
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, ११ पुस । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आज राजीनामा दिने भइकी छन् । हिजै राजीनामा दिने भनिए पनि शुक्रबारका लागि सरेको थियो । पार्टीको निर्णय आउन नसक्दा उपसभामुख नुम्बाहाङ्फेको राजीनामा शुक्रबारसम्मका लागि सरेको हो । संसद् सचिवालयले पुस १४ गते सभामुख निर्वाचनको तालिका बनाएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख लिन उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा गराउन लागेको हो । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनबाट काठमाडौं आउन समय लाग्ने भएकाले यो विषयमा पार्टीभित्र निर्णय हुन सकेको छैन् । सभामुख र उपसभामुख फरक(फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण नेकपाले उपसभामुखबाट तुम्बाहाङ्फेलाई राजीनामा गराउन लागेको हो । उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिएपछि…
धरान, ११ पुस । सुनसरीको धरान उपमहानरपालिका–१५ मा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । बुधवार राती साँढे ८ बजेको समयमा ४३ बर्षीय काजीमान राई र ३६ बर्षीय रमिला राई बिच घरायशी बादबिबाद भई कुटपिट समेत हुँदा श्रीमती घाईते भएकी थिईन । घाईतेलाई उपचारको लागि बि।पी।कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा लगिएकोमा उपचारको क्रममा राती पौने ९ बजे मृत्यु भएको हो । घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले श्रीमती हत्यामा संग्लग्न रहेका राईलाई पक्राउ गरेको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
ताप्लेजुङ, ११ पुस । ताप्लेजुङको श्रीजंगा गाउँपालिका–२ हपुखोला बस्ने ५० बर्षीय पदम माया खड्काको रुखले किचेर मृत्यु भएको छ । बिहीबार दिउँसो पौने ४ बजेको समयमा व्ऋद्य ले हपुखोला तेल्लोक जोड्ने सडक खन्ने क्रममा बडहरको रुख ढली सोही स्थानमा भएकी खड्कालाई लाग्दा निजको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
काठमाडौं, ९ पुस । गृह मन्त्रालयले भोलि बिहीबार देशैभरी सार्वजनिक विदा दिने तयारी गरेको छ । भोलि बिहान नेपालसहितका देशमा खण्डग्रास सूर्यग्रहण लाग्ने भएकोले गृह मन्त्रालयले अधिराज्यभर बिदा दिने तयारी गरेको हो । यो प्रस्ताव गृह मन्त्रालयले मन्त्रिपरिषदमा पठाएको छ । विदाको लागि मात्रै मन्त्रिपरिषद बस्ने प्रचलन भने छैन । अब यो प्रस्तावको निर्णयका लागि गृह मन्त्रालयले पठाएको प्रस्ताव प्रधानमन्त्रीकहाँ पठाइन्छ । मन्त्रिपरिषदको अध्यक्षको हैसियतमा प्रधानमन्त्रीको स्वीकृतिपछि यो प्रस्ताव मुख्य सचिवले प्रमाणीकरण गर्छन् । प्रमाणीकरण भएसँगै यो प्रस्तावले मन्त्रिपरिषदबाट पारित भएसरहको मान्यता पाउनेछ । भोलि लाग्ने खण्डग्रास सूर्यग्रहण नेपाल, भारत, श्रीलंका लगायत एशियाका सबै देश, हिन्दमहासागर, मलेशिया, पूर्वी युरोप, उत्तररपश्चिम…
बिर्तामोड, ९ पुस । झापाको अर्जुनधारा नगरपालिकाले मंगलबार ‘नदीजन्य सामग्रीको उत्खनन्, व्यवस्थापन र ओसारपसार सम्बन्धी सर्वपक्षीय छलफल÷ अन्तरक्रिया कार्यक्रम’ गरेको छ । नगरक्षेत्रमा रहेका विरिङ, टाङ्टिङ लगायत खोला तथा नदी नदीजन्य सामग्रीको जथाभावी उत्खनन् हुन थालेपछि नगरपालिकाले सर्वपक्षीय छलफल गरेको हो । नदी किरानको जग्गाको धनीपूर्जाका आधारमा जथाभावी नदीजन्य सामग्रीको उत्खनन् हुन थालेपछि त्यसको नियन्त्रण गर्ने उद्देश्यले छलफल गरिएको नगरपालिकाले जनाएको छ । छलफलमा सहभागी अर्जुनधारा–३ का ऋषिकेश खतिवडाले नदीले आफ्नो जग्गा बगर बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मालपोत तिरिहेका छौँ, उब्जनी केही हुँदैन, हामीले के गर्नु ?’ नदीजन्य सामग्री उत्खनन्का लागि नगरपालिकाले आफ्नो जग्गामा बोलपत्र आह्वान गर्न जोखेको उहाँले…
बिर्तामोड, ९ पुस । विभिन्न सामाजिक गतिविधि र सदस्यमैत्री योजनाका साथ झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्था प्रगति उन्मुख हुँदै गएको छ । स्थापनाको सात वर्षे छोटो अवधिमै उल्लेखनीय प्रगति हासिल गरेको शिक्षा सहकारीले आठौँ वर्षमा प्रवेश गर्दै गर्दा विभिन्न रचनात्मक, सदस्य मैत्री र सामाजिक गवितिधिलाई आगामी कार्ययाजनामा समेटेको छ । संस्थाको सातौँ वार्षिक साधारण सभा पूर्व सन्धयामा आज पत्रकार सम्मेलनको आयोजना गरी संस्थाले गरेको प्रगति र आगामी कार्ययोजना सार्वजनिक गरेको छ । बचत तथा ऋणको कारोवार गर्ने उद्देश्यसहित २०६९ भदौ २५ गते शिक्षा सहकारी संस्था स्थापना भएको थियो । सहकारी विद्यालय सञ्चालनको अवधारणासहित अगाडि बढेको शिक्षा…
तेह्रथुम, ९ पुस । तेह्रथुमको छथर गाउँपालिका-६ का ५० बर्षीय लिलम लम्जेल छथर गाउँपालिका-५ को बाटोमा मृत फेला परेका छन् । मंगलवार घरबाट शुक्रवारे बजार तर्फ हिडेका लम्जेल आज बिहान साँढे ८ बजे छथर गाउँपालिका-५ को सुदाप जाने बाटोमा मृत फेला परेका हुन् । शुक्रवारे बजारमा अत्याधिक मादक पदार्थ सेवन गरेर घर तर्फ हिडेका लम्जेल बाटोमा नै सुतेको र चिसोका कारण मृत्यु भएको हुन सक्ने स्थानीयवासीहरुले बताएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । सो सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
इलाम, ९ पुस । इलामको माई नगरपालिका–५ दाहालटारका ४८ बर्षीय राम बहादुर शंकरले आफुले आफ्नै घाँटी रेटेर आत्महत्या गरेका छन् । आज बिहान साँढे ६ बजे शंकरले आफूले आफ्नै घाँटी रेटी आत्महत्या गरेको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी दानावारीबाट खटिएको प्रहरी टोलीले शंकरलाई मृत अवस्थामा फेला पारेको थियो । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
तनहुँ, ८ पुस । नेपाली कांग्रेसका सांसद थापाले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, पूर्व राजा ज्ञानेन्द्र शाहभन्दा खतरनाक भएको बताएका छन् । तनहुँको दमौलीमा प्रेस युनियन तनहुँ शाखाद्वारा आयोजित पत्रकार भेटघाटमा पूर्व स्वास्थ्य मन्त्री समेत रहेका थापाले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘ओली राजा ज्ञानेन्द्र शाहभन्दा खतरनाक भए’, उनले भने, ‘बरु ज्ञानेन्द्र शाह यति धेरै खतरनाक देखिएका थिएनन्। शाही शासनभन्दा ओली शासन खतरनाक छ। शाहीकालमा ज्ञानेन्द्र राजाले कानुन नबनाएर उल्लंघन गरेको मात्र हो। तर, केपी ओलीले कानुन बनाएर जनताको अधिकार खोस्दै छन्।’ दुई तिहाईका दम्भले एकपछि अर्को कानुन बनाएर सरकारले जनताको अधिकार खोस्ने काम गरेको उनको…
काठमाडौं,८ पुष । उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन्। सोमबारको मन्त्रिपरिषद्मा आफूले पेश गरेको संविधान संशोधन प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेपछि मंगलबार दिउँसो यादवले राजीनामा दिएका हुन्। यो संगै समाजवादी पार्टीले सरकार छाडेको छ । उपेन्द्र यादव संगै सहरी विकासमन्त्री मो। इस्तियाक राइले पनि आफ्नो पदबाट राजीनामा दिएका छन् । समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवले २०७५ जेठ १४ गते संविधान संशोधनलगायत माग र मुद्दामा सम्बोधन गर्ने शर्तसहित सरकारका सहभागी भएको र शर्त पूरा नभएपछि राजीनामा दिएको उल्लेख राजिनामा पत्रमा गरेका छन्। ‘मिति २०७६ पुस ७ गतेको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधनका लागि…