add
कृषि विशेष स्थानीय खबर

झापामा फड्के कीराको प्रकोपः किसानले पाउलान् क्षतिपूर्ति ?

झापा, २ पुस । धान काट्ने वेलामा फड्के किराको प्रकोपले धेरै किसानले लगाएको धान सखाप पा¥यो ।

झापाका विभिन्न ठाउँमा फड्के किराको प्रकोप देखिएको थियो । जसले करोडौँ मुल्यको धान खेती नष्ट ग¥यो । वर्ष भरी खाने धान नष्ट भएपछि दर्जनौ किसान यतिवेला चिन्तामा
छन् । उनीहरुलाई खाद्यान्न अभाव हुनेछ यस वर्ष । राज्यले फड्के किराले पु¥याएको क्षतिको विवरण संकलन गरेको छ । कहीँ क्षतिको विवरण आइसक्यो भने कहीँ आउने क्रममा छ । क्षतिको विवरण संकलन गर्न ठूलो रकम खर्च गरेको राज्यले क्षतिपूर्ति दिने हो या होइन भन्ने कुरामा किसानहरु अन्योल छन् ।

झापाको बुद्धशान्तिमा मात्रै १ करोड ३२ लाख ६१ हजार ५ सय ४५ रुपैंयाको क्षति भएको छ । अरु स्थानीय तहमा पनि अवस्था यस्तै छ, धेरै किसानको ठूलो क्षति भएको छ । धेरै स्थानीय तहले आर्थिक वर्ष २०७६ मा कृषिलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेका छन् । फड्के
किराको क्षति संकलनमा पनि खर्च भएको छ तर क्षति भएका किसानले क्षतिपूर्ति पाउने हुन्
या होइनन् निश्चित छैन । तर पनि किसानले क्षतिको क्षतिपूर्ति माग गरेका छन् ।

अगुवा कृषक बुद्धशान्ति–३ का फडिन्द्र ढुंगानाले क्षतिको क्षतिपूर्ती पाउने आशा व्यक्त गरेका
छन् । उनले बिउ मासिने अवस्था आएमा बिउजिनको व्यवस्था पनि स्थानीय तहबाट हुनुपर्ने माग
राखेका छन् । किसानलाई रोगबारे मसिनो ढंगबाटै जनचेतना फैलाउने कुरामा सम्बन्धित पक्षबाट पहलकदमी हुनुपर्ने ढुंगानाको माग छ । बुद्धशान्ति–२ मा भएको क्षतिको स्थलगत अनुगमन गरेकी मूल कृषक समूहकी अम्बिका खतिवडाले किसानहरुको अवस्था दयनीय भएको बताइन् ।

अनुगमनमा जाँदा किसानहरुले आपूmहरुसँग समस्याको दीर्घकालिन समाधान, प्रभावकारी माटो परीक्षण, कृषि चुनको व्यवस्था गाउँपालिकाबाट हुनुपर्ने माग राखेको बताइन् । उनले धानमा क्षति पु¥याएको फड्के किराको प्रकोप पछिल्ला बालीहरुमा पनि देखिएकाले सम्बन्धित पक्षलाई गम्भिर बन्न अनुरोध गरिन् । उनले धान पछि लगाइएको मकै र घाँस खेतीमा फड्केको संक्रमण देखा परेको बताइन् ।

यसैबीच साना किसान कृषि सहकारी संस्था बुधबारे र मूल कृषक समूह बुद्धशान्ति–२ ले सो क्षेत्रका किसानलाई माटो परीक्षणका लागि अवलम्वन गर्नुपर्ने कुरा र अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी गराइरहेको छ । जसमा कृषि शाखा बुद्धशान्तिका प्रमुख कृष्ण ढुंगेलले पनि सहजिकरण
गरिरहेका छन् । आजको पूर्वेली साप्ताहिकमा खबर छ ।

Facebook Comments