
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, ३ पुस । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर सेवा केन्द्रको आयोजनामा निःशुल्क आँखा रोग सम्बन्धि एकदिने शिविर भएको छ । मेची आँखा अस्पताल बिर्तामोड, फाउण्डेशन आईकेयर तथा आईरिस इन्टरनेशनलको संयुक्त प्राविधिक सहयोगमा विहिवार कनकाई नगरपालिका वडा नं. ८ स्थित शिवालय मन्दिरमा शिविर सञ्चालन भएको थियो । शिविरमा २ सय ९४ जनाको आँखा परिक्षण गरेको आँखा शल्यक्रिया सहयोगी रुविना गिरीले जानकारी दिइन् । ती मध्ये २७ जनाको शल्यक्रिया गर्नु पर्ने देखिएको बताउँदै उनले भनिन् ‘उनीहरुको निशुल्क अप्रेशन गरिन्छ ।’ सहारा नेपाल लक्ष्मीपुर सहयोग समितिका संयोजक केदार समशेर गिरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कनकाई नगरपालिका वडा ८ का…
झापा, ३ पुस । सीएफएन कफनले झापाको चन्द्रगढीस्थित विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागतसँगै शक्ति प्रदर्शन गरेको छ । सयौँको संख्यामा रहेका उनीहरुले अर्धभूमिगत शैलीमा ‘गणतन्त्रलाई फाँसी दे, सीएफएन कफन जिन्दावाद, कफन क्रान्ति जारी छ, गणतन्त्रमा दर्ता गरेको पार्टी दर्ता खारेज गर, नेपाली जनता एक होऔँ, विश्वका एक मात्र त्यागी राजा ज्ञानेन्द्र जिन्दावाद’ लगायतका नाराबाजी गरेका थिए । राजाको समर्थन गर्ने यो संगठनले स्वाधीनताको निम्ति राज संस्थाको पक्षमा वकालत गर्दै आएको सीएफएन कफनका पूर्वाञ्चल डिभिजन प्रमुख वृजकिशोर ठाकुरले जानकारी दिए । सीएफएन कफन स्वाधीनताको निम्ति राज संस्थाको पक्ष मुलुकको पाँच विकास क्षेत्रमा देशव्यापी रुपमा रहेको अर्धभूमिगत संगठन हो । ‘राजा सबै…
पाँचथर, ३ पुस । पाँचथरको फिदिम नगरपालिका–७, रानीटारमा सञ्चालन हुने फिदिम नगरकप फुटवल प्रतियोगिताको दोस्रो संस्करण आउँदो पुस १० गतेदेखि हुने भएको छ । स्थानीय बराजु खेलमैदानमा हुने प्रतियोगिता पुुस १० गतेदेखि सुरु भई १५ गते सम्म सञ्चालन हुने आयोजक स्वतन्त्र क्लबले जनाएको छ । प्रतियोगितामा आयोजक स्वतन्त्र क्लव रानीटारसँगै फिदिम स्पोर्टिङ क्लब पाँचथर, भैरवीदल गण पाँचथर, मितेरी क्लब आठराई तेह्रथुम, डिफेन्डिङ च्यान्पियन रेडस्टार क्लब झापा, रेडहर्ष क्लब इलाम, योङ व्वाइज क्लव इलाम र शैनिक युथ क्लब झापाले प्रतिस्पर्धा गर्ने आयोजक संस्थाका अध्यक्ष बलबहादुर गुरुङले जानकारी दिनुभयो । खेललाई पर्यटनसँग जोड्ने हाम्रो अभियान भन्ने नाराका साथ सञ्चालन हुन गइरहेको प्रतियोगिताको…
झापा, ३ पुस । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले देशको शैक्षिक गुणस्तर उकास्न प्रदेश सरकारले जोड दिँदै आएको बताउनुभएको छ । झापाको गौरीगञ्जस्थित गौरीगञ्ज बहुमुखी क्याम्पसको २८औँ वार्षिकोत्सवको उद्घाटन गर्दै मन्त्री कार्कीले देश विकासको पहिलो सूचक शिक्षा भएकाले शिक्षाको विकास गर्न सरकार लागिपरेको जोड दिनुभयो । शैक्षिक गुणस्तरलाई सुधार गर्न सकेमात्र देशले उच्च फड्को मार्ने भएको बताउँदै मन्त्री कार्कीले भन्नुभयो, “शिक्षाको समुचित विकासमा सरकारमात्र होइन, हरेक वर्ग, समुदायको हातेमालो आवश्यक छ ।” सो अवसरमा समाजसेवी श्रवण गिरीले क्याम्पसको छात्रवृत्ति कोषमा जम्मा हुने गरी रु ३३ हजारको चेक क्याम्पस सञ्चालन समितिका अध्यक्ष बाबुराजा श्रेष्ठलाई हस्तान्तरण गरेका…
काठमाडौँ, ३ पुस । सरकारले विद्यालय तह, उच्चशिक्षा र प्राविधिक धारको शिक्षाका लागि तीन अलगअलग सङ्घीय शिक्षा ऐनको मस्यौदामा तयारी गरिरहेको छ । यसअघि ती तीनै वटा तहलाई समेटेर एकीकृत नयाँ ऐन ल्याउने तयारी भएकामा ‘राष्ट्रिय शिक्षा नीति, २०७६’ जारी भएपछि तीन फरकफरक कानूनको आवश्यकता रहेको निचोडमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पुगेको हो । सङ्घीय शिक्षा ऐनहरु जारीपछि विद्यमान शिक्षा ऐन ९२०२८० विस्थापन हुनेछ । नयाँ शिक्षा नीति तर्जुमाका लागि गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले दिएको प्रतिवेदनका आधारमा मन्त्रिपरिषद्को गत कात्तिक १८ मा शिक्षा नीति स्वीकृत भएको थियो । आयोगले गत माघ १ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो…
सुकमेल सामान्यतया विभिन्न प्रकारका भोजनहरुमा मिठो स्वाद बढाउन प्रयोग गरिन्छ । तर, योबाहेक यसका अन्य थुप्रै फाइदाहरु पनि छन् । सुकमेल अधिक खानु पनि हानिकारक हुन्छ तर हरेक दिन दुईदेखि तीन वटासम्म सुकुमेल सेवन गर्नु लागि लाभदायी हुनेछ। भोक नलाग्ने, बान्ता हुने, अपच हुने आदि समस्या छन् भने सुकुमेल खानाले कम हुन्छ । तिर्खा लागिरहन्छ अथवा घाँटी पोल्ने गरिरहन्छ भने सुकुमेल मिसाइएको पानी पिउँदा राम्रो हुन्छ। छातीमा कफ जमेको छ र सास लिन गाह्रो भइरहेको छ भने सुकुमेल खानाले कफ बाहिर निस्कन्छ र शरीरलाई राहत मिल्छ। रुघाखोकी लागेको छ अथवा घाँटी खसखस भइरहने समस्या छ भने सुकुमेललाई पिसेर महसँग खानुपर्छ।…
इलाम, ३ पुस । वरिपरि हरियाली चियाबारी, बीचमा मेची राजमार्ग । मेची राजमार्गकै एक किनारामा नेपालको दाङबाट आएको बस रोकिन्छ । बसको ढोका खुलेसँगै अनिता थारु उत्साहित अनि हौसिएर ‘आहा चियाबारी’ भन्दै बाहिर निस्किएपछि अन्य करिब ३० जनाको सङ्ख्यामा रहेका एक विद्यालयको केही शिक्षकसहितको टोली कन्याममा ओर्लिन्छ । कन्याममा झरेपछि पर्यटक मोबाइल झिक्दै सेल्फी खिच्न व्यस्त हुन्छन् । त्यतिकैमा कन्यामका एक व्यवसायीले ‘जातीय पोशाकमा फोटो खिच्नु हुने हो रु’ भनेर सोधेपछि विद्यार्थीको समूहले मूल्यको विषयमा कुरा गर्छन् अनि एकैछिनमा विभिन्न जातीय पोशाक लगाएर कन्यामका हरियाली डाँडामा निस्कन्छन् । त्यस अघिदेखि नै कन्याममा जातीय पोशाक लगाएर तस्वीर खिच्नेहरु पनि प्रसस्तै हुन्छन्…
भद्रपुर, ३ पुस । मापदण्डविपरीत सञ्चालनमा रहेका झापाका सात वटा एम्बुलेन्सलाई एम्बुलेन्स सेवा सञ्चालन अनुगमन समितिले नियन्त्रणमा लिएको छ । समितिले जिल्लाका विभिन्न स्थानमा बुधबार गरेको अनुगमनका क्रममा ब्लुबुक, बिलबुक, स्टे«चर नभएका, यात्रु बोकेर हिँडेका एम्बुलेन्सलाई नियन्त्रणमा लिएको हो । समितिले तीन वटा एम्बुलेन्सको कागजात नियन्त्रणमा लिएको छ भने एउटामा ‘ह्वील लक’ नै गरेको छ । समितिले विर्तामोडको कन्काई हस्पिटल अगाडि कागजातविना नै यात्रु कुरेर बसेको लक्ष्मी रधन्ता स्मृति सेवाद्वारा सञ्चालित मे१च १०५ नम्बरको एम्बुलेन्सको ह्वील हक गरेको छ । त्यस्तै मे १ च १४७८ नंको कालिका पीठ कालिस्थान, मे१च ७०४ नंको लक्ष्मी रधन्ता स्मृति सेवा, मे१च ८५९ भगवती सेवा…
बिर्तामोड, ३ पुस । झापाको बिर्तामोडस्थित हेवन वाटर पार्कमा फिस फेस्टिवल हुने भएको छ । माछा उत्पादनसँगै पर्यटकीय स्थलको रुपमा विकास गरिँदै लगिएको पार्कको पुस ९ गते औपचारिक उद्घाटनसँगै फिस फेस्टिवलको आयोजना गर्न लागिएको हो । हेवन हेवन वाटर पार्कसँगै चिल्ड्रेन पार्क र रेष्टुरेन्ट समेत सञ्चालनमा रहेको छ । क्रिसमसको अवसर पार्क औपचारिक रुपमा उद्घाटन गर्न लागिएको हेवन वाटर पार्कका प्रवन्ध निर्देशक नेपालरत्न सिवाकोटीले बताए । उनले भने, ‘अब हेवन पार्कमा आन्तरिक तथा बाह्य पर्यटकले बोटिङसहितको सुविधा पाउनेछन् ।’ १६ बिघा क्षेत्रफलमा फैलिएको पार्कमा ठूला र आकर्षक १४ पोखरी छन् । यसबाहेक पछाडि भागमा रमणीय चिल्ड्रेन पार्क स्थापना गरिएको छ…
झापा, २ पुस । झापाको धुलाबारीमा हुने तेस्रो औद्योगिक व्यापार कृषि तथा पर्यटन महोत्सव २०७६ का लागि आउने कलाकारहरु तय भएका छन् । मेची उद्योग वाणिज्य संघको आयोजनामा हुन गईरहेको तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवमा आउने राष्ट्रिय स्तरका कलाकारहरु तय भएका छन् । सांस्कृतिक कार्यक्रम व्यवस्थापन उपसमितिका संयोजक ध्रुव कनालका अनुसार पुस ९ देखि १७ गते सम्मका लागि आउने कलाकारहरु तय गरिएको हो । महोत्सव मनोरञ्जनात्मक बनाउन आउने कलाकारहरुमा एड्रिन प्रधान, प्रमोद खरेल, मेलिना राई, कमल खत्री, कर्मा ब्याण्ड, मनोज गजुरेल, सुगम पोखरेल, आस्था राउत, राजनराज शिवाकोटी, लाहुरे, डिजे लामा, छेवाङ लामा, निकिता थापा, सेन्डि एण्ड फ्युजनिष्ट,…