
झापा, २५ चैत । झापाको अर्जुनधारा नगरपालिकाले आज बजार अनुगमन गरेको छ ।
नगरपालिकाकी उपप्रमुख एवं बजार अनुगमन संयोजक खड्गमाया पराजुलीको नेतृत्वमा आज बजार अनुगमन गरिएको हो । बजार अनुगमनका क्रममा अखाद्य वस्तु, म्याद गुज्रिएका खाद्य वस्तु, लेबल बिनाका खाद्य सामग्री बरामद गरिएको छ ।
बजारलाई व्यवस्थित गर्न बजार अनुगमन निरन्तर गरिँदै आएको उपप्रमुख पराजुलीले बताउनुभयो ।
बजार अनुगमनमा लेबलबिनाका र अखाद्य वस्तु फेला परेकाले नियमअनुसार जफत गरिएको उहाँले बताउनुभयो । जफत गरिएका वस्तु आवश्यक प्रक्रिया पूरा गरी नष्ट गरिने उहाँले बताउनुभयो ।
उपभोक्ताको माग र चाहना अनुसार बजार अनुगमनलाई तीव्रता दिइने जनाइएको छ ।
बजार अनुगमन टोलीमा सुभाष चन्द्र वस्ती, गौरीमाया चिमरिया, नुमराज केसी, कृष्ण लोहार, प्रहलाद राम ढुङ्गाना, पत्रकार प्रेम आचार्य, नन्दलाल खतिवडा, चुडामनी निरौला, अइन्द्र कुमार तामाङ लगायतको सहभागिता रहेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


