झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १३ साउन । भद्रपुरमा ग्यासबाट आगलागी हुँदा ७० हजार मुल्य बराबरको क्षति भएको छ । आज बिहान अन्दाजी ६.४० बजेको समयमा भद्रपुर नगरपालिका– ९ स्थितपुहाँतुबारी निवासी तारा चौलागाईको २ तले पक्की घरको पहिलो तलाको किचन कोठामा ग्यासमा आगो बाल्ने क्रममा अचानक आगो लागेको थियो । आगलागीबाट किचन कोठाको भाडा बर्तन लगायत अन्य सामान जल्दा अन्दाजी ७० हजार बराबरको क्षति प्रहरीले जनाएको छ । आगो भद्रपुरको दमकल, स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । किचन कोठा बाहेक अन्य कोठा तथा मानवीय, चौपाया क्षति नभएको प्रहरीले जनाएको छ ।

Read More

झापा, १३ साउन । झापाको कचनकवल गाउँपालिका–७, सीतागढी टोलमा सिँचाइको मोटरमा विद्युतीय तार जोड्ने क्रममा करेन्ट लागेर गए राति एक जनाको मृत्यु भएको छ । करेन्ट लाग्दा ५० वर्षीय अरुण राजवंशीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

Read More

सन् २०२५ को ७ महिनामा नेपालमा धेरै कमाउने शीर्ष ५ भारतीय फिल्मको सूची सार्वजनिक भएको छ । जनवरी १ देखि जुलाई २८ सम्म प्रदर्शन भएका फिल्मको सूचीको शीर्ष स्थानमा ‘सैयारा’ छ । रोचक के छ भने, शीर्ष ५ फिल्ममा दक्षिण भारतीय नभएर बलिउडको वर्चस्व छ । १. सैयारा – ६ करोड ६२ लाख नेरु ग्रस २. हाउसफूल ५ – ४ करोड ९२ लाख नेरु ग्रस ३. सितारे जमीन पर – ३ करोड २२ लाख नेरु ग्रस् ४. सिकन्दर – ३ करोड १५ लाख नेरु ग्रस ५. छावा – २ करोड २० लाख नेरु ग्रस यी मध्ये यशराज ब्यानरको फिल्म ‘सैयारा’…

Read More

एजेन्सी, १३ साउन । अस्ट्रेलियाले वेस्ट इण्डिजविरुद्धको ५ टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । पाँचौ खेलमा आज ३ विकेटको जित निकालेको अस्ट्रेलियाले ५–० ले जितेको छ। १ सय ७१ रनको लक्ष्य अस्ट्रेलियाले १७ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । अस्ट्रेलियाका मिचेल ओविन १७ बलमा ३ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ३७ रन बनाए । क्यामरुन ग्रिन १८ बलमा ५ चौकाको सहयोगमा ३२ रन जोडे । टिम डेबिड १२ बलमा ३०, कप्तान मिचेल मार्श ८ बलमा १४ तथा जोस इङ्ग्लिस ५ बलमा १० रनमा आउट भए । आरोन हार्डी २५ बलमा २ चौका र १ छक्काको…

Read More

काठमाडौँ, १३ साउन । मुलुकभर परेको अविरल वर्षाका कारण देशभरका आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण अवरुद्ध भएका राजमार्गहरूमा सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग, रसुवाको गोसाईंकुण्ड गाउँपालिकास्थित नेपाल चीन नाका जोड्ने पुल, सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकास्थित अरनिको राजमार्ग र लमजुङको मर्स्याङ्दी गाउँपालिकास्थित बेँसीशहर–मनाङ सडक खण्ड छन् । त्यसै गरी गुल्मीको सत्यवती गाउँपालिकास्थित रुद्रवेणी बामी सडक खण्ड, गुल्मीकै चन्द्रकोट गाउँपालिकास्थित रिडी वामी सडक खण्ड, रुकुम पश्चिमको आठबिसकोट नगरपालिकास्थित जाजरकोट डोल्पा भेरी करिडोर सडक खण्ड र बैतडीको पाटन नगरपालिकास्थित दशरथ चन्द राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । यसैगरी,…

Read More

धनुषा, १३ साउन । यहाँस्थित जनकपुरधाम उपमहानगरपालिका–४ मा धारिलो हतियार प्रहार गरी एक बालिकाको हत्या गरिएको छ भने र दुईजना घाइते भएका छन् । कटैयाचौरी भन्ने स्थान नजिक भएको सो घटनामा बटेश्वर गाउँपालिका–५ शान्तिपुरका दिनेश यादवकी १४ वर्षीय छोरी अञ्चली यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । अञ्चलीकी आमा ३६ वर्षीय आशा यादव र आशाकी १५ वर्षीय भतिजी राधा यादव घाइते छन् । उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सूर्यनन्द चौधरीको एकतले पक्की घरमा डेरा गरेर बस्ने धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–९ इच्छापुरका ३५ वर्षीय रामबाबु साहले सोमबार राति ती तीनै जनामाथि खुकुरी प्रहार…

Read More

झापा, १३ साउन । नेपाली सञ्चारको इतिहासमा पहिलो पटक तमू (गुरूङ) भाषामा पत्रिका प्रकाशन भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानले तमू भाषामा ‘तमू कए’ तमू क्युइल ल्हो क्रिर्बे छ्युई अर्थात् तमू आवाज गुरूङ भाषाको एक वर्षको पत्रिका प्रकाशन गरेको प्रज्ञाप्रतिष्ठानका मातृभाषा विभाग प्रमुख एवम् प्राज्ञ सदस्य राजन मुकारूङले जानकारी दिनुभयो । पत्रिकाको रुपमा गुरूङ भाषाले स्थान पाएको यो नै पहिलो घटना भएको उहाँले बताउनुभयो । प्रज्ञाप्रतिष्ठान स्थापना भएको ६७ वर्ष भइसक्दासमेत बल्ल गुरूङ भाषामा पत्रिका प्रकाशन गर्न सफल भएको तमू कएकी कार्यकारी सम्पादक अनिता गुरूङले बताउनुभयो । ‘हामीले पहिलोपटक गुरूङ भाषामा पत्रिका प्रकाशन गर्न सफल भएका छौँ’, उहाँले भन्नुभयो ‘यसलाई औपचारिकरुपमा…

Read More

बिर्तामोड, १३ साउन । झापाको बिर्तामोडमा झापा साइक्लिङ क्लब गठन भएको छ । आज बिर्तामोडमा भएको साइकल राइडरहरुको भेलाले क्लब गठन गरेको हो । क्लबको अध्यक्षमा आकाश श्रेष्ठ चयन भएका छन् । त्यस्तै, समितिको उपाध्यक्षमा प्रज्ज्वल बिमली, सचिवमा हिमाल खरेल, सहसचिवमा पूर्णबहादुर गौली र कोषाध्यक्षमा मलिना शाक्य रहेका छन् । १३ सदस्यीय तदर्थ समितिको सदस्यहरुमा शिरीष रिमाल, संगीता दनुवार, प्रविन शाक्य, नारदप्रसाद रिजाल, कमल खतिवडा, नवराज गणेश, शरद जोशी र निर्मल भट्टराई रहेका छन् । झापामा छ वर्षअघि देखि साइकलसँग सम्बन्धित गतिविधि हुँदै आए पनि विधिवत रुपमा संस्था गठन भएको पहिलो पटक हो । अध्यक्ष श्रेष्ठकै अगुवाईमा सन् २०२० देखि…

Read More

झापा, १३ साउन । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ स्थित एकान्त घरबाट उर्मिला हायुसहित १६ सदस्यीय परिवार सम्पर्कविहीन भएको सूचना प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायले दिनभर र राति अबेरसम्म खोजतलास तीव्र बनाएका थिए। सुरक्षा टोलीले जङ्गल, सम्भावित दुर्घटना स्थल, माइतीमावल, नातागोता र अन्य आफन्तजनसँग सम्पर्क गरी जानकारी संकलन गर्‍यो। परिवारले साउन ६ गते सामाजिक सुरक्षाभत्ता झिकेको र ९ गते नवीकरण गरेको पुष्टि भएपछि उनीहरूको पछिल्लो मोबाइल सम्पर्क साउन ११ गते साँझ ७स्२८ मा नेपाल टेलिकम रामेछाप टावरसँग भएको देखिएको थियो। वर्षात्को मौसम, विदेशबाट छोरा आएको, भत्ता बुझेको र घरमा सुँगुरको मासु भेटिएको आधारमा घुमघाम वा आफन्त भेट्न निस्किएको अनुमान…

Read More

झापा, १३ साउन । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको मूल्य भने घटेको राष्ट्र बैंकले जनाएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९७ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ १३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७३ पैसा थियो। गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ…

Read More