
झापा, २५ चैत । लागुऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ स्थित संगिता ठ्याक क्षेत्रमा पैदल हिँडिरहेका एक युवकलाई शंका गरी तलासी गर्दा लागुऔषध बरामद गरेको छ।
प्रहरीका अनुसार कमल गाउँपालिका–६ बस्ने २४ वर्षीय नवराज भट्टराईको शरीर तलासी गर्दा प्लास्टिकमा राखिएको खैरो हेरोइन जस्तो देखिने लिसाईलो पदार्थ ६ ग्राम ७५० मिलिग्राम फेला परेको हो।
बरामद गरिएको लागुऔषधसहित उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको प्रहरीले जनाएको छ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


