
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
इलाम, १ मंसिर । इलामको माई नगरपालिकामा आजदेखि अनलाइन प्रणालीमार्फत राजश्व सङ्कलन शुरु गरिँदैछ । नगरपालिकालाई प्रविधिमैत्री बनाउनका लागि पनि अनलाइन प्रणालीमार्फत राजश्व सङ्कलन शुरु गरिएको हो । नगरपालिकाको काम छिटो तथा आधुनिक बनाउन पहल भइरहेका बेला यस प्रविधिले पनि सहयोग मिल्ने नगर प्रमुख दीपक थेवेले बताउनुभयो । यसका लागि आवश्यक इन्टरनेट जडान भइसकेको, कम्प्युटर र दक्ष कर्मचारीसमेत नगरपालिकाले ठिक पारेको उहाँले बताउनुभयो । यसका लागि नगरपालिकाका कर्मचारीलाई दुईदिने तालीम दिइएको, नगरपालिकाका केही कर्मचारी र प्रत्येक वडामा एक÷एक कर्मचारीलाई यससम्बन्धी तालीम दिएर काम गर्न सक्ने बनाइएको उहाँले बताउनुभयो । सदरमुकामभन्दा टाढा रहेका स्थानीय तहमा इन्टरनेटको समस्या पर्ने गर्दछ । तर…
चितवन, १ पुस । भरतपुर महानगरपालिकाभित्रै बन्धक बनाएर एक युवती र एक किशोरीलाई दे हव्यापारमा सङ्लग्न गराएको खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालयले सोमबार यहाँ पत्रकार सम्मेलन आयोजना गरी पक्राउ परेकालाई सार्वजनिकसमेत गरेको छ । फिल्मी शैलीमा होटलमा लुकाएर उनीहरुलाई दे हव्यापारमा लगाएको पाइएको छ । वडा नं २९ मा रहेको होटल खोटाङ हलेसी एण्ड सगरमाथा गेष्टहाउसका सञ्चालकले काठमाडौँबाट हराएका एक युवती र एक किशोरीलाई दे हव्यापारमा लगाएको प्रहरीले जनाएको छ । गत कात्तिक २७ गते काठमाडौँबाट हराएका एक युवती र किशोरीलाई त्यहाँ ल्याएर देहव्यापारमा लगाइएको हो । काठमाडौँमा कोठा भाडा गरी बस्ने २२ वर्षीया युवती र १४ वर्षीया…
पाँचथर, १ पुस । पाँचथरमा छुट्टाछुट्टै स्थानमा दुई मानव कङ्काल फेला परेका छन् । प्रहरीका अनुसार दुवै मावन क ङ्काल पुरुषका भएको पाइएको छ । फेला परेका क ङ्कालमध्ये एउटाको पहिचान खुलेको छ भने एउटाको खुल्न बाँकी छ । प्रहरीका अनुसार जिल्लाको फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडाको खोल्सीमा गत आइतबार स्थानीयवासीले मानव क ङ्काल फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी अनुसन्धानबाट उक्त क ङ्काल फिदिम नगरपालिका वडा नं ८ का ५२ वर्षीय हर्कबहादुर सुनुवारको रहेको पुष्टि भएको छ । सुनुवार गत असार तेस्रो सातादेखि बेपत्ता रहेका परिवारजनले प्रहरीलाई बताएका छन् । यस्तै आइतबार नै फिदिम नगरपालिका वडा नं १४ लुङरुपामा…
खोटाङ, १ पुस । खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजार बस्ने मनिकलाल प्रधानको घरमा बिधुत सर्टभई अचानक आगलागीबाट हुँदा ठुलो धनमालको क्षती भएको छ । आज बिहानको राती साढे १ बजेको समयमा बिधुत सर्ट भई अचानक आगलागी हुँदा मनिकलाल प्रधानको ढुङ्गा माटोले बनेको टिनको छानो भएको ३ तले घर तथा घर भित्र रहेको सम्पुर्ण सामानहरु पुर्ण रुपमा जलेर नष्ट हुँदा ३० लाख बराबरको क्षती भएको छ । साथै सोही घरमा कोठा भाडामा लिएर पुस्तक पसल गर्दै आईरहेका घनश्याम फुयलको पुस्तक पसलमा रहेको स्टेशनरीका सम्पुर्ण सामानहरु जलेर नष्ट हुँदा १५ लाख र सोही घरमा कोठा भाडामा लिई मोबाईल पसल गर्नेसोही गाउँपालिका–६ कात्तिके बस्ने…
झापा, ३० मंसिर । सुनसरीको धरान उपमहानगरपालिका(८ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय धरान र प्रहरी चौकी तिनकुनेबाट खटिएको प्रहरी टोलीले आईतबार राती झापाको मेचीनगर नगरपालिका–४ काँकडभिट्टा बस्ने ३६ वर्षीय राजेश कुमार दाहाल र मेचीनगर नगरपालिका–६ बस्ने २६ वर्षीय पासाङ शेर्पालाई २२ दशमलब ३३ ग्राम लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । ईटहरीबाट धरानतर्फ जाँदै गरेको डब्लुबि ७४ ए एफ ३१४९ नम्बर प्लेटको भारतीय कार चेकजाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारी कार चालक दाहाल र कारमा सवार शेर्पालाई नियन्त्रणमा लिईएको थियो । घटना सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय…
मङ्गलबारे, ३० मङ्सिर । फोटो पत्रकार महासङ्घ इलामकाअध्यक्षमा राजेश पराजुली चयन हुनुभएको छ । इलाम सदरमुकाममा आइतबार भएको पहिलो अधिवेशनबाट अध्यक्षसहित सबै पदाधिकारी सर्वसम्मत चयन गरिएको हो । समितिका उपाध्यक्षमा हरि गुरुङ, सचिवमा गोपाल दाहाल, कोषाध्यक्षमा प्रदीप खड्का र सचिवमा सुनिता राई चयन हुनुभएको छ । त्यस्तै सदस्यमा टीका खतिवडा, सविता पाण्डे, किरण पौडेल, विनय तिमल्सिना, कृष्ण पाठक र प्रज्वल भट्टराई चयन हुनुभएको छ । त्यस्तै महाधिवेशन प्रतिनिधिमा सुदीप श्रेष्ठ र प्रदेश प्रतिनिधिमा नमिन ढकाल चयन हुनुभएको छ । यसअघिको तदर्थ समितिलाई विघटन गर्दै नयाँ समिति गठन गरिएको हो । नयाँ कार्यसमितिलाई जुझारु र सशक्त बनाउने तथा सरकारले घोषणा गरेको…
बिर्तामोड, ३० मंसिर । यातायात व्यवस्था कार्यालयल झापाको राजश्व संकलनमा बृद्धि भएको छ । चालू आर्थिक वर्षको चार महिनाको अवधिमा कार्यालयले रू २१ करोड ९१ लाख ६१ हजार ८४४ राजश्व संकलन गरेको छ । जुन गत आवको तुलनामा रू ५ करोड १८ लाख ३४ हजार २८९ बढी रहेको कार्यालयका निमित्त प्रमुख गोपिचन्द्र बोहोराले जानकारी दिनुभयो । गत आव २०७५÷०७६ को सोही अवधिमा कार्यालयले रू १६ करोड ७३ लाख २७ हजार ५५५ संकलन गरेको थियो । कार्यालयले वार्षिक सवारी कर तथा पटके सवारीबाट रू २२ लाख ६९ हजार ७२, प्रशासनिक दण्ड, जरिमाना र जफतवापत रू १ लाख ८ हजार २६२, यातायात…
काठमाडौँ, ३० मंसिर । पार्टी बैठक नियमित बस्न नसकेकामा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्प कमल दाहाल प्रचण्डले लिखित रूपमै आ त्मा लोच ना गरेका छन् । तीन–तीन महिनामा बस्नुपर्ने स्थायी समिति बैठक एक वर्षपछि आइतबार सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहालले बैठक विधानको व्यवस्थाअनुसार बस्न नसकेकामा आत्मालोचना गर्दै तीनमहिने कार्ययोजनासहित राजनीतिक प्रतिवेदन पेस गरेका छन् । दाहालले अर्का अध्यक्ष प्रधानमन्त्री केपी ओलीसमेतको संयुक्त प्रतिवेदनका रूपमा बैठकमा पेस गरेका हुन् । २०७७ भित्र एकता महाधिवेशन गर्नुपर्ने प्रतिवेदनमा उल्लेख रहेको खबर आजको अन्नपुर्ण पोष्ट दैनिकमा छापिएको छ । एक वर्षसम्म बैठक बस्न नसक्नु स्थायी समितिसम्बन्धी अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको मान्यता…
काठमाडौँ, ३० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र कलाकार दीपक क्षेत्रीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मुलुकले प्रतिभावान् दुई कलाकार गुमाएको जनाउनुभएको छ । प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै भन्नुभएको छ, “गएको दुई दिनमा हामीले दुई प्रतिभावान् गुमायौँ । उहाँहरुको कला सधैँ हाम्रो स्मृतिमा रहनेछ ।” प्रधानमन्त्री ओलीले दिवङ्गत परिवारलाई हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । अध्यक्ष भट्टराईको गएराति र कलाकार क्षेत्रीको दुई दिनअघि निधन भएको थियो ।
झापा, ३० मंसिर । निजी हवाई कम्पनी सीता एयरलाइन्सले झापाको भद्रपुरदेखि ताप्लेजुङसम्म सीधा उडान भर्न सुरु गरेको छ । आजदेखि सो स्थानमा उडान सुरु गरेको कम्पनीले यही हप्तामा भद्रपुर–लुक्कासमेतको उडान भर्ने जनाएको छ । ताप्लेजुङस्थित पाथीभरा देवीको दर्शन र सगरमाथाको प्रवेशद्वारसम्म यात्रा गर्ने यात्रुलाई सजिलो बनाउन उडान सुरु गरेको नागरिक उड्डयन प्राधिकरण चन्द्रगढी विमानस्थलका प्रमुख पूर्ण चुँडालले जानकारी दिनुभयो । उहाँले ती क्षेत्रका उडानले भ्रमण वर्ष सन् २०२०लाई सफल बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार १८ सिट रहेको विमानले ताप्लेजुङ सुकुटारसम्म १४ र लुक्लामा १२ जना मात्र बोक्नेछ । हरेक दिन बिहान ७ बजेबाट भद्रपुरबाट उड्ने विमानलाई लुक्ला विमानस्थल…