई बृक्षारोपण आयोजनाको ६६४ विघा जग्गा व्यक्तिले अतिक्रमण गरेको जानकारी दिइन् । उनले सो जग्गा जिल्ला बाहिरका भूमाफियाले कीर्ते कागजात खडा गरी निजी नाममा दर्ता गरिसकेको भेटिएको हुँदा त्यसलाई फिर्ता गराउन स्थानीय तहबाट पहल…
झापा, २८ माघ । सरकारले गठन गरेको सरकारी, सार्वजनिक तथा गुठीको जग्गा संरक्षण आयोगले झापाको दमक र कमलमा भएको सावर्जनिक जग्गा अतिक्रमणका विषयमा प्रारम्भिक जानकारी लिएको छ । आयोगका अध्यक्ष मोहनरमण भट्टराई, सदस्य जानकीबल्लभ अधिकारीसहितको आयोगको चार सदस्यीय टोलीले दमकका सरकारी अधिकारी, जनप्रतिनिधि तथा सञ्चारकर्मीसँग सोबारेमा प्रारम्भिक छलफल गर्दै जानकारी लिएको हो । इलाका प्रशासन कार्यालय दमकमा करिब दुई घण्टासम्म भएको छलफलमा आयोगले गरिरहेको काम, उद्देश्यका बारेमा जानकारी गराइएको थियो भने सरोकारवाला निकाय तथा सरकारलाई आवश्यक सुझावसमेत प्रस्तुत गरिएको थियो । सो क्रममा दमक–८ स्थित बालुवाटारको सरकारी जग्गा अतिक्रमण गरी व्यक्तिका नाममा दर्ता गराएको विषय अनुसन्धानकै क्रममा रहेको र अख्तियार…
झापा, २७ माघ । नेपालमा जन्मिएका हरेक बालबालिकाले नेपालमै बढ्न र पढ्न पाउने ग्यारेन्टी संविधानले गरेको छ । तर, राज्य आफैँले २० वर्षमा २६ सय ३३ नेपाली बालबालिकालाई धर्मसन्तानका नाममा विदेशीलाई सुम्पेको छ । अझ विडम्बना सरकारले बालबालिका विदेशीलाई जिम्मा लगाएबापत आठ हजार डलरका दरले रकम पनि लिने गरेको छ । उन्नत भविष्यका लागि कुनै पनि नागरिक स्वेच्छाले बिदेसिन सक्छ । तर, आफ्नो रोजाइ तय गर्न नसक्ने १४ वर्षमुनिका अबोध बालबालिकालाई सरकारले पैसासँग साटेको हो । यसरी २० वर्षमा २६ सय ३३ बालबालिकाबाट राज्यले दुई करोड १० लाख ६४ हजार अमेरिकी डलर उठाएको छ । तर, ती बालबालिका कहाँ कुन…
काठमाडौँ, २७ माघ । प्रहरी प्रधान कार्यालयले कञ्चनपुरी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा एआईजी धिरु बस्न्यात नेतृत्वको समितिले बुझाएको प्रतिवेदन खारेज गरेको छ । डीआईजी सुरज केसी नेतृत्वमा गठित पुनरावलोकन समितिको पछिल्लो प्रतिवेदन स्वीकार गर्दै अघिल्लो प्रतिवेदन खारेज गरेको हो । पछिल्लो प्रतिवेदनअनुसार बलात्कार र हत्याका आरोपमा पक्राउ परेर छुटेका दिलीपसिंह विष्ट नै मुख्य अभियुक्त रहेकाले उनीमाथि थप अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभागमार्फत कञ्चनपुर प्रहरीलाई आइतबार निर्देशन दिएको छ । भीमदत्त नगरपालिका–२ (कञ्चनपुर) स्थित खोल्टीकी पन्तको शव २०७५ साउन ११ गते त्यही नगरपालिकाको खोला किनारको उखुबारीमा फेला परेको थियो । त्यसपछि प्रहरीको केन्द्रीय…
मेचीनगर, २७ माघ । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले त्रासको कुनै गुञ्जायस नभएको हुँदा विश्वकै सुन्दर देश नेपालको भ्रमणमा आउन भारत, भूटान र बङ्गलादेशका नागरिकहरुलाई आह्वान गर्नुभएको छ । उहाँले भयरहित वातावरणमा मुलुक समृद्धिको यात्रामा लम्किएको बताउनुभयो । झापाको काँकडभिट्टामा आजदेखि शुरु भएको छैटौँ एशियाली ग्रामीण पर्यटन महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री राईले नेपाल भ्रमण वर्ष २०२० मा घुम्न आउन छिमेकी देशका पर्यटकलाई निम्तो गर्नुभएको हो । उहाँले प्रदेश नं. १ हिमचुचुरा, अलैँची, चिया, लालीगुराँस, अर्ना र चराहरुको राजधानी भएको चर्चा गर्दै प्रदेशको मूलढोकामा आयोजित महोत्सवले नेपालमा पाहुनाहरुलाई स्वागत छ भन्ने सन्देश प्रवाह गरेको बताउनुभयो । उहाँले नेपाल भ्रमण…
कानकाई, २७ माघ । प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’ अबको शिक्षा जीवनोपयोगी हुनुपर्ने बताउनु भएको छ । झापाको कनकाई नगरपालिका–३ स्थित युनिक कलेजले आयोजना गरेको ‘व्यावसायिक योजना धारणा प्रस्तुतीकरण’ कार्यक्रममा मन्त्री आङ्बोले वर्तमान शिक्षा नीति र पाठ्यक्रम रोजगारमुखी नभएको बताउनुभयो । ‘अहिलेको शिक्षा बेरोजगार उत्पादन गर्ने कारखाना जस्तो छ’, उहाँले भन्नुभयो, ‘अब जीवनोपयोगी सीप र दक्ष जनशक्ति उत्पादन गर्ने खालको शिक्षामा जोड दिनुपर्छ ।’ रोजगारीका लागि विदेशीभूमिमा काम गर्नुपर्ने बाध्यात्मक अवस्था अन्त्य गर्न सरकारले चलाएको अभियानमा सबै पक्षले रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा झापाका १७ वटा कलेजमा अध्ययनरत् विद्यार्थीमध्ये…
बिराटनगर, २६ माघ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले समृद्धिको मूल आधार भनेको नै सङ्घीयता भएको बताउनुभएको छ । इलाममा आजदेखि शुरु भएको ‘इलाम राष्ट्रिय नाटक महोत्सव–२०७६’ को उद्घाटनका क्रममा उहाँले नाटक पनि सङ्घीयता ढाँचामा देखाउन लागिएकाले यसले थप हौसला थपेको बताउनुभयो । विकास निर्माणमा सडक र भौतिक पूर्वाधारमा मात्र विकास गरेर नहुने उल्लेख गर्दै उहाँले कला र सङ्गीतको पनि उत्तिकै विकास गर्न लाग्नुपर्नेमा जोड दिनुभयो । “गीत, सङ्गीत, पहिचान र कलालाई समृद्धिको मूल आधार बनाउनुपर्छ”, उहाँले भन्नुभयो । महोत्सव आगामी फागुन १ गतेसम्म निरन्तर सञ्चालन हुनेछ । सातवटै प्रदेशको मौलिक लोक कथाको खोजी गरी छनोट भएर आएका…
झापा, २६ माघ । मानिसको पूरा आयू सय वर्ष भनिन्छ । तर सय वर्ष पुग्ने मानिस ज्यादै कम छन् । खानपान, वातावरणले मानिसको सरदर बाँच्ने आयू घट्दै गएको छ । सय वर्ष पूरा भएका व्यक्तिलाई नेपाली समाजले ज्यूँदा देवताका रुपमा हेर्छ । जापान त्यस्तो देश हो त्यहाँ सय नाघेका जेष्ठ प्रसस्तै भेटिन्छन् । विकसित र व्यवस्थित देशहरुमा मानिसको सरदर बाँच्ने आयू बढी नै हुन्छ तर नेपाल जस्तो खानपान र रहनसहन अव्यवस्थित भएको मुलुकमा सय नाघेका जेष्ठ भेट्न कठिन पर्छ । जहाँ सय नाघेका जेष्ठ भेटिन्छन् त्यहाँ उहाँहरुलाई ज्यूँदा देवताका प्रतिक मानिन्छन् । झापाको बुद्धशान्तिमा पनि १ सय ७ बर्षीय ज्यूँदा…
भद्रपुर, २६ माघ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले काँकडभिट्टामा खुलेको हिकोला हेरटेज होटलको आज उद्घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले मुलुकको आर्थिक विकासको मेरुदण्डका रुपमा पर्यटन क्षेत्रले योगदान दिएको चर्चा गर्दै नेपाल भ्रमण वर्ष २०२० मा प्रदेश न १ मा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको बताउनुभयो । होटल सञ्चालक देवीभक्त श्रेष्ठले नेपाल आउने पाहुनालाई देशको पूर्वीद्वार काँकडभिट्टामा स्वागत तथा सत्कार गर्न हिकोला हेरिटेज प्रतिबद्ध रहेको बताउनुभयो । होटलमा रु पाँच करोड लगानी भएको, सुविधासम्पन्न २१ कोठा र २०० मानिस अट्ने क्षमताका दुई सभाहल रहेका उहाँले जानकारी दिनुभयो । विसं २०४२ मा हिकोला कलरल्याब स्थापना गरेर…
पाँचथर, २६ माघ । भ्रूण ह त्याको आ’रोप लागेपछि जिल्लाको कुम्मायक गाउँपालिकाका अध्यक्षसहित चारजना फ’रार भएका छन् । अध्यक्ष जयबहादुर चेम्जोङसहितको दबाबमा आफूले २१ हप्ताको ग’र्भपतन गराएको भन्दै १९ वर्षीया युवतीले प्रहरीमा उ’जुरी दिएपछि अध्यक्षसहित चारजना फ’रार भएका हुन् । पी’डित युवतीले जिल्ला प्रहरी कार्यालयमा ७ जनावि’रुद्ध उ’जुरी दिएकी छन् । त्यसमध्ये तीन जनालाई प्रहरीले प’क्राउ गरेको छ । पछि गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङसहित चार जना सम्पर्कविहीन भएका हुन् । प्रहरीले फिदिमस्थित समर्पित हस्पिटलबाट भ्रूणको श व बरामद गरेको छ । प्लाष्टिकमा पोको पारेर माटोमा पुरेको अवस्थामा श ब फेला परेको खबर आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।…