झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १५ पुस । भोजपुरको षडानन्द नगरपालिका–१० खोट डाँडामा बलेरो पल्टदा १ जनाको मृत्यु भएको छ । सोमबार अपरान्ह पौने ५ बजेको समयमा खोट डाँडाबाट धरान तर्फ सुन्तला बोकेर आउँदै गरेको को २ च १७९२ नम्बरको बोलेरो आफै अनियन्त्रीत भई बाटो देखि करिव १५ मिटर तल खसेर दुर्घटना हुँदा बलेरो चालक धरान उप(महानगरपालिका(१६ का २७ बर्षीय फुर्वा तामाङ घाईते भएका थिए । घाइतेलाई उपचारको लागि मनकामना अस्पताल तुम्लिङटार लगिएकोमा उपचारको क्रममा राती साँढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । त्यस्तै, सुनसरीको बर्जु गाउँपालिका–१ का २६ बर्षीय जय राम मेहेताको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको छ…

Read More

इटहरी, १४ पुस । आफ्नै अनुयायीमाथि ब ला त्कार गरेको आ रोपमा प्रहरी हि रा सतमा रहेका सिद्धबाबा भनिने कृष्णदास गिरीले अन्य महिलाहरुलाई पनि मध्यरातमा म्यासेज पठाउने गरेको तथ्य फेला परेकोछ । सिद्धबाबाले प्रयोग गर्ने ९८५२०२५८८५ नम्बरबाट अन्य नम्बरमा यौ न बिषयसँग सम्बन्धित म्यासेज गर्ने गरेको भेटीएको हो । प्रहरीले तयार पारेको अनुसन्धान प्रतिवेदन (सिडिआर रिपोर्ट)मा यस्तो प्रकृतीका म्यासेजहरु भेटीएका उल्लेख छ । प्रहरी र सरकारी वकिलले पेस गरेको उक्त फाइलमाथि नै जिल्ला अदालत सुनसरीको १ नम्बर बेन्चमा बहस जारी छ । गिरीलाई उ जुरी दिनेभन्दा फरक चतरास्थित आश्रमका अन्य युवतीहरुलाई ‘यौ न प्रस्ताव’ राख्ने गरेको तथ्य फेला परेको हो…

Read More

झापा, १४ पुस । यतिबेला देशभर चिसो ह्वात्तै बढेको छ । बिहीबार र शुक्रबार वर्षा हुने सम्भावना रहेकाले चिसो थप वृद्धि हुने अनुमान गरिएको छ । बढ्दो चिसोसँगै मध्य पहाड र तराईमा हुस्सु र शीतलहर सुरु भएको छ । राजधानी काठमाडौँमा शनिबार अहिलेसम्मकै सबैभन्दा चिसो ०.६ डिग्री तापक्रम सूचीकृत (रेकर्ड) भएको छ । आइतबार विहान १ डिग्री तापक्रम सूचीकृत भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो गतवर्ष डिसेम्बर महिनाको अन्तिमतिर सूचीकृत भएको ०.५ डिग्री भन्दा बढ्दो क्रमको तापक्रम हो । हरेक वर्षको डिसेम्बरको मध्यबाट चिसो बढ्ने भए पनि यसपाली अलिक छिट्टै चिसो बढेको महाशाखाको भनाइ छ । “चिसोसँगै हिमाली…

Read More

काठमाडौं, १४ पुस । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन गर्ने तयारी थालेको छ । यसअघि २०७३ फागुन १८ गते सम्पन्न निर्वाचनमा दुई वर्षे कार्यकाल सकिएका पदाधिकारीको म्याद यही फागुन १३ गतेसम्म मात्र थप गरिएकाले अब फागुन १४ गते नै निर्वाचन गर्नुपर्ने भएको छ । त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक गङ्गाबहादुर थपाले ११ वर्ष अघिदेखि हुन नसकेको करिब ४ सय आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा पनि सोही दिन निर्वाचन गर्ने तयारी थालिएको जानकारी दिए । २०७३ सालमा करिब २ सय ८० क्याम्पसमा मात्र निर्वाचन भएको थियो । हाल करिब एक हजार एक…

Read More

काठमाडौँ, १४ पुस । लगानी बोर्डले तीन जलविद्युत आयोजनाका लागि ८५ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री एवम् लगानी बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको ४२ औँ बैठकले सो निर्णय गरेको हो । कोरियाली कम्पनीको लगानीमा निर्माण हुन लागेको २१६ मेगावाटको माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाका लागि करिब ६५ अर्ब, चिनियाँ कम्पनीले निर्माण गर्न लागेको ५० मेगावाटको मर्स्याङ्दीबेसी जलविद्युत आयोजनाका लागि ११ अर्ब ७७ करोड ५४ लाख तथा नेपाल टेलिकम समेतले लगानी गर्न लागेको ३७ मेगावाटको त्रिशूली ३ बी आयोजनाका लागि ८ अर्ब २२ करोड ७४ लाख बराबरको लगानी स्वीकृत गरिएको…

Read More

झापा, १४ पुस । आसोजको दोस्रो साता एकैपटक ३६ जिल्लाका ५० शहरमा फोरजी सेवा विस्तार गरेको नेपाल टेलिकमले करीब ३ महिनाको अवधिमा आफ्नो फोरजी सेवाअन्तरगत २८ लाख ग्राहक आबद्ध भएको बताएको छ । मङ्गलबारसम्मको तथ्याङ्क अनुसार टेलिकमको कुल फोरजी ग्राहक ३६ लाख पुगेको छ । असोजको दोस्रो सातासम्म यो सङ्ख्या मात्र ८ लाख थियो । पछिल्लो समय फोरजी ग्राहकको सङ्ख्या ह्वात्तै बढ्नुमा टेलिकमले यो सेवा मुलुकभर पुर्याएपछि यसअघि थ्रीजी सेवा लिइरहेका ग्राहकहरु फोरजीमा स्तरोन्नति हुनु प्रमुख कारण हो । नेपालमै पहिलो पटक २०७३ पुस १७ गते फोरजी सेवा शुरु गरेको टेलिकमको यो सेवा असोजको दोस्रो सातासम्म राजधानी काठमाडौँ र पोखरामा…

Read More

मोरङ, १४ पुस । मोरङको धनपालथान गाउँपालिका-४ कर्सियामा आईतवार साँझ साँढे ६ बजे ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको को ३८ प १७७ नम्बरको स्कुटरलाई बिपरीत दिशाबाट जाँदै गरेको को १ त ७८४३ नम्बरको ट्याक्टरले ठक्कर दिंदा स्कुटर चालक दुहवी नगरपालिका(११ का १८ बर्षीय रुपेश चौधरी र पछाडी सवार रहेका १७ बर्षीय चन्द्र प्रकाश चौधरी घाईते भई उपचारको लागि कोशी अस्पताल बिराटनगर पठाईएकोमा स्कुटर चालकको उपचारकै क्रममा मृत्यु भएको हो । अर्का घाईतेको सोही अस्पतालमा उपचार भईरहेको छ भने ट्याक्टर प्रहरी चौकी कर्सियाको नियन्त्रणमा रहेको छ ।

Read More

बुधबारे, १३ पुस । नेकपा झापाका अध्यक्ष चिन्तन पाठकलाई पितृ शोक परेको छ । उनका ९३ बर्षीय बुबा देवीप्रसाद पाठकको पौष ११ गते निधन भएको छ । लामो समयसम्म मुटु रोगबाट ग्रसित पाठकको निजी निवास बुद्धशान्ति–२ मा निधन भएको हो । ताप्लेजुङको फुलबारी ५ मा वि.स. १९८४ जेष्ठ १३ गते जन्मिएका पाठकको दुई श्रीमति, ६ छोरा र २ छोरी छन् । बुवा देवीप्रसादसँगै छोरा चिन्तन पाठकबस्दै आएका थिए । उनको विवाह जेठी महेश्वरा र कान्छी लक्ष्मी सिवाकोटीसँग भएको थियो । उनका छोराहरु नन्दलाल, डिल्लीराम, कबिप्रसाद, चिन्तन, टीका, भिष्म रहेका छन् भने छोरीहरु गोमा कंडेल र सिता बिमली रहेका छन् ।…

Read More

ताप्लेजुङ, १३ पुस । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङका ३१ बर्षीय चन्द्र बहादुर बस्नेत १ थान कटुवा पेस्तोल र बिष्फोटक पदार्थ सहित पक्राउ परेका छन् । बस्नेतको घरमा हतियार तथा बिष्फोटक पदार्थ समेत रहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले बस्नेतको घर खानतलासी गर्ने क्रममा १ थान कटुवा पेस्तोल, ईलेक्ट्रिक डेटोनेटर ७ थान, नन ईलेक्ट्रिक डेटोनेटर १७ थान, टाईम सेटिङ डिभाईस, रिमोट कन्ट्रोल सेट, ३ थान, ब्याट्रि सेट २ थान , जिलेटिन ५४ थान, सेफ्टी फ्युज वायर साँढे ३ फिट तथा अन्य बिभिन्न प्रकारका दस्तावेजहरु समेत बरामद गरेको छ । हतियार तथा बिष्फोटक पदार्थ सहित पक्राउ…

Read More

काठमाडौँ, १२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणमा मुलुकले फड्को मारिसकेको बताउनुभएको छ । प्रेस सङ्गठनद्वारा आज यहाँ आयोजित ‘सञ्चारकर्मीसँग प्रधानमन्त्री’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले असाधारण ढङ्गले सरकारले नयाँ काम अघि सारेकाले विकासका काम तीव्ररुपमा अघि बढेकाले विरोधी अत्तालिएको बताउनुभयो । प्रधानमन्त्री ओलीले एउटा तप्का विकास निर्माणका काम हुन नदिइ विवाद निम्त्याउन उद्दत रहेको छ भन्नुभयो । “छ वर्षभित्रमा काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्ग हुने विषयले केही मान्छेको मन पोल्न थालेको छ”, उहाँले भन्नुभयो, “मैले खोलाबाट आवागमन गर्न सक्छौँ भनेँ उडाए, समुद्रमा जहाज चलाउन सक्छौँ भनेँ उडाए, कति दयनीय अवस्थामा छन् विरोधी भने पानीमा जहाज चल्छ भन्ने पनि थाहा पाएका छैनन्,…

Read More