झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई कार्यकर्ता र आगन्तुकलाई भेट्न छोडेर आफ्नो जिम्मेवारी अनुसारको काममा समर्पित भएर खट्न कडा निर्देशन दिएका छन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले केही मन्त्रीहरूलाई लक्षित गरी मन्त्रालयको कामभन्दा भेटघाटको क्रमलाई बढी प्राथमिकता दिएको भन्दै असन्तुष्टि व्यक्त गरे । ‘केही मन्त्रालयका मन्त्रीहरूले कामै छाडेर कार्यकर्ता र आगन्तुक भेट्ने कार्यलाई बढाएको देखिएको छ, त्यस्तो कार्य छोडेर काममा खट्नुस् ताकि परिणाम छिट्टै देखिन सकोस्,’ प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई सचेत पार्दै भने । प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरू सरकारको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न दत्तचित्त भएर लाग्नुपर्ने बताए । पछिल्लो समयमा प्रधानमन्त्री ओलीले…

Read More

झापा, १६ पुस । आतंकवादी क्रियाकलापबाट आर्जित आम्दानीउपर सूक्ष्म निगरानी राख्दै आर्थिक बृद्धिदर, कर प्रणाली र आर्थिक अनुशासनको अध्ययन, अनुगमन र विश्लेषणका आधारमा बाहिरका विज्ञले गर्ने ठहर कति शक्तिशाली हुन्छ भने देश नै कालोसूचीमा पर्न पनि सक्छ । यदी त्यसो भयो भने, नेपालीले संसारभर छिर्नबाट बञ्चित हुनुपर्नेदेखि सबैजसो कारोबार अवैध मानिने खतरा सन्निकट छ । यस्तो अध्ययन गर्ने टोली अर्को अक्टोबरमा आउँदैछ । टोलीले आफ्नो त परै जाओस्, सीमा गाँसिएका देशको पनि अध्ययन गर्न पाउँदैन । आफ्नो राष्ट्रसँग कुनै कारोबार वा स्वार्थ नभएका देशका मानिस त्यसमा हुन्छन् । दशैंताका आउने टिमसँग कसरी ट्याकल गर्ने भनेर अर्थले कानुन सचिवको संयोजकत्वमा कमिटी…

Read More

झापा, १६ पुस । ‘मन्त्री भएँ भन्दैमा आफ्नो हैसियत बिर्सिने ? जे मन लाग्यो, त्यही भन्ने ?’ यसो भन्दै हाकिम जंगिँदा शान्तपूर्वक सम्झाउने प्रयास भयो, ‘मन्त्रीसँग बोल्दा हैसियत त तपाईँ बिर्सिँदै हुनुहुन्छ !’ तर, जवाफ आयो,‘तिम्रो हैसियत मलाई राम्रोसँग थाहा छ ! के गर्नुपर्छ मैले पनि जान्याछु !’ बहिर्गमित मन्त्रीको ‘खास’ भनी चिनिएका हाकिम नयाँ मन्त्रीसँग मुठ्ठी बटारेर हतहप्ता मुखमुखै लागेपछि हंगामा मच्चिएको छ । रघुवीर महासेठका ठाउँमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका वसन्त नेम्वाङसँग सहसचिव राजेश्वर ज्ञवाली यसरी कराएका हुन् । राजेश्वर रघुवीरका विश्वासपत्र । उनलाई विस्थापित गरेर गएका नेम्वाङले रघुवीरको डिजाइनमा असहयोग गरेको आरोप लगाएका…

Read More

गंगा बरालभद्रपुर, १६ पुस । नेपाल भ्रमण वर्ष शुभारम्भको अघिल्लो दिन झापाको पहिलो नगरपालिका भद्रपुर नगरपालिकाले भारतीयहरुलाई नेपाल घुम्न आउन निम्तो दिएको छ । मंगलबार नगरप्रमुख जीवनकुमार श्रेष्ठको नेतृत्वमा भारतको ठाकुरगञ्ज पुगेको नगरपालिकाको टोलीले भारतीयहरुलाई नेपाल भ्रमण वर्ष बारे जानकारी गराउँदै नेपाल घुम्न आउन निम्तो दिएको हो । मंगलबार दिउँसो भद्रपुरसँगको नाका गलगलिया हुँदै ठाकुरगञ्ज पुगेको नगरपालिकाको टोलीले त्यहाँ पत्रकार सम्मेलन नै गरी भारतीयहरुलाई सार्वजनिक रुपमा निमन्त्रणा गर्नुका साथै नेपालका पर्यटकीय स्थल र त्यहाँसम्म पुग्ने मार्गचित्र प्रस्तुत गरेको थियो भने भद्रपुर क्षेत्रमा रहेका पर्यटकीय तथा धार्मिक स्थलहरुका बारे पनि जानकारी गराएको थियो । भद्रपुरबाट झण्डै १० किलोमिटर मात्रको दूरीमा रहेको…

Read More

बिर्तामोड, १६ पुस । प्रदेशस्तरीय महिला नकआउट फुटबल प्रतियोगिताको उपाधि कनकाई महिला फुटबल टिमले जितेको छ । मंगलबार बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको फाइनल खेलमा सुनसरीको धरान महिला फुटबल क्लबलाई १–० को अन्तरले हराउँदै कनकाई च्याम्पियन भएको हो । दोस्रो हाफको अन्तिम मिनेटमा कनकाईकी कप्तान लक्ष्मी श्रेष्ठले हेडरमार्फत गरेको गोल नै जीतका लागि निर्णायक बन्यो । सरिता शर्पाले मिलाइदिएको क्रस पासलाई कनकाईकी कुसुम खतिवडाले ‘मिस’ गर्दा श्रेष्ठले गोललाई जाली चुमाएकी थिइन् । फाइनल खेलको वुमन्स अफ दि म्याच एक गोल गर्ने कनकाईकी श्रेष्ठ घोषित भइन् । उनले नगद एक हजार पाइन् । प्रतियोगिताको उत्कृष्ट गोल किप्पर विजेता टिमकी छत्रिका चौधरी,…

Read More

शरणामति, १६ पुस । झापाको झापा गाउँपालिका–६ शरणामतिमा जारी अध्यक्ष कप प्रदेश नम्बर १ पालिका स्तरीय भलिबल प्रतियोगिताको समूह चरणका सबै खेल समाप्त भएका छन् । मंगलवार दोस्रो दिनको खेलमा आआफ्नो टिमबाट जित निकाल्दै कनकाई नगरपालिका सहित झापाका मेचीनगर नगरपालिका , भद्रपुर नगरपालिका र बिर्तामोड नगरपालिका दोस्रो चरणमा प्रवेश गरेका छन भने संखुवासंभाको सभापोखरी गाउँपालिका, भोजपुरको ट्याम्के मैय गाउँपालिका समेत जित दर्ता गर्दै दोस्रो चरणमा प्रवेश पाएको छ । मंगलवार कनकाई नगरपालिकाले भोजपुरको षडानन्द नगरपालिकालाई हराउदै दोस्रो चरणमा प्रवेश पाएको हो । भोजपुरको टिम समयमै आउन ढिला हुदा कनकाई वाक ओभरमा बिजयी घोषणा भयो । यसैगरि मेचीनगर नगरपालिकाको टिमले धनकुटाको…

Read More

विराटनगर, १५ पुस । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले तमु (गुरुङ) जातिको महान् चाड तमु ल्होसार र किराँत कुलुङ जातिको महान् चाड मिनारिदाचाम, चासुम्लो निङ्दोङ, चाक्चाकुर–२०७६ को सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका तमु तथा कुलुङ समुदायलगायत सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले नेपालका तमु जातिमा नयाँ वर्षको आगमनको खुशीयाली स्वरुप विशेष उत्साह र उमङ्गकासाथ मनाइने तमु ल्होसारले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको उल्लेख गर्नुभएको छ । मुख्यमन्त्री राईले नयाँ वर्षको रुपमा मनाइने ल्होसारले आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको…

Read More

हेटौँडा, १५ पुस । नेकपाका वरिष्ठ नेता एवम् पूर्र्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको विधान र विधिलाई कडाइका साथ लागू गर्न कमजोरी हुँदा पार्टी सङ्गठन गर्न समस्या भएको बताउनुभएको छ । नेकपा हेटौँडा उपमहानगरपालिका कमिटीद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले पार्टी एकीकरणको बाँकी काम पूरा गर्न सबै लाग्नुपर्छ भन्नुभयो । वरिष्ठ नेता नेपालले माक्र्सवादलाइ नेपाल सुहाउँदो ढङ्गले लागू गरी समृद्धि ल्याउनुपर्ने बताउनुभयो । सो अवसरमा उहाँले उपमहानगरपालिकाको १९ वटा वडा कमिटीका ६६५ जना सदस्यलाई पार्टी विधानबमोजिम शपथ गराउनुभएको थियो । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको राजधानी र नामको टुङ्गो लगाएपछि प्रदेशको विकास र समृद्धितर्फ लाग्ने बताउनुभयो ।

Read More

बिर्तामोड, १५ पुस । झापाको बिर्तामोड नगरपालिकाबाट ठूलो परिमाणमा लागुऔषध खैरो हिरोइनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बिर्तामोडस्थित रत्न सुपरमार्केटमा लागुऔषध खैरो हिरोइनको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले सोमबार बिर्तामोड–६ का २४ वर्षीय रुपेश विश्वकर्मालाई खैरो हिरोइन सहित पक्राउ गरेको हो । विश्वकर्माको साथबाट प्रहरीले १ ग्राम ६६० मिलिग्राम खैरो हिरोइन बरामद गरेको छ भने उनको कोठामा खानतलासी गर्दा मोबाइल फो चार्ज गर्ने ‘सामसुम पावर ब्यांक’ भित्र लुकाएर राखिएको ११२ ग्राम ४३० मिलिग्राम बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । ठूलो परिणामको लागुऔषधसहित…

Read More

चूडामणि वशिष्ठर‌ाणा शासनलाई गाली गर‌े‌र‌ै‌ तीस वषेर्‌ पञ्चायती व्यवस्था बित्यो‌ । र‌ाणाहरुले‌ नै‌ बनाएका दर‌बार‌मा बसे‌र‌ गाली गरि‌र‌हँदा अकोर्‌ एउटा दर‌बार‌ थप्नु त कता हो‌ कता भएको‌ दर‌बार‌ पनि पो‌लिखाने‌ काम भयो‌ । छ्यालीस सालमा दर‌बार‌का चाटुकार‌ र‌ मण्डले‌हरुको‌ उदण्डताले‌ जीर्ण भएको‌ पञ्चायती व्यवस्था ढल्यो‌ । प्रजातन्त्र त आयो‌ तर‌ त्यो‌ प्रजातन्त्रले‌ पनि पञ्चायतलाई गाली गर्न मै‌ बढी समय बितायो‌ । प्रजातन्त्रका ने‌ताहरुले‌ दे‌शले‌ विकासको‌ गति लिन नसक्नुको‌ कार‌ण दर‌बार‌ हो‌ भने‌र‌ गालियुक्त भाषणको‌ मो‌हो‌र‌ी र‌ाजातर्फ फर्काए । ने‌ताका कुर‌ा ठिकै‌ हो‌ला भन्ने‌ ठाने‌र‌ संघर्षमा हो‌मिएर‌ जनताले‌ र‌ाजालाई पनि दर‌बार‌बाट निकाल्दिए । अब सुरु भयो‌ संक्रमणको‌ समय, यस कालमा ने‌ताहरुको‌ दे‌श दो‌हन कार्यक्रम चर‌मचुलीमा पुग्यो‌ । खागपतिहरु…

Read More