झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २८ मंसिर । सरकारले भूमि व्यवस्थापनलाई समयानुकूल परिमार्जित गर्ने गरी एकीकृत भूमि ऐन ल्याउने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले भूमिको सही व्यवस्थापन गर्न बनाइएका करीब पाँच दर्जन ऐन तथा नियमलाई नयाँ ऐनमा व्यवस्थित गर्न गर्न लागेको हो । विगतमा भूमिसम्बन्धी नीति, नियम, कानून छरिएकाले कार्यसम्पादनमा समेत कठिनाइ आएको थिए । भूमि कानूनलाई समेटेर बनाइने नयाँ ऐन वैज्ञानिक हुने अपेक्षा गरिएको छ । एकीकृत भूमि ऐन तयार गर्नका लागि मन्त्रालयले भूमि तर्जुमा समितिसमेत गठन गरी विज्ञ तथा प्रदेश र स्थानीय सरकारको सुझाव सङ्कलन गर्न लागेको प्रवक्ता जनकराज जोशीले राससलाई जानकारी दिनुभयो । जनतासमक्ष गरिएको प्रतिबद्धता…

Read More

झापा, २८ मंसिर । नेपालका नदीहरूमा पानीजहाज चलाउने कार्यलाई मूर्तरूप दिने उद्देश्यसहित सरकारले स्थापना गरेको नेपाल पानीजहाज कार्यालय सुरु भएको एक वर्ष बितेको छ । सरकारले ललितपुरको एकान्तकुनास्थित कार्यालय थालनी गरेसँगै यहाँको नदी र समुद्रमा नेपाली झण्डावाहक पानीजहाज चलाउने पाँच दशक पुरानो धोको पूरा गर्ने आशा राखिए पनि आवश्यक कानुन बन्ने क्रममा रहेकाले केही ढिलो भएको छ । कार्यालय उद्घाटन भएको एक वर्षको अवधिमा कार्यालयमा आवश्यक कर्मचारी र जनशक्तिको व्यवस्थापनले पूर्णता पाएको छैन । कार्यालयले यस अवधिमा नयाँ पानीजहाज सञ्चालन ऐन तथा नियमावलीको मस्यौदा निर्माणको काम भने अगाडि बढाइसकेको छ । २०७५ साल माघ ३ गतेको मन्त्रिपरिषद् बैठकले पानीजहाज कार्यालय…

Read More

विराटनगर, २८ मंसिर । प्रदेश नं. १ सरकारले नेपाल भ्रमण वर्षको प्रभावकारी प्रवद्र्धनका लागि कीर्तिमानी आरोही, खेलाडी तथा कलाकारसहित नौ जनालाई पर्यटन सद्भावनादूत नियुक्त गरेको छ । नेपाल भ्रमण वर्ष २०२० अन्तर्गत एक नम्बर प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिले आज काठमाडौँमा एक कार्यक्रमबीच सर्वोच्च सगरमाथाको २४ पटक आरोहण गरी विश्वकीर्तिमान कायम गरेका आरोही कामिरीता शेर्पा, अल्ट्रा धाविका मीरा राईसहित नौ जनालाई पर्यटन सद्भावना दूत नियुक्त गरेको हो । त्यस्तै आरोही मिङ्मा शेर्पा, सानु शेर्पा, मिङ्मा ग्याबु शेर्पा, छाङ्दावा शेर्पा तथा कलाकार दीपाश्री निरौला, नेपालकै अग्ला राजन अधिकारी र पिङ्कीराज गरियालाई सद्भावना दूत नियुक्त गरेको छ । प्रदेश नं. १ का मुख्यमन्त्री…

Read More

काठमाडौँ, २७ मंसिर । गृहमन्त्री रामबहादुर थापाले जिम्मेवारीबाट विमुख हुने अधिकार प्रहरीलाई नभएको बताउनुभएको छ । काठमाडौँमा आज भएको प्रहरी निरीक्षक आधारभूत तालीमको दीक्षान्त समारोहमा गृहमन्त्री थापाले प्रहरीलाई कर्तव्यपथबाट विचलिन नहुन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “प्रहरीको सानो लापरबाही सिङ्गो सङगठन, सरकार र राष्ट्रका लागि प्रत्युत्पादक हुनसक्छ, राज्यले दिएको जिम्मेवारीबाट विमुख हुने अधिकार तपाइँहरुलाई छैन ।” उहाँले सङ्गठनमाथिको विश्वासलाई थप सुदृढ बनाउन प्रहरीले व्यक्तिगत अफ्ठेरालाई थाँती राखेर कर्तव्यपालन गर्नुको अर्को विकल्प नरहेको बताउनुभयो । गृहमन्त्री थापाले नेपाल प्रहरीको पहिलो प्राथमिकता लोकतान्त्रिक पद्धतिमा आएका सामाजिक असन्तुष्टि, प्रशासनिक अड्चन र राजनीतिक तथा व्यक्तिगत अधिकारका द्वन्द्वका बीचमा आफुलाई संयमित बनाई निष्पक्ष कार्यशैलीका साथ…

Read More

काठमाडौँ, २७ मंसिर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले अरु देशका श्रमिक जस्तै नेपालका श्रमिकले पनि समान पारिश्रमिक (ज्याला) पाउनुपर्ने बताउनुभएको छ । ‘विदेशबाट आउने विप्रेषणको उत्पादनमूलक प्रयोगका लागि अवसर र चुनौती’ विषयक छलफल कार्यक्रमको आज हरिवनमा सम्बोधन गर्दै उहाँले अन्य देशका श्रमिकसरह नेपालका श्रमिकले समान ज्याला पाउनुपर्ने विषयमा आफूले पहल गर्न लागेको जानकारी गराउनुभयो । “अरु देशका श्रमिकले पाउने पारिश्रमिकभन्दा यहाँका श्रमिकले कम श्रम पाउनुहँुदैन, समान पारिश्रमिकका लागि योजना बनाउन लागेको छु,” उहाँले भन्नुभयो । यहाँका युवालाई रोजगारीका लागि युरोप र जापान पठाउन पहल भइरहेको उहाँले बताउनुभयो । वैदेशिक रोजगारीमा जाने व्यक्तिले सीप सिकेर जानुपर्नेमा उहाँको…

Read More

काठमाडौँ, २७ मङ्सिर । संविधानको सर्वोच्चता, विधिको शासन, मानवअधिकार र मौलिक हकको प्रत्याभूतिजस्ता मुख्य विशेषतालाई अँगाल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को विधानबाट ‘जनताको बहुदलीय जनवाद’ ९जबज० लाई हटाइने भएको छ । पार्टी एकतापछि नेकपाको २०७५ जेठ ३ गते सम्पन्न प्रथम केन्द्रीय कमिटीको बैठकबाट पारित ‘अन्तरिम विधान, २०७५’ मा ‘पार्टीको रणनीतिक लक्ष्य अर्थात् अधिकतम कार्यक्रम वैज्ञानिक समाजवाद हो, न्यूनतम कार्यक्रम जनताको जनवाद हो र यो समाजवादोन्मुख छ’ भनिएको छ । साथै ‘जनताको बहुदलीय जनवाद, एक्काइसौँ शताब्दीको जनवाद र माओवादका सम्बन्धमा आगामी महाधिवेशनसम्म विधिसम्मत छलफल गरी निष्कर्षमा पुगिनेछ’ भन्ने उल्लेख भएकामा अब ‘जनताको बहुदलीय जनवाद, एक्काइसौँ शताब्दीको जनवाद र माओवादसम्बन्धी’ हालको…

Read More

अनमोल केसीसँग फिल्म ‘कृ’ मा अभिनय गरेकी अभिनेत्री अदिति बुढाथोकी यतिबेला बैंककमा छिन् । उनी घुमघामका लागि त्यहाँ पुगेकी हुन् । मुम्बईमा रहँदै आएकी यी अभिनेत्रीले ‘कृ’ पछि अन्य फिल्ममा अवसर पाएकी छैनिन् । तर, उनले आफ्नो ग्ल्यामर अवतारका कारण दर्शकको ध्यान भने खिचिरहन्छिन् । पछिल्लो समय अभिनेत्री अदितिलाई भारतीय ¥यापर अलिप मोरानीसँग प्रेममा रहेको पनि चर्चा चल्ने गर्छन् । किनकी अदितिले मोरानीसँगको तस्वीर सामाजिक सञ्जाल इन्स्टाग्राममा अपलोड गरेकी थिइन् । फाटफुट हिन्दी म्युजिक भिडियोमा समेत काम गरेकी अदितिले आफ्नो इन्स्टामा एक तस्वीर अपलोड गरेकी छिन् । तस्वीरमा उनलाई बैजनी रंगको बिकिनीमा देख्न सकिन्छ । उक्त तस्वीर सामाजिक सञ्जाल प्रयोगकर्ताले…

Read More

अक्षय कुमार र कृति सेनन स्टारर फिल्म ‘हाउसफूल ४’ ले बक्स अफिसमा उत्साहजनक व्यापार गरिरहेको छ । फरहाद सामजीको निर्देशनमा बनेको फिल्मले हालै रिलिज भएको आयुष्मान खुरानाको फिल्म ‘बाला’ लाई पनि टक्कर दिएको छ । यो फिल्मले पहिलो हप्ता १३५ करोड ८६ लाख कमाइ गरेको थियो भने दोस्रो हप्ता ४८ करोड ७५ लाख कमाएको थियो । फिल्मले अहिलेसम्म १ सय ८९ करोड ३६ लाख भारु कमाइ गरेको भारतीय मिडियाले जनाएका छन् । अक्षय कुमारको यो कमेडी फिल्मले खराब समीक्षा पाए पनि व्यापार भने गज्जबको गरेको छ । हाउसफूल सिरिजमध्ये यो सिरिज कमाइका हिसाबले अगाडि छ । ‘हाउसफूल ४’ मा अक्षय…

Read More

काठमाडौँ, २७ मंसिर । पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभर पूर्ण बदली भई उच्च पहाडी र हिमाली भू–भागमा हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । महाशाखका अनुसार हुम्ला, डोल्पा, मुगुलगायतको उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातसँगै जनजीवन प्रभावित भएको छ । बुधबार साँझ नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर चिसो बढेको छ । जल तथा मौसम विज्ञान विभागले पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा भारी हिमपातको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । यसका साथै आज काठमाडौँ उपत्यकासहित देशको पश्चिमी पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । देशको…

Read More

बनियानी, २७ मंसिर । झापाको विभिन्न स्थानबाट लागुऔषध ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । झापाको मेचीनगर नगरपालिका र कमल गाउँपालिकाबाट प्रहरीले ब्राउन सुगरसहित एक÷एक जनालाई पक्राउ गरेको हो । बिहीबार बेलुका साँढे ६ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ का २२ वर्षीय किशोर गुरुङलाई सतिघट्टा चोकबाट एक ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । त्यसैगरी, प्रहरी चौकी केरखाबाट खटिएको प्रहरी टोलीले इलामको चुलाचुली घर भई हाल झापाको कमल गाउँपालिका–५ मा डेरा गरी बस्दै आएका २६ वर्षीय दिपेश तामाङको कोठाबाट ९ दशमलव २०…

Read More