add
मनोरञ्जन मोडल

पर्पल ‘बिकिनी’मा अदितिको सुन्दरता

अनमोल केसीसँग फिल्म ‘कृ’ मा अभिनय गरेकी अभिनेत्री अदिति बुढाथोकी यतिबेला बैंककमा छिन् । उनी घुमघामका लागि त्यहाँ पुगेकी हुन् । मुम्बईमा रहँदै आएकी यी अभिनेत्रीले ‘कृ’ पछि अन्य फिल्ममा अवसर पाएकी छैनिन् । तर, उनले आफ्नो ग्ल्यामर अवतारका कारण दर्शकको ध्यान भने खिचिरहन्छिन् ।

पछिल्लो समय अभिनेत्री अदितिलाई भारतीय ¥यापर अलिप मोरानीसँग प्रेममा रहेको पनि चर्चा चल्ने गर्छन् । किनकी अदितिले मोरानीसँगको तस्वीर सामाजिक सञ्जाल इन्स्टाग्राममा अपलोड गरेकी थिइन् । फाटफुट हिन्दी म्युजिक भिडियोमा समेत काम गरेकी अदितिले आफ्नो इन्स्टामा एक तस्वीर अपलोड गरेकी छिन् । तस्वीरमा उनलाई बैजनी रंगको बिकिनीमा देख्न सकिन्छ ।

उक्त तस्वीर सामाजिक सञ्जाल प्रयोगकर्ताले मन परेको प्रतिक्रिया दिएका छन् । एक प्रयोगकर्ताले हिन्दीमा लेखेका छन्, ‘हट छौ तिमी ।’ एक प्रयोगकर्ताले लेखेका छन्, ‘तपाईंको सुन्दरताका लागि कुनै शब्द नै छैनन्, तपाईं साँच्चिकै अप्सरा हो ।’

Facebook Comments