
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
ताप्लेजुङ, २५ माघ । ताप्लेजुङ पाथीभरा याङबरक गाउँपालिका(२ खाल्टे थेचम्बु बस्ने ३५ बर्षीया शुकमाया लिम्बुको खुकुरी प्रहारबाट मृत्यु भएको छ। हिजो साँझ सवा ५ बजे दाजु भाईको अंश भण्डाको बिषयलाई लिएर बिबाद हुदा दाई ४३ बर्षीय पुर्ण कुमार लिम्बुले आफ्नै कान्छी भाई बुहारी बिरेन्द्र कुमार लिम्बुको श्रीमती शुकमायालाई धारिलो हतियार खुकुरीले घाँटी र टाँउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। खुकुरी प्रहार गरी बुहारीको हत्या गर्ने जेठाजु पुर्ण कुमारलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।
काठमाडौँ, २३ माघ । सत्तारुढ नेकपाका नेता ५१ वर्षीय हरिदेव गिरीको काठमाडौँ नयाँबानेश्वरमा शंकास्पद मृत्यु भएको छ। काभ्रे घर भएका गिरीको नयाँबानेश्वरस्थित आलोकनगर डि क्याफे एण्ड किचन रेष्टुरेन्टमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त बानेश्वररले जनाएको छ। मंगलबार राति १० बजे रेष्टुरेन्टमा गम्भीर अवस्थामा भेटिएका गिरीलाई उपचारका लागि प्रहरीले राति १० बजे नजिकै रहेको सिभिल अस्पताल पुर्याइएका थियो। अस्पताल पुर्याउनासाथ डाक्टरले उनलाई मृत घोषणा गरेका प्रहरी वृत्त बानेश्वरका डीएसपी दुर्गाराज रेग्मीले जानकारी दिए। गिरीको मृत्युको कारण खुलेको छैन। उनी काभ्रेको बनेपास्थित नाला निवासी हुन्। अनुसन्धानका लागि रेष्टुरेन्टका ४ जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए। नियन्त्रणमा…
उदयपुर, २३ माघ । उदयपुरको त्रियुगा नगरपालिका–१३ बाट लागुऔषध सहित २ जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका–१२ का बिकाश कट्वाल र त्रियुगा नगरपालिका–११ का २५ बर्षीय सुवास धमलालाई स्टागन ४ एम्पुल, मरफियम ४ एम्पुल, हिस्टानिल ४ एम्पुल, लोरी ४ एम्पुल सहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
भद्रपुर, २३ माघ । झापाका अधिकांश क्रसर उद्योग अवधै रुपमा सञ्चालन भइरहेको जिल्ला अनुगमन समितिले ठहर गरेको छ । त्यस्ता उद्योगलाई तत्काल बन्द गराउने पहल शुरुआत समेत गरिएको छ । झापा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलको संयोजकत्वमा गठित जिल्ला अनुगमन तथा समन्वय समितिले जिल्लामा रहेका २७ क्रसर तथा बालुवा प्रशोधन कारखानाको अनुगमन गरेको थियो । अवैध रुपमा ती उद्योग सञ्चालन भइरहेको ठहर समितिले गरेको छ । समितिले बुधबार चन्द्रगढीमा पत्रकार सम्मेलन आयोजना गरी २०७२ सालदेखि कुनै पनि क्रसर तथा बालुवा प्रशोधन उद्योगको दर्ता नवीकरण नभएको र उद्योगले कारोवारको विवरण नराखेको जानकारी दिएको छ । ती उद्योगले राज्यलाई बुझाउनुपर्ने कर…
अर्जुनधारा, २३ माघ । झापाको अर्जुनधारा–११ स्थित महारानीगञ्ज माध्यमिक विद्यालयले आफ्नो ६२ औं वार्षिकोत्वको अवसर पारेर बुधबार विभिन्न क्षेत्रका एक दर्जनजति व्यक्तित्वलाई सम्मान गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहितमान ढकालको अध्यक्षतामा आयोजित वार्षिकोत्सव समारोहका बीच स्थापनाकालदेखि विद्यालयको उन्नयनमा विशिष्ट योगदान पुर्याएकोमा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष बलिराज इङनाम र भैरवबहादुर खड्का र पूर्व प्रधानाध्यापक बच्चेलाल चौधरीलाई विशेष सम्मान गरियो । समारोहका प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले उनीहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । सहायक प्रधानाध्यापक लीलाधर चम्लागाईंले सञ्चालन र प्रधानाध्यापक मनबहादुर लिम्बूले स्वागत गरेको समारोहमा उत्कृष्ट अभिभावकका रुपमा प्रमिला भट्टराई र सुकमती चौधरी, उत्कृष्ट शिक्षकका…
झापा, २१ माघ । झापाको शिवसताक्षी नगरपालिका–११ दुधेमा बोलेरोको ठक्करबाट ठेला चालकको मृत्यु भएको छ । सोमवार राती साँढे ६ बजेको समयमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको मे १ ज २४७५ नम्बरको बोलेरो गाडीले सोही दिशा तर्फ जाँदै गरेको ठेलालाई ठक्कर दिंदा ठेला चालक स्थानीय ६० बर्षीय बल बहादुर दर्जी घाईते भई उपचारको लागी बिएण्डसी अस्पताल पठाईएकोमा उपचारको क्रममा राती सवा ७ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ भने बोलेरो र चालक उक्त कार्यालयले नियन्त्रणमा लिएको छ ।
झापा, २१ माघ । झापाको बिर्तामोड नगरपालिका–२ चारपानेका यमकुमार राजवंशीको खेतमा रहेको परालको कुन्युमा एक ब्यक्ति जलेर मृत अवस्थामा फेला परेका छन् । आज बिहान ९ बजे परालको कुन्युमा एक ब्यक्ति जलेर मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटि गई अनुसन्धान कार्य भईरहेको भईरहेको छ । मृतकको नाम थर ठेगाना खुल्न सकेको छैन भने डग स्क्यानिङ गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
बनियानी, २१ माघ । झापाको अर्जुनधारामा एक बालिकालाई आर्थिक प्रलोभनमा पारेर करणी गर्न खोजेको आरोपमा सोमबार प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा अर्जुनधारा–१० का ६३ वर्षीय प्रदीप तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार अभियुक्त तामाङले मादक पदार्थ सेवन गरेर अर्जुनधारा–१ की एक १२ वर्षीय बालिकालाई रू १ हजार १ सय दिएर करणी गर्न खोजेका थिए । ‘घरमा कोही नभएको अवस्थामा पैसाको प्रलोभनमा पारेर बालिकाको कोठामा छिरेर जबरजस्ती गर्न खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’, उहाँले भन्नुभयो, ‘बालिकाले हल्ला गरेपछि स्थानीयबासीले थाहा पाएर घटना बाहिर आयो ।’ घटना…
झापा, २१ माघ । सरकारले वैदेशिक रोजगारमा जाने र फर्किने दुवैको आधिकारिक तथ्याङ्क राख्न थालेको छ । अध्यागमन विभागको सूचना व्यवस्थापन प्रणालीसँगको सहकार्यमा गएको सोमबारदेखि विदेशबाट फर्कने नेपालीको पनि तथ्याङ्क राख्न थालिएको हो । अहिलेसम्म विदेश जानेको आधिकारिक तथ्याङ्क भनेको वैदेशिक रोजगार विभागबाट श्रमस्वीकृति लिएकालाई मात्रै आधार मान्ने चलन थियो । अब भने श्रमस्वीकृति लिएका सबै गए वा नगएको र विदेशबाट फर्किनेको तथ्याङ्क पनि पाइने भएको छ । वैदेशिक रोजगार विभागका अनुसार विभागबाट दैनिक औसतमा एक हजारभन्दा बढी युवा वैदेशिक रोजगारका लागि अन्तिम श्रमस्वीकृति लिने गरेका छन् । अब अध्यागमन विभागले पनि छुट्टै तथ्याङ्क राख्ने हुँदा रोजगारीमा जान अन्तिम श्रमस्वीकृति…
काठमाडौँ, २१ माघ । नेपालको छवटा हिमाल एकैपटक सफा गरिने भएको छ । अत्यधिक पर्यटकको आकर्षणमा रहेका विश्वको सर्वोच्च शिखर सगरमाथा, ल्होत्से, मकालु, धवलागिरि, पुमोरी र आमादब्लम हिमाल एकैपटक सफा गरिन लागिएको हो । नेपाल सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’को अवसर पारेर हिमाल सफाइ गर्न लागेको हो । करिब आठ करोड ५९ लाख ९३ हजार रुपियाँको लागतमा हिमालको सफाइ गरिनेछ । वन तथा वातावरण मन्त्रालयको वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले नेपालका हिमाल स्वच्छ र सफा छन् भन्ने सन्देश दिन छवटा मुख्य हिमाल एकैपटक सफा गरिन लागेको बताए । आजको गोरखापत्र दैनिकमा खबर छ ।