
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २ पुस । धान काट्ने वेलामा फड्के किराको प्रकोपले धेरै किसानले लगाएको धान सखाप पा¥यो । झापाका विभिन्न ठाउँमा फड्के किराको प्रकोप देखिएको थियो । जसले करोडौँ मुल्यको धान खेती नष्ट ग¥यो । वर्ष भरी खाने धान नष्ट भएपछि दर्जनौ किसान यतिवेला चिन्तामा छन् । उनीहरुलाई खाद्यान्न अभाव हुनेछ यस वर्ष । राज्यले फड्के किराले पु¥याएको क्षतिको विवरण संकलन गरेको छ । कहीँ क्षतिको विवरण आइसक्यो भने कहीँ आउने क्रममा छ । क्षतिको विवरण संकलन गर्न ठूलो रकम खर्च गरेको राज्यले क्षतिपूर्ति दिने हो या होइन भन्ने कुरामा किसानहरु अन्योल छन् । झापाको बुद्धशान्तिमा मात्रै १ करोड ३२ लाख…
झापा, २ पुस । झापाको बाह्रदशी गाउँपालिका–१ स्थित भागुडुब्बामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना भएको छ । रू १ करोड ६१ लाख ७९ हजार रुपैयाँ लागतमा भवन निर्माण भएसँगै पोस्ट स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल २ नं. गण हेडक्वार्टर झापाका प्रहरी उपरीक्षक रेशमकुमार थक्सुले जानकारी दिनुभयो । उक्त पोस्टमा प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको टुकडी रहनेछ । भारतीय सीमा क्षेत्रमा हुने सीमा अतिक्रमण, अवैध निकासी–पैठारी, लागुऔषध ओसार–पसार, आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले भारतको दिगलबैंकसँगको सीमामा बीओपी स्थापना गरिएको हो । बीओपी स्थापना गरिएको स्थानबाट करिब पाँच किलोमिटरको दूरीमा भारतसँगको सीमा रहेको छ । स्थानीय सुशीलादेवी राजवंशीले उपलब्ध…
काठमाडौँ, १ पुस । अङ्ग्रेजी भाषाका माध्यमबाट नेपाललाई अन्तरराष्ट्रिय क्षेत्रमा जोड्दै आएको ‘द राइजिङ नेपाल’ आजदेखि ५५ वर्षमा प्रवेश गरेको छ । विसं २०२२ पुस १ गतेदेखि अङ्ग्रेजी भाषाको अखबारका रुपमा यसको प्रकाशन शुरु भएको थियो । गोरखापत्र संस्थानद्वारा प्रकाशित सो अखबारको संस्थापक सम्पादकका रुपमा वरुणशम्शेर राणा हुनुहुन्थ्यो । ‘द राइजिङ नेपाल’ ५४ वर्ष पूरा गरेका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पूर्वाग्राही पत्रकारिताबाट आमनागरिक प्रभावित भइरहेकामा चिन्ता व्यक्त गर्दै मूलधारका सञ्चारमाध्यमले सत्यतथ्य समाचार सामग्री सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले केही सञ्चारमाध्ययम यो वा त्यो बहानामा सरकारलाई मिथ्या आरोप लगाएर जनतामा भ्रम सिर्जना गर्न…
काठमाडौं, १ पुस । पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई मृत्युदण्डको सजाय सुनाइएको छ । पाकिस्तानको इतिहासमै पहिलोपटक तीन सदस्यीय न्यायाधीशको इजलासले पूर्वराष्ट्रपतिलाई मृत्युदण्डको सजाय सुनाएको हो । उहाँलाई सन् २००७ नोभेम्बर ३ मा सङ्कटकाल घोषणा गरेकोमा देशद्रोहको मुद्दा लगाइएको हो । सन् १९९९ मा रक्तहिन सत्तापलट गरेर तत्कालीन सेनाप्रमुख परवेज मुशर्रफले नवाज शरिफबाट सत्ता आफ्नो हातमा लिनु भएको थियो । पेशावरको उच्च अदालतका मुख्य न्यायाधिश वाकार अहमद सेठ, सिन्ध उच्च अदालतका न्यायधिश नजार अक्बर र लाहोर उच्च अदालतका न्यायाधिश सहिद करिमको संयुक्त इजलासले मुशर्रफलाई मृत्युदण्डको फैसला सुनाएको हो । विषेश अदालतले अघिल्लो महिना नै डिसेम्बर १७ मा अन्तिम फैसला गर्ने तय…
काठमाडौं, १ पुस । बलात्कारको आरोप लागेपछि सैनिक अवासीय महाविद्यालय सल्लाघारी भक्तपुरका प्रिन्सिपल सुरेन्द्र पनेरुलाई जिम्मेवारी मुक्त गरिएको छ । आफ्नै बिद्यालयका एक छात्रामाथि यौन दुर्व्यवहारको आरोप लागेपछि पनेरुलाई जिम्मेवारीबाट हटाइएको हो । उनलाई एक साताअघि नै बर्खास्त गरिएको भए पनि नेपाली सेनाले उक्त कुरालाई गोप्य राखेको थियो । सैनिक स्रोतका अनुसार १३ मंसिरमा विद्यालयको मुखपत्र ‘सल्लाघारी’ का लागि फोटो खिच्ने क्रममा पनेरुले एक छात्रामाथि दुर्व्यवहार गरेको आरोप लागेको छ । विद्यालय व्यवस्थापन समितिले समेत घटनाबारे छानबिनको माग गरेको छ ।
काठमाडौँ, १ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले कृषिको औद्योगिकीकरणमा जोड दिएमा छिट्टै समृद्धि हासिल हुने बताउनुभएको छ । अखिल नेपाल किसान महासङ्घले आज आयोजना गरेको ‘कृषि विकास, खाद्य सम्प्रभुता र जलवायु न्यायसम्बन्धी बहुपक्षीय अन्तरक्रिया’ मा महासङ्घका इञ्चार्ज गौतमले ३१ लाख हेक्टर खेतीयोग्य जमीन अहिले तीन करोडमा टुक्र्रा हुँदै गरेकामा चिन्ता व्यक्त गर्दै सम्पूर्ण कृषिभूमि चक्लाबन्दी हुनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा महासङ्घका सहइञ्चार्ज तथा पूर्वमन्त्री सुनिलकुमार मानन्धरले ९० प्रतिशत साना किसानलाई उत्पादनमा प्रोत्साहन गराएर अघि बढाउन जरुरी भएको बताउनुभयो । नेकपाका केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य बलरामप्रसाद बाँस्कोटाले नेपालमा बढी कार्बन उत्सर्जन भएर जलवायु परिवर्तन…
बेइजिङ, १ पुस । चीनको दक्षिणपश्चिमी भागमा रहेको कुइचोउ प्रान्तअन्तर्गत पर्ने अन्लोङको कुअङलोङ क्षेत्रमा रहेको एउटा कोइला खानीमा मङ्गलबार भएको वि स्फोटनमा परी १४ जनाको मृत्यु भएको छ । खानीमा रहेको ग्यास वि स्फोटनपछि उक्त घटना भएको जनाइएको छ । अन्य दुई जना अझै खानी भित्रै च्यापिएको अधिकारीहरुले जनाएका छन् । मङ्गलबार बिहानको समयमा भएको यस वि स्फोटमा च्यापिएका ती दुई व्यक्तिको खोजी भइरहेको स्थानीय अधिकारीहरुको जनाएका छन् । घटनास्थलबाट अरु सात जनालाई भने जिवितै उद्धार गरिएको छ । चीनको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने सिचुआन प्रान्तमा रहेको अर्को एउटा खानीमा बाढीका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको र तेह्र जना खानी…
काठमाडौं, १ पुष । माध्यमिक शिक्षा परीक्षा (एसईई) तालिका सार्वजानिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसइईको नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको परीक्षा तालिका सार्वजनिक गर्दै आगामी चैत ६ देखि १७ गतेसम्म परीक्षा सञ्चालन हुने जनाएको छ । बोर्डका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी, ७ गते अनिवार्य नेपाली, ९ गते अनिवार्य गणित, १० गते विज्ञान र ११ गते अनिवार्य सामाजिक अध्ययनको परीक्षा हुनेछ । त्यस्तै, चैत १२ गते अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, १३ गते ऐच्छिक गािणत र परीक्षाको अन्तिम दिन १७ गते विभिन्न प्राविधिक विषयको परीक्षा तोकिएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने भएको छ ।
कनकाई, १ पुस । झापाको कनकाई नगरपालिकामा जारी चौथो कनकाई कप फुटबल प्रतियोगिता अन्तरगत आजको खेलमा हल्दिबारी र कमल गाउँपालिका भिड्ने भएका छन् । सोमबारको खेलमा शिवसताक्षी फुटबल क्लबलाई २—१ गोलअन्तरले हराउँदै बिर्तामोड नगरपालिका विजयी भएको छ । बिर्तामोडका तर्फबाट खेलको दोस्रो हाफमा सानुका लिम्बु र सनम राईले गोल गर्नुभयो । शिवसताक्षीका तर्फबाट एक गोल मनिस योङहाङले गर्नुभयो । प्रतियोगिताको तीनै गोल दोस्रो हाफमा भएको हो । खेलमा अग्रता भने शिवसताक्षीले बनाएको हो । खेल सकिन केहि सेकेण्ड बाकी रहदा थपिएको समयमा बिर्तामोडले पाएको फाउल प्रहार शिवसताक्षीको गोलपोष्टमा प्रवेश गरेपछि बिर्तामोड बिजयी भएको हो । अन्तिम समयमा गोल लगाउने बिर्तामोडका…
इलाम, १ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) इलामका विभिन्न नगर तथा गाउँपालिकाका इञ्चार्ज र सहइञ्चार्ज चयन गरिएको छ । नेकपा इलामको सचिवालय बैठकको निर्णयबाट सर्वसम्मतबाट इञ्चार्ज र सहइञ्चार्ज चयन गरिएको हो । नेकपाको इलाम नगरपालिकाका इञ्चार्जमा भक्त केसी र सहइञ्चार्जमा कृष्ण श्रेष्ठ र जीवन शर्मा ढुङ्गाना, सूर्योदय नगरपालिकाका इन्चार्जमा तेजबहादुर राई, सहइन्चार्ज आरबी राई र नरेश तामाङ चयन हुनुभएको छ । यस्तै, देउमाई नगरपालिकाका इञ्चार्जमा शान्ता बस्नेत, सहइन्चार्ज सूर्य पोखरेल र गोविन्द न्यौपाने, माई नगरपालिकाका इञ्चार्जमा महेश बस्नेत, सहइन्चार्जमा बुद्धि खनाल र दीपक सिन्चुरी रहनुभएको नेकपाले जनाएको छ । यसैगरी गाउँपालिकामध्ये चुलाचुली गाउँपालिकाका इन्चार्जमा ओमनारायण खनाल, सहइन्चार्ज विन्दु विश्वकर्मा…