
सन् २०२५ को ७ महिनामा नेपालमा धेरै कमाउने शीर्ष ५ भारतीय फिल्मको सूची सार्वजनिक भएको छ ।
जनवरी १ देखि जुलाई २८ सम्म प्रदर्शन भएका फिल्मको सूचीको शीर्ष स्थानमा ‘सैयारा’ छ । रोचक के छ भने, शीर्ष ५ फिल्ममा दक्षिण भारतीय नभएर बलिउडको वर्चस्व छ ।
१. सैयारा – ६ करोड ६२ लाख नेरु ग्रस
२. हाउसफूल ५ – ४ करोड ९२ लाख नेरु ग्रस
३. सितारे जमीन पर – ३ करोड २२ लाख नेरु ग्रस्
४. सिकन्दर – ३ करोड १५ लाख नेरु ग्रस
५. छावा – २ करोड २० लाख नेरु ग्रस
यी मध्ये यशराज ब्यानरको फिल्म ‘सैयारा’ अहिले प्रदर्शन भैरहेकाले कमाइको आँकडा अझै माथि जान सक्छ । यसको लाइफटाइम कलेक्सन नेपाली बक्स अफिसमा १० करोड ग्रस हाराहारीमा हुनसक्ने अनुमान छ ।
सन् २०२५ को सुरुवाती ७ महिनामा नेपालमा दक्षिण भारतीय फिल्मको दबदबा कमजोर देखिएको छ । ‘सैयारा’ म्युजिकल रोमान्टिक फिल्म हो भने ‘हाउसफूल ५’ कमेडी ।
चलचित्र विकास बोर्डको बक्सअफिसमा शीर्ष ५ सूचीमा भारतीय फिल्म नै रहन सफल भएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


