
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, २९ माघ । नेपालको केन्द्रीय सरकारमा नयाँ सहयात्रीको आगमनपूर्व भारतले नेपालमाथिको हेराईलाई गहिरो पारेको छ । अहिलेका विदेशमन्त्री एस जयशंकर सुष्मा स्वराज विदेशमन्त्री हुँदा सचिवको हैसियतले सीधै नेपाल मामिला तय गर्थे । संविधान निर्माणसहितका विभिन्न सन्दर्भमा काठमाडौँ आउजाउ पनि गरेकै हुन् । सँगसँगै काठमाडौँस्थित दूतावासमा काम गरिसकेका शशी तोमर नेपाल–भूटान मामिला हेर्ने इन्जार्च बन्दैछन् । ‘रअ’ को सेकेन्डम्यानको रुपमा काठमाडौँ बसिसकेका सुव्रत दास भूटानबाट दिल्ली फर्किएर विदेश मन्त्रालयमा लियाजो अफिसरका रुपमा काम गरिरहेका छन् । यिनीहरुले नेपाल मामिला मिहिन पाराले हेरिरहेका हुन्छन् । काठमाडौँस्थित दूतावासमा प्रवक्ता भएर बसिसकेका पियुष श्रीवास्तव अहिले नेपाल मामिलाका जिम्मेवार सहसचिव छन् । त्यहाँ रहेका…
राजबाबु शंकर “संसाररुपी सुख स्वर्गभित्र रमें रमाएँ लिइ भित्र चित्र सारा भयो त्यो मरुभूमि तुल्य रातै परे झैं अब बुझ्छु बल्ल ।…” महाकवि देवकोटाका यी कवितांशबाट यसपटक लेखनीको थालनी गर्न चाहें । जीवनदेखि मृत्युसम्मको यात्रा, जुन प्राणीको सम्पूर्ण समय हो, लाई अक्षरांकन गदैर्रहँदा ‘आखिर छर्छ हावाले एक मुठी खरानी…’ भन्ने चेत मानिसमा कहिले वा कुन उमेरमा आउँछ भन्ने सवाल हो । मृत्यु त यसै पनि अकाट्य सत्य हो । जीवन कहिल्यै अजम्बरी हुँदैन; बरु मृत्यु आफैं चाहिं जहिल्यै अजम्बरी हो । तर पनि भौतिक रुपमा कहिल्यै कालजयी हुन नसक्ने हरेक मानव किन आफ्नो जीवनकालमा अक्सर केहीनकेही क्षुधाको लालची हुन्छ ? उसको÷उनको स्वार्थले किन अरु…
बनियानी, २८ माघ । झापाको बिर्तामोडमा अन्तर्राष्ट्रिय ज्योतिष सम्मेलन हुने भएको छ । ज्योतिष शास्त्रमा एक रुपता ल्याउने उद्देश्यले नेपाल ज्योतिष परिसर, दक्षिण एसिया ज्योतिष महासंघ र विश्व ज्योतिष महासंघको संयुक्त आयोजनामा माघ २९ गते (भोलि) एक दिने सम्मेलन हुन लागेको हो । कार्यक्रमको पूर्व सन्ध्यामा आज बेलुका पत्रकार सम्मेलनको आयोजना गरी नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंकाबाट करिब दुई सय जनाको संख्या ज्योतिषहरुको सहभागिता रहने आयोजक संस्थाले जनाएका छन् । विश्व ज्योतिष महासंघका डा. लोकराज पौडेलले सम्मेलनमा वास्तु, मुहूर्त र फलिप ज्योतिष शास्त्रका विषयमा अवधारणा पत्र प्रस्ततु गरिने जानकारी दिनुभयो । ‘ज्योतिषहरुमा एक रुपता नहुँदा यो क्षेत्र संकटमा पर्दै गएको…
मोरङ, २८ माघ । सुनसरी दुहबी–८ बस्ने २७ बर्षीय दिपेश चौधरीको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको छ । हिजो राती ११ बजे मोरङ बुढिगंगा–५ स्थित अन्नपुर्ण सिमेन्ट फ्याक्ट्री अगाडि भित्री सडकखण्डमा उतरबाट दक्षिणतर्फ जादै गरेको को २७ प ८३६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किन गई दुर्घटना हुँदा सोही मोटरसाइकलका चालक चौधरी गम्भीर घाइते भइ बिराट नर्सिङहोम बिराटनगरमा उपचार भइरहेकोमा उनको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
झापा, २८ माघ । चालु आर्थिक वर्षको ६ महिनामा हामीले ६३ करोड ९१ लाख ६० हजार रुपैयाँको ५ हजार ७ सय २८ मेट्रिक टन लसुन विदेशबाट ल्याइएको छ । यही गति रहे वर्षभरिमा एक अर्ब रुपैयाँभन्दा बढीको लसुन आयात गर्नेछौं। कोरोना भाइरसका कारण चीनबाट लसुन नआउँदा मूल्य अकासिएको हो। अहिले यसको बजार मूल्य सरदर ६ सय ५० रुपैयाँ प्रतिकिलो पुगेको छ। जब कि २० दिनअघि यसको मूल्य एक सय ३० रुपैयाँ थियो। गत आव ०७५।७६ मा ८३ करोड ३० लाख मूल्यको ९ हजार दुई सय ७७ मेट्रिक टन लसुन आयात भएको थियो। हामीले त्यही अवधिमा १५ लाख मूल्यबराबरको १८ मेट्रिक…
झापा, २८ माघ । चीनमा रहेका नेपाली ल्याउन ३ फागुनमा नेपाल वायुसेवा निगमको वाइडबडी जहाज त्यसतर्फ पठाइने भएको छ। एयरबस ३३०–२०० सिरिजको दुई सय ७४ सिटे जहाज चीनको वुहान पठाउने तय भएको हो । मन्त्रिपरिषद्को सोमबारको बैठकले नेपाली नागरिक उद्धार गर्न आवश्यक सबै प्रक्रिया थाल्न परराष्ट्र, स्वास्थ्य, पर्यटन र रक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । परराष्ट्रले नेपालस्थित चिनियाँ दूतावासमार्फत चीन सरकारलाई आगामी १५ फेब्रुअरी ९३ फागुन०मा आफ्ना नागरिक उद्धार गर्न चाहेको जानकारी गराएको छ । चीनस्थित नेपाली दूतावासलाई पनि परराष्ट्रले आवश्यक तयारी गर्न निर्देशन दिएको छ । पर्यटन मन्त्रालयले नेपाल वायुसेवा निगमलाई जहाज तयारी अवस्थामा राख्न निर्देशन दिइसकेको छ ।…
झापा, २८ माघ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले बिरामी अवस्थामै उपाध्यक्ष वामदेव गौतमलाई निवासमा बोलाएर भेटघाट गरेका छन् । गौतमलाई आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर ओलीले डेढ घण्टाजति छलफल गरेका हुन् । आइतबार बिहानदेखि सामान्य बिरामी भएका कारण प्रधानमन्त्री ओली पार्टीको सचिवालय बैठक र सगरमाथा संवाद उद्घाटन कार्यक्रममा सहभागी हुन सकेका थिएनन् तर अपराह्न राष्ट्रिय योजना राष्ट्रिय विकास समस्या समाधान समितिको कार्यक्रममा थोरै समय सहभागी भएका थिए । सोही कार्यक्रमपछि बालुवाटार पुगेका ओलीले गौतमलाई बोलाएर पार्टी उपाध्यक्ष बनेकोमा बधाई दिँदै मिठाईसमेत खुवाए । प्रधानमन्त्री ओलीले भेटमा गौतमलाई २ नम्बर प्रदेशमा भएको पार्टी विवाद मिलाउनसमेत निर्देशन दिए…
झापा, २८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी महानिरीक्षक (आइजीपी) मा प्रदेश १ का डीआईजी ठाकुर ज्ञवालीको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्न निर्देशन दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा आईजीपी चयनको टुङ्गो नलागेपछि प्रधानमन्त्री ओलीले मङ्गलबार बस्ने बैठकमा ज्ञवालीको नाम पेस गर्न गृहमन्त्री रामबहादुर थापा र मुख्यसचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिएका हुन् । गृहमन्त्री थापा र मुख्यसचिव रेग्मीलाई बोलाएर प्रधानमन्त्रीले आईजीपीमा ज्ञवालीको नाम मङ्गलबार बिहान बस्ने मन्त्रिपरिषद् बैठकमा पेस गर्न निर्देशन दिनुभएको छ,’ बालुवाटार स्रोतले भन्यो, ‘त्यहीअनुसार प्रस्ताव तयार गरिनेछ ।’ आईजीपी सवेन्द्र खनाल, ३ एआईजी पुस्कर कार्की, ठूले राई र धीरु बस्न्यात तथा १८ डीआईजीहरु मङ्गलबारबाट एकैपटक अवकाश…
काठमाडौं, २७ माघ । आगामी फागुन १ गतेबाट देशैभरी दादुरा–रुबेला विरुद्धको खोप अभियान शुरु गरिँदैछ । यसै क्रममा रुकुमपूर्वमा चार हजार ५७९ बालबालिकालाई दादुरा रुबेलाको खोप लगाइने भएको छ । तीन मात्र स्थानीय तह रहेको जिल्लाको सिस्ने गाउँपालिकामा एक हजार ४२०, भूमे गाउँपालिकामा एक हजार ५९७ र पुथा उत्तरगङ्गा गाउँपालिकामा एक हजार ५६२ पाँच वर्ष मुनिका बालबालिका छन् । सो अभियानका लागि जिल्लामा १६ खोप कार्यकर्ता र २८८ स्वयंसेवक खटाइने बताइएको छ । खोप अभियान पहिलो चरणमा भुमेमा फागुन १ देखि ९ गतेसम्म सञ्चालन गरिने भएको छ । त्यसैगरी दोस्रो चरणमा फागुन १० गतेबाट १८ गतेसम्म पुथा उत्तरगङ्गा र तेस्रो…
झापा, २८ माघ । झापाको मेचीनगर नगरपालिका–६ दुर्गा मन्दिरबाट प्रहरीले अन्दाजी १ लाख ७५ हजार मुल्य बराबरको अवैध सामान बरामद गरेको छ । हिजो जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलले नेपालबाट भातरतर्फ लैजाँदै गरेको १२५ किलो मरीच २०० किलो छगडा र १५ कार्टुन स्याउ बरामद गरेको हो । बरामद गरिएको उक्त परिमाणको सामान इलाका प्रहरी कार्यालयमा राखि आवश्यक कानूनी प्रकृया पश्चात मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।