झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, २६ मंसिर । न्यू भिजन बचत तथा ऋण सहकारी बिर्तामोड–५ को छैटौ वार्षिक साधारसभा तथा अधिवेशनले रोशन सुवेदीलाई अध्यक्षमा चयन गरेको छ । बिहीबार बिर्तामोडमा भएको सभाले उपाध्यक्षमा नविनकुमार शिवाकोटी सचिवमा दीपक वास्तोला, सहसचिवमा युवराज ओली र कोषाध्यक्षमा सार्दुल ओलीलाई सर्वसम्मत चयन गरेको हो । त्यसैगरी सदस्यमा वविता राई, सुष्मा भट्ट, हेमकला निरौला र मित्रप्रकाश दुलालले चयन गरेको समितिका कोषाध्यक्ष शार्दुल ओलीले जानकारी दिए । संस्थाका अध्यक्ष प्रकाश घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकाल प्रमुख अतिथि रहेका थिए । शेयरपुँजी एक करोड २७ लाख रहेको संस्थामा एकहजार ७ सय १३ जना शेयर…

Read More

गुवाहाटी, २६ मंसिर । नागरिकता संशोधन विधेयकलाई लिएर भारतको पूर्वोत्तर राज्य असममा हिंशात्मक घटना बढ्दै गैरहेका छन् । बीबीसीकाअनुसार आसामका कैयौं इलाकामा प्रहरी र प्रदर्शनकारीबीच झ डपको अवस्था समेत उत्पन्न भएको छ । डिब्रुगढमा क र्फ्यूको परवाह नगरी सडकमा निस्केका प्रदर्शनकारीमाथि प्रहरीले फा यरि ङ्ग गरेको छ । डिब्रुगढका प्रहरी अधीक्षक गौतम बोराले क र्फ्यू तो डेर प्रहरीमाथि आ क्रम ण भएका कारणले फा यरि ङ गर्नुपरेको जनाएका छन् । प्रदर्शनकारी निकै उग्ररुपमा प्रस्तुत भएकोले त्यसो गर्नुपरेको उनको तर्क छ । स्थानीय पत्रकार अलख निरन्जन सहायका अनुसार फा यरि ङमा केही मानिस गो ली लागेर घाइ ते भएका छन् ।…

Read More

एजेन्सी । एउटै साइकलको मुल्य ४ करोड पर्छ भन्ने सुन्दा तपाईंलाई हावादारी गफ जस्तो लाग्न सक्छ । तर यो वास्तविक हो । अमेरिकी नागरिक सिल्वेस्टर रोपरले सन् १८९६ मा बनाएको साइकल लिलामीमा राखिएको छ, जसको लिलामी मूल्य ४ करोड राखिएको छ । वाफबाट चल्ने यो साइकलको दुइ पांग्रा बीचमा फायरबक्स र पानी उमाल्ने भाँडो छ । फायरबक्समा कोइला राखेर आगो बाली पानी तताएपछि निस्केको बाफबाट इन्जिन चलाउने प्रविधि यो साइकलमा छ । मोटरसाइकलमा जस्तै ह्यान्डलग्रिप घुमाएर गतिलाई बढाउन र घटाउन सकिने यो साइकलको अधिकतम गति ४० माइल प्रतिघण्टा रहेको बताइएको छ । यसको मुल्य ४ करोड भन्दा बढी पर्ने बताइएको…

Read More

इटहरी, २६ मङ्सिर । इटहरी उपमहानगरपालिकाले बाख्रा पालक कृषकलाई लक्षित गरेर १४ वोयर जातका उन्नत बोका वितरण गरेको छ । नगरप्रमुख द्धारिकालाल चौधरीले नेपालमै उन्नत मानिने वोयर जातका बोका वितरण गर्नुभएको हो । करीव रु १० लाखको लागतमा चितवनबाट ल्याएर बोका वितरण गरिएको छ भने प्रति बोका रु ५० हजार उपमहानगरको अनुदान तथा थप रकम कृषकको लगानी रहेको उपमहानगरपालिकाका पशुपक्षी विकास शाखा प्रमुख दुर्गाबहादुर श्रेष्ठले बताउनुभयो । नगरप्रमुख चौधरीले इटहरीलाई कृषिमा आत्मनिर्भर बनाउने सोच अनुरुप मासुमा आत्मनिर्भर बनाउन उन्नत जातका बोका वितरण गरिएको बताउनुभयो । उहाँले कृषि क्षेत्रको व्यवसायीकरण र आधुनिकीकरणका लागि नगरपालिका लागि परेको बताउनुभयो । वडा नं १७…

Read More

काठमाडौँ, २६ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक साङ्गठनिक र अन्य समसामयिक विषयमा आवश्यक छलफल गर्न आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ः०० बजे बस्ने बैठकमा यही मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनको समीक्षा, आगामी पुस ७ देखि १६ गतेसम्म हुने पार्टीको तेस्रो चरणको राष्ट्रिय जागरण अभियानको तयारीलगायतका विषयमा छलफल हुने बताइएको छ । बैठकमा यसबाहेक केन्द्रीय विभाग गठन, पार्टीका अन्तरिम संरचना गठन, केन्द्रीय समितिको समयावधि समाप्त भएका भ्रातृ र शुभेच्छुक संस्थालगायत विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । काँग्रेसको विधानको दफा ३७ मा केन्द्रीय विभाग गठनसम्बन्धी व्यवस्था छ । विधानमा २८…

Read More

एजेन्सी, २६ मङ्सिर । विश्वमा एउटा यस्तो शहर छ जहाँ वर्षमा ४० दिन सूर्योदय नै हुँदैन । रुसको मुर्मान्स्क शहरमा वर्षको ४० दिनसम्म सूर्योदय नहुने बताइएको छ । त्यहाँ २ डिसेम्बरबाट १० जनवरीसम्म त्यहाँका बान्दिाहरुले सूर्योदय नै देख्न पाउँदैनन् । ३ लाख बढी जनसंख्या रहेको उक्त शहरका मानिसहरुले ४० दिनसम्म सूर्यको दर्शन गर्न नपाउँदा अन्धकारमै बिताउनु पर्ने हुन्छ । खासमा मुर्मान्स्क शहर सुमेरु वृत्त अर्थात् आर्कटिक सर्कलभित्र पर्छ । आर्कटिक सर्कल पृथ्वीको उत्तरी गोलार्धमा रहेको ६६ डिग्री ३३ मिनेट उत्तरी अक्षांश रेखामा पर्छ । पृथ्वी २३।५ डिग्री ढल्केको छ । अर्कोतर्फ सुमेरु वृत्त उत्तरी ध्रुवनजिक पर्छ । पृथ्वीले सूर्यलाई घुम्ने…

Read More

विराटनगर, २६ मङ्सिर । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले उधौली पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभएको हो । उहाँले आज जारी गर्नुभएको शुभकामना सन्देशमा किरात समुदायको महान पर्व उधौलीजस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्नुभएको छ । यस प्रकारका मौलिक सांस्कृतिक चाडपर्वले सामाजिक एवं पारिवारिक जमघट गराउने र समुदायबीचमा आपसी सद्भाव सुमधुर बनाउन सहयोग गरेको उहाँले भन्नुभयो । मुख्यमन्त्री राईको सन्देशमा भनिएको छ, “धार्मिक…

Read More

झापा, २६ मंसिर । देशका १ सय ६० भन्दा बढी स्थानीय तहमा प्रशासकीय अधिकृत पद रिक्त रहेको छ । प्रशासकीय अधिकृत रिक्त हुँदा ती स्थानीय तह निमित्त प्रशासकीय अधिकृतको भरमा चलिरहेका छन् । बहालवाला तथा यसअघि प्रशासकीय अधिकृत भई काम गरेका अधिकृत भने जनप्रतिनिधिका अनुचित दबाब झेल्नुपर्ने तथा बजेट र योजनालगायतका नीतिगत निर्णयमा जनप्रतिनिधिले अनावश्यक भूमिका खोज्ने गर्दा काम गर्ने वातावरण नभएको बताउँछन् । जनप्रतिनिधिले भने झन्झटिलो प्रक्रिया देखाएर कर्मचारीले काम नगर्ने र जनप्रतिनिधिको भावनाअनुसार चल्न नसकेको बताउने गरेका छन् । सरकारले खटाउँदासमेत कतिपय कर्मचारी स्थानीय तहमा जान नचाहने गर्दा समस्या उत्पन्न भइरहेको बताइन्छ । त्यस्तै, गएका समेत छोटो समयमा…

Read More

सुरुङ्गा, २६ मंसिर । आगामी मंसिर २८ गते (शनिबार) देखि कनकाई मावि सुरुङ्गाको खेल मैदानमा चौथो पालिका स्तरीय कनकाई नगरकप फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक कनकाई खेलकुद प्रतिष्ठानले आज सुरुङ्गास्थित एसपि क्याफेमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको तयारी पूरा गरिसकेको जानकारी गराइएको छ । प्रतिष्ठानका अध्यक्ष दुर्गा प्रसाईले अघिल्ला संकरणभन्दा यस बर्ष पुरस्कारको राशीमा समेत बृद्धि गरिएको जानकारी दिनुभयो । प्रथम पुरस्कार १ लाख ११ हजार १ सय ११ र दोस्रो पुरस्कार ५५ हजार ५ सय ५५ रुपैँया पाउने छन । प्रथम पुरस्कार कनकाई नगरपालिका र दोस्रो पुरस्कार अघिल्लो संकरणको बिजेता झापा गाउँपालिकाले प्रायोजन गर्नेछन । प्रतियोगितामा हरेक…

Read More

बिर्तामोड, २६ मंसिर । झापाको बिर्तामोड–२ स्थित वेलडाँगीमा बुधवार बिर्तामोड नगरपालिका तथा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । वि एण्ड सी अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा सम्पन्न स्वास्थ्य शिविरमा एकसय ४७ जनालाई सेवा प्रदान गरेको सहारा नेपाल साकोस चारपाने सेवा केन्द्रका प्रमुख जगत कार्कीले जानकारी दिए । शिविरमा टाउको, घाटी र कम्भरको नसा तथा न्यूरो सम्बन्धी परिक्षण तथा निःशुल्क औषधि वितरण गरिएको प्रमुख कार्कीले बताए । परिक्षणमा ४६ जनालाई न्यूरो सम्बन्धि गम्भिर समस्या देखिएको बताउदै कार्कीले उनीहरुलाई पुस १८ र १९ गते अन्नपूर्ण अस्पताल काठमाडौंका वरिष्ठ न्यूरो सर्जन डा. बसन्त पन्तबाट…

Read More