
झापा, २५ चैत । झापाको अर्जुनधाराको सिरक गोदाममा भीषण आगलागी भएको छ ।
आगलागीबाट करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अर्जुनधारा-११ का नुर मोहम्मदले सञ्चालन गरेको सिरक गोदाममा आज दिउँसो करिब १२ बजे आगलागी भएको थियो ।
आग लागे दिउँसो करिब २:२५ मा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागि इलाका प्रहरी कार्यालय अनारमनी बाटो खटिएको प्रहरी टोली चारआलीस्थित नेपाली सेना टोली, सशस्त्र प्रहरी बल नेपाल बेश क्याम्पबाट खटिएको टोलि, बिर्तामोड नगरपालिका, मेचीनगर नगरपालिका भद्रपुर नगरपालिका, दमक नगरपालिका, शिवसताक्षी नगरपालिका, कमल गाउँपालिकाको दमकल र स्थानीयबासी सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको थियो ।
आगलागीबाट सिरक गोदमको टिनको बेरा र छानो भएको घर, घर भित्र रहेको रुवा बनाउने मेसिन र रुवा पुर्ण रुपमा जलेर नष्ट हुँदा करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको हो ।
उक्त गोदाम निज नुर मोहमदको श्रीमती रौतहट घर भई बिर्तामोड-५ स्थित डेरा गरी बस्दै आएकी ५६ वर्षीया सलमा खातुनको नाममा रही जग्गा भाडामा लिई बिर्तामोड कपास प्रसोधन उद्योग सञ्चालन हुँदै आएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


