
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
अग्लो कद, झ्याप्प तिलचामले दाह्री, जुरो बाँधेको कपाल, गेरुवा पहिरन र खाली खुट्टा – झट्ट हेर्दा साधु जस्तो देखिने ७० वर्षका ज्येष्ठ नागरिक । तीन तले भव्य भवनको दोस्रो तलाको सानो कोठामा एक्लै बस्छन् । घरपरिवार नजिकै ज्यामीरगढीमा छन्, उनी बेला–बेला घरमा पुग्छन् । नत्र एक्लै धुलाबारीको त्यही भव्य भवनमा हुन्छन् । हरेक दिन बिहान ४ बजे उठेदेखि राती १२ बजेसम्म अहोरात्र खट्छन् । अन्न नखाएको ३ दशक बित्यो । फलफूल र कन्दमुल खाएर निरन्तर २०५२ सालदेखि पुस्तकालय अभियानमा जुटेका उनी त्रिफला राष्ट्रिय पुस्तकालयका अभियन्ता हुन् – पे्रमप्रकाश फलाहारी । पाँचथरको ओयाममा पण्डित खडानन्द र तुलसा पोखरेलका कान्छा सुपुत्रका रूपमा २००६ साल जेठ ३१ गते जन्मेका फलाहारीको…
झापा, ४ पुस । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान मञ्चले प्रदेश नम्बर १ लाई ‘लिम्बुवान किरात खम्बुवान’ नामकरण गराउन सशक्त आन्दोलन शुरु गर्ने भएको छ । गत मंसिर २९ र ३० गते सुनसरीको धरानमा सम्पन्न बैठकले प्रदेश १ लाई लिम्बुवान किरात खम्बुवान नामकरण गराउन दबाब दिनका लागि सशक्त आन्दोलन थाल्ने निर्णय गरेको हो । पार्टी केन्द्रीय समितिले गरेको निर्णय सार्वजनिक गर्दै महासचिव अशोक चेम्जोङले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालले सशक्त सडक आन्दोलन अघि बढाउने निर्णय गरेको जानकारी दिएका हुन् । ‘निर्णायक आन्दोलनका लागि पहिचान पक्षधर सबै पार्टी, समुदाय, व्यक्ति, संस्था, नागरिक समाजसँग सहकार्य र गठबन्धन गरिने…
काठमाडौँ, ४ पुस । जबर्जस्ती करणी उद्योग अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा अदालतलाई झुटो बयान दिएका कारण पुर्पक्षका लागि थुनामै बस्नुपर्ने भएको छ । उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंलाई महराले दिएको बयान र पीडित महिलाको कोठामा भेटिएका प्रमाणबीच मेल नखाएकाले उनलाई पुर्पक्षका लागि डिल्लीबजार सदरखोरमा राख्न भएको आदेश सदर गरेको छ। महराले आफूलाई जिल्ला अदालत काठमाडौंबाट पुर्पक्ष थुनामा राख्न भएको आदेशविरुद्ध मंसिर ५ मा उच्च अदालत पाटनमा निवेदन दर्ता गरेका थिए। उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको संयुक्त इजलासले बिहीबार सुरु जिल्ला अदालतको आदेश सदर गर्दै थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो। महराले…
बिर्तामोड, ४ पुस । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड सडकखण्डमा आज बिहान यात्रुवाहक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम घर भई हाल कनकाई नगरपालिका–३ लक्ष्मीपुर बस्दै आएका ५६ वर्षीय होमनाथ ढुङ्गेल रहेका छन् । बिर्तामोडस्थित कृषि थोक बजारमा सेक्युरिटी गार्डको काम गर्दै आएका उनलाई आज बिहान बिर्तामोडस्थित पश्चिम वस स्टयाण्ड नजिकै ना ४ ख ६११६ नम्वरको वसले ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
काठमाडौँ, ४ पुस । सरकारले अन्तरदेशीय सीमाक्षेत्रमा देखिएको समस्या समाधान गर्न एक सय १४ वटा सीमा सुरक्षा पोष्ट (बोर्डर आउट पोष्ट, बीओपी) थप गर्ने निर्णय गरेको छ । सशस्त्र प्रहरी बललाई सरकारले सीमा सुरक्षामा परिचालन गर्ने नीति अख्तियार गरेको छ । नेपाल–भारत सीमाक्षेत्रमा हुने अन्तरदेशीय अपराध नियन्त्रण र सीमा क्षेत्रलाई व्यवस्थित गर्न एक सय १० वटा बोर्डर आउटपोस्ट थप गरेको छ भने चिनियाँ सीमानामा चार पोस्ट बढाइएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।
काठमाडौं, ४ पुस । राजा वीरेन्द्रको निजी निवास श्रीसदन र उनले प्रयोग गरेका सवारीसाधन पनि अवलोकन गर्न पाइने भएको छ । नारायणहिटी सङ्ग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका नवनियुक्त कार्यकारी निर्देशक भेषनारायण दाहालले सो कुरा बताएका हुन् । यसअघि सो सङ्ग्रहालयमा ती सामग्री प्रदर्शनमा राखिएका थिएनन् । पुरातत्व विभाग, राष्ट्रिय सङ्ग्रहालय छाउनी र मोरङ उर्लाबारीस्थित मदन भण्डारी सङ्ग्रहालयको लामो अनुभव सँगालेका कार्यकारी निर्देशक दाहालले उक्त सङ्ग्रहालयको राम्रो व्यवस्थापनसहित राजा वीरेन्द्रका निजी प्रयोजनका सवारीसाधन, कार, हवाइजहाजलगायत निजी निवास श्रीसदन पनि प्रदर्शनीमा राख्ने योजना सुनाए । राजपरिवारको हत्यापछि बन्द अवस्थामा रहेको सो दरबारलाई सङ्ग्रहालयमा परिणत गरी २०६५ सालदेखि सर्वसधारणका लागि…
काठमाडौं, ४ पुस । सरकारी विकास निर्माणमा घरजग्गा परेका नागरिकलाई ७५ प्रतिशतसम्म क्षतिपूर्ति दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाको कार्यालय भवन तथा आवासगृह निर्माणका लागि जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गरिएको जानकारी दिँदै सो कुरा बताएका छन् । मंसिर ३० गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बिहीबार सार्वजनिक गर्दै बाँस्कोटाले भने,‘जलविद्युत् परियोजना र हेटौंडा–ढल्केवर–इनरुवा चार सय केभी प्रसारण लाइन आयोजना तथा रानीजमरा–कुलरिया सिँचाइ आयोजनाको लम्की विस्तार मूल नहरमा परेको पूरै जग्गाको लागि धनिलाई ७५ प्रतिशत र आंशिक जग्गा हुनेलाई ६६ प्रतिशत रकम क्षतिपूर्ति दिइने छ ।’…
काठमाडौं, ४ पुस । संघीय तथा प्रदेश सरकार दुवैले स्वामित्व नलिँदा २६ अर्ब रुपैयाँ बराबरका सडक आयोजना अलपत्र परेका छन् । संघीय सरकारले प्रदेशहरुलाई हस्तान्तरण गरे पनि प्रदेशले ग्रहण नगर्दा ४७७ सडक आयोजना अलपत्र परेका हुन् । ‘बहुवर्षे ठेक्कामा लैजान नसकिएको र प्रदेश सरकारले पनि लिन नमानेकाले ती आयोजना तल न माथिको अवस्थामा पुगेका छन्’ बिहीबार संसद्को अर्थ समिति बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले भने । देश संघीयतामा गएसँगै सरकारले साना तथा मझौला आयोजनाहरु प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नीति लिएको हो । तीमध्ये अधिकांश आयोजना शुरु भइसकेको तर केन्द्र सरकारले निरन्तरता दिन नसक्ने अवस्था रहेको सचिव…
सुरुङ्गा, ४ पुस । झापाको कनकाई नगरपालिकास्थित कनकाई माविमा जारी चौथो कनकाई कप फुटबल प्रतियोगितामा बिर्तामोड भाग्यमानी टिम सावित हुँदै आएको छ । सोमबारको खेलमा शिवसताक्षी फुटबल क्लवलाई २–१ गोलअन्तरले हराउँदै बिर्तामोड नगरपालिका विजयी भएको थिया । जहाँ खेल सकिन केही सेकेन्ड बाँकी रहँदा बिर्तामोड विजयी भएको हो । यता बिहीबारको खेलमा पनि साविक बिजेता झापा गाउँपालिकालाई ट्राइब्रेकरमा पछि पार्दै आफ्नो विजयी यात्रालाई निरन्तता दिएको छ । खेल अवधिभर गोलरहित बराबरीको खेल खेलेको बिर्तामोडले ट्राइब्रेकरमा पनि पछि परेको अवस्थामा सुधार ल्याउँदै जित दर्ता गरेको हो । ट्राई ब्रेकरमा बिर्तामोड ४—२ गोलले बिजयी भएको हो । खेलमा झापाका खेलाडीको प्रहार विफल…
झापा, ३ पुस । कनकाई विर्ता अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनी लि.को ‘प्रगती विवरण एव्म आगामी कार्ययोजना’ सभाका सम्पन्न भएको छ । झापा क्षेत्र नं. ४ का संघीय सांसद् एलपी साँवा लिम्बूको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ठ अतिथि प्रदेश सभा सदस्य झलकसिंह दलार्मी, मनकुमार गौतम, नरेश खरेल, कनकाई नगरप्रमुख राजेन्द्र पोखरेल, शिवसताक्षी नगरप्रमुख चन्द्र शेर्मा, कनकाई उपप्रमुख मञ्जु प्रसाईं, शिवसताक्षी उपप्रमुख भोजकुमारी नेपाल, बिर्तामोड नपा उप्रमुख पवित्रा महतरा, अर्जुनधाराका प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेल लगायत हुनुहुन्थ्यो । संस्थाको प्रगति विवरण र आगामी कार्ययोजना अध्यक्ष मिनाल तिम्सिनाले प्रस्तत गर्नुभएको कार्यक्रमको सञ्चालन प्रबन्ध निर्देशक दीपक चापागाईंले गर्नुभएको थियो भने कार्यक्रम…