
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, ६ पुस । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को आज बस्ने स्थायी कमिटि बैठकमा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्तरुपमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारित हुने भएको छ । छ दिनदेखि जारी स्थायी कमिटीको बैठकमा छलफल बाँकी रहेकाले राजनीतिक प्रतिवेदन र महासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावसमेत आज नै पारित गर्ने तयारी गरिएको छ । बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार छलफल जारी रहेकाले राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावसमेत छलफलका आधारमा पारित गरिनेछ । सोही प्रयोजनका लागि नेकपा स्थायी कमिटी बैठक पुनः आज आइतबार बिहान ११ बजे बस्ने बताइएको छ । सबै…
झापा, ६ पुस । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आउँदो ६ महिनासम्म करीब ५ लाख बेरोजगारलाई रोजगारी दिन तयारी थालिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार १ सय दिन रोजगारी प्रत्याभूति गर्न सामुदायिक आयोजना सञ्चालन तथा व्यवस्थापन कार्यविधिअनुरुप स्थानीय तहसँग आयोजना माग गरिएकामा त्यसको संकलनको काम पूरा भइसकेको छ । मन्त्रालयका प्र्रधानमन्त्री रोजगार कार्यक्रम हेर्ने उपसचिव डा.लोकनाथ भुसालको अनुसार त्यस्ता माग भई आएका आयोजना कार्यान्वयन गरी सय दिने रोजगारी प्रदान गर्न आवश्यक रकम पठाउने तयारी भइरहेको छ । आजको आर्थिक अभियान दैनिकमा खबर छ ।
बनियानी, ५ पुस । झापाको झापा गाउँपालिकाको आयोजनामा ‘अध्यक्ष कप प्रदेश नं. १ पालिका स्तरीय भलिबल प्रतियोगिता–२०७६’ हुने भएको छ । अध्यक्ष कप प्रदेश नं. १ पालिका स्तरीय भलिबल प्रतियोगिता सञ्चालन समितिले आज यहाँ पत्रकार सम्मेलन गरी पुस १४ गतेदेखि १९ गतेसम्म प्रतियोगिता हुने जनाएको हो । पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष गजेन्द्र ताम्लीले प्रदेश नं. १ का २४ वटा पालिकाले प्रतियोगितामा सहभागिता जनाउने बताउनुभयो । झापाका १० वटा पालिकासहित मोरङ, सुनसरी, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ र सोलुखुम्बूका १४ वटा पालिकाले प्रतियोगितामा सहभागिता जनाउने भएका छन् । नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष ताम्लीले…
बनियानी, ५ पुस । नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले मुलुकको भौगोलिक अखण्डता असंशोधनीय भएको बताउनुभएको छ । झापाको भद्रपुर–५ स्थित ‘मेची रिभर साइड बिच भलिबल’ प्रतियोगिताको दोस्रो संस्करणको उद्घाटन गर्दै नेता सिटौलाले भन्नुभयो, “संविधानले भौगोलिक अखण्डता चाहेर पनि संशोधन गर्न सक्दैन, भौगोलिक अखण्डता नै राष्ट्रियताको पहिचान हो ।” कालापानी, लिम्पियाधुरा, लिपुलेक क्षेत्रको नेपाली भूमि भारतले मिचेको विषयमा काँग्रेसले भारतसँग उच्चस्तरमा राजनीतिक र कूटनीतिक पहल गरेर समाधान गर्न सरकारलाई दबाब दिइरहेको उहाँले बताउनुभयो । दुई देशबीचमा राजनीतिक र कूटनीतिक पहल गरेर सीमा विवादको विषय समाधान गर्न सरकारलाई काँग्रेसले सुझाव दिइसकेको नेता सिटौलाले जानकारी दिनुभयो । कार्यक्रममा भद्रपुर नगर क्षेत्रका दुई अग्रज…
झापा, ५ पुस । सहकारी विभागले सन्दर्भ ब्याजदर शतप्रतिशत लागू भएको जनाए पनि सहकारीहरूले भने आफूखुसी ब्याज लिँदै आएका छन् । मनोमानी ब्याज उठाउन थालेपछि विभागले सहकारीहरूलाई गत साउन १९ गतेदेखि सन्दर्भ ब्याजदर लागू गरेको थियो । १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाइने गरी तोकिए पनि कार्यान्वयन भएको छैन । विभागले भने पूर्ण कार्यान्वयन भएको जनाएको छ । विभागका रजिस्ट्रार डा। टोकराज पाण्डेले भने, सन्दर्भ ब्याजदर शतप्रतिशत लागू भएको छ सहकारीहरूले १६ प्रतिशतभन्दा बढी ब्याजदर लिएको छ भने विभागमा उजुरी गर्नु हामी कारबाही गर्छौं, अनुगमन पनि गरेका छौँ । विभागको दाबीलाई जिल्ला सहकारी सङ्घ लिमिटेड काठमाडौँले भने चुनौती दिएको छ…
विराटनगर, ५ पुस । भर्खरै सम्पन्न साग खेलमा कास्य पदक विजेता विराटनगरकी राष्ट्रिय खेलाडी प्रेरणा कोइरालालाई शुक्रबार यहाँ सम्मान गरिएको छ । विराटनगर महानगरपालिका–११ वडा कार्यालयबाट गरिएको सो सम्मानमा कास्य पदक विजेता कोइरालालाई रु ११ हजार नगद र सम्मानपत्र प्रदान गरिएको छ । प्रदेशसभा सदस्य नेपाली काङ्ग्रेसका प्रमुख सचेतक केदार कार्कीले राष्ट्रको गरिमा बढाउन खेलाडीलाई उच्च सम्मान हुनुपर्ने बताउनुभयो । उहाँले विजेता कोइरालालाई रु ५१ हजार नगद प्रदान गर्ने घोषणा गर्नुभयो । विराटनगर महानगरपालिकाका–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेले कास्य पदक विजेताले राष्ट्रिय गौरव बढाउनु भएको बताउनुभयो । सम्मानित खेलाडी कोइरालाले देशवासीको प्रेरणा र हौसलाले आगामी अझ सफलता पाउन मलाई उत्साह…
काठमाडौँ, ५ पुस । प्रमुख प्रतिपक्षी कांग्रेसमा १४ औं महाधिवेशन नजिकिँदै गर्दा आन्तरिक विवाद झन् बल्झिएको छ । एउटै झन्डामुनि दुई वार्ता टोली बनाएर सहमतिको प्रयास भइरहेको छ । तर, एक सातासम्म प्रयास गर्दा पनि वार्ता निष्कर्षविहिन छ । कांग्रेस केन्द्रीय समितिको चारवर्षे अवधि फागुनमा सकिँदै छ । तर, महाधिवेशनको कार्यतालिका ल्याउनुको सट्टा सभापति शेरबहादुर देउवाले बल्ल विभाग गठन र भ्रातृ संगठनको नेतृत्वमा मनोनयन गर्न खोजेको भन्दै पौडेल र सिटौला समूहले केन्द्रीय समिति बैठक नै बहिस्कार गरेका छन् । २६ मंसिरमा बोलाईएको केन्द्रीय समिति बैठक देउवाइतर सदस्य सहभागी नभएपछि सहमतिको प्रयास सुरु भएको थियो । आजको नयाँ पत्रिकामा खबर छ…
काठमाडौँ, ५ पुस । पाथीभरा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका आङछिरिङ शेर्पाको परिवारले स्थापना गरेको पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले धुम्बाराहीमा सरकारी जग्गामा बनाएको भवन कानुनविपरित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भाडामा लिएको छ । सरकारले २०६३ सालमा प्रतिष्ठानलाई भोगाधिकारका लागि सो जग्गा दिएको थियो । प्रतिस्ठानले सो जग्गा बनाएको भवनलगायत संरचना नेकपालाई केन्द्रिय कार्यालय चलाउन दिएको हो । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा २१ मा राजनीतिक दलले सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्ति प्रयोग वा अतिक्रमण गर्नेरगराउने गर्नु हुँदैन भन्ने व्यवस्था छ । तर, सत्तासीन नेकपाले भने ऐनविपरित सरकारी जग्गामा प्रतिष्ठानले बनाएको भवन भाडामा प्रयोग गरिरहेको छ । त्यसैगरी सत्तारुढ नेपाल कम्युनिष्ट…
बिर्तामोड, ५ पुस । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर सेवा केन्द्र अन्र्तगत स्थानीय २३ औं प्रतिनिधि छनौट तथा बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले झापाको कनकाई नगरपालिका वडा नं. ८ स्थित लक्ष्मीनारायण मन्दिरमा शुक्रवार बार्षिक साधारसभा सम्पन्न गरेको हो । संस्थाका कोषाध्यक्ष डम्वरबहादुर देउजाको अध्यक्षतामा भएको कार्यक्रममा लक्ष्मीपुर सेवा केन्द्र सहयोग समिति संयोजक केदार समशेर गिरीले स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा सेवाकेन्द्र तथा संस्थाको बस्तुस्थितिका बारेमा लक्ष्मीपुर सेवा केन्द्रका प्रमुख उमेश भारतीले जानकारी गराएका थिए । कार्यक्रममा संस्थाका उत्कृष्ट ऋणि प्रिति खवास, उत्कृष्ट बचतकर्ता मिनाकुमारी राई र उत्कृष्ट उद्यमी मिरादेवी पुरीलाई नगदसहित…
काठमाडौँ, ४ पुस । प्रतिनिधिसभाको सभामुख पद रिक्त रहेको अवस्थामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठकमा उपसभामुख डा.शिवमाया तुम्बाहाङफेलाई राजीनामा गराएर दुवै पदमा निर्वाचन गराउने प्रस्ताव गरिएको छ । संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा)को पाँचौ अधिवेशन शुरु हनुअघि आज नयाँ बानेश्वरस्थित संसद् भवनमा सम्पन्न नेकपाको संसदीय दलको बैठकमा दलका उपनेता एवं पूर्व सभामुख सुवास नेम्वाङले उपसभामुख तुम्बाहाङफे राजीनामा दिनुपर्ने र संविधानअनुसार सभामुख र उपसभामुखमध्ये फरक–फरक लिङ्ग र दलबाट प्रतिनिधित्व हुनुपर्ने प्रस्ताव गर्नुभएको थियो । आजको पहिलो बैठकमा राष्ट्रपति कार्यालयको पत्र र शोक प्रस्तावबोहक अन्य कार्यसूचीमा प्रवेश नगर्नुले यही पुस ११ गतेका लागि तोकिएको दास्रो बैठकमा सभामुख निर्वाचनको…