
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
धनकुटा, २६ मंसिर । धनकुटा नगरपालिका-९ बेलहराका ६३ वर्षीय रिकमान तामाङको लडेर मृत्यु भएको छ । बुधवार राति सवा ८ बजेको समयमा गाउँबाट घर फर्केर आउने क्रममा अचानक बाटोमा लडी घाईते भएका तामाङको स्थानीय बेलहारा स्वास्थ्य चौकीमा उपचारको क्रममा राती ९ बजे मृत्यु भएको हो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पूरा गरी अन्य थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।
काठमाडौँ, २५ मङ्सिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको तयारीका लागि पार्टीको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा अपराह्न ४ बजे बस्ने बैठकमा भोलिदेखि शुरु हुने केन्द्रीय समिति बैठकका कार्यसूचीबारे छलफल हुने बताइएको छ । केन्द्रीय समिति बैठकमा यही मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनको समीक्षा, आगामी पुस ७ देखि १६ गतेसम्म हुने पार्टीको तेस्रो चरणको राष्ट्रिय जागरण अभियान, केन्द्रीय विभाग गठन, पार्टीका अन्तरिम संरचना गठन, केन्द्रीय समितिको समयावधि समाप्त भएका भ्रातृ र शुभेच्छुक संस्थालगायत विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । रासस
मोरङ, २५ मंसिर । मोरङको बेलवारी नगरपालिका–५ मा स्कुल बसले किचेर १ बर्षीय नावालकको मृत्यु भएको छ । आज बिहान सवा ९ बजेको समयमा बेलवारी नगरपालिका(५ रामपुर स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को १ क ३०४६ नम्बरको कसेनी बोर्डिङ स्कुलको बसले किच्दा स्थानीय प्रमोद साहको १ बर्षीय छोरा यस राज साहको मृत्यु भएको हो । निजकै ५ बर्षीय छोरालाई बिद्यालय पठाउनको लागि प्रमोद साहको श्रीमती शिव कुमारी साहले दुवै छोराहरुलाई संगै लिई गएको र सानो छोरालाई भुईमा राखी ठुलो छोरालाई बसमा चढाएको तथा बस गुड्ने क्रममा भुईमा रहेको नावालकलाई बसले किच्चा घटनास्थलमा नै मृत्यु भएको ईलाका…
पर्वत, २५ मङ्सिर । यो बर्ष हिमपात सुरु नहुँदै हिमालपारीको जिल्ला भनेर चिनिने मुस्ताङका खोलानाला जम्न थालेका छन् । अत्याधिक चिसो बढेका कारण जनजीवन कष्टकर बन्न थालेको र मानिसहरुलाई घर बाहिर निस्कनै कठिन भइरहेको छ । तल्लो मुस्ताङमा भन्दा उपल्लो मुस्ताङमा रहेका दुई गाउँपालिकाहरू लो–घेकर, दामोदर कुण्ड र लोमान्थाङमा रहेका चराङ, लोमान्थाङ, छोसेर, छोन्हुप लगायतका ठाउँमा चिसो बढेको छ । चिसोका कारण खोलामा बगिरहेको पानी र धाराबाट खस्दै गरेको पानी नै जम्न थालेको छ । स्थानीय तिलक विश्वकर्माका अनुसार उपल्लो मुस्ताङमा रहेका खोलानाला, धारा र सङ्कलन गरेर राखिएको पानीसमेत जमेको छ । ‘तल्लो मुस्ताङको तापक्रम माइनस ७ डिग्रीसम्म झरेको छ…
काठमाडौँ, २५ मङ्सिर । गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत)का नवनियुक्त राजदूत निकोला पोल्लिटले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–बेलायतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, सहयोग, आपसी हित र सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो । सो अवसरमा गृहमन्त्री थापाले बेलायतबाट नेपालका लागि पहिलो महिला राजदूत नियुक्त हुनुभएकामा राजदूत निकोलालाई बधाई तथा सफल कार्यकालको शुुभकामना दिँदै उहाँको कार्यकालमा दुई देशको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले बेलायतमा बसोबास गरिरहेका नेपाली र ब्रिटिश गोरखाका केही समस्या रहेको बताउँदै उनीहरुको समस्या समाधानका लागि भूमिका खेलिदिन राजदूत निकोलालाई आग्रह गर्नुभयो । गृहमन्त्री थापाले नेपालको…
हामीकहाँ पनि बाँदरले बालीनालीको नोक्सानी गरिदिएर हैरान बनाउँदछ । किसानहरुले बाँदरबाट बाली जोगाउन अनेक उपाय अपनाउने गरेका छन् । अहिले त स्थानीय सरकारहरुले समेत बाँदर नियन्त्रणका लागि बजेट नै छुट्टाउने गरेका छन् । बाँदरको बदबासीबाट आजित भारतको कर्नाटकका एकजना किसानले चाहीँ बाँदर धपाउने अनौठो उपाय अपनाएका छन् ।ती किसानले बाँदरबाट आफ्नो बाली जोगाउनका लागि आफ्नो घरको कुकुरलाई बाघ बनाइदिएका छन् । कुकुरलाई बाघ कसरी बनाउन सकिन्छ ? ती किसानले गज्जबको आइडिया लगाए । उनले आफ्नो कुकुरलाई ठ्याक्कै बाघको जस्तै गरी रंग लगाइदिएका छन् । जसका कारण त्यो कुकुर ठ्याक्कै पाटेबाघ जस्तो देखिन्छ । खुसीको कुरा त के भने यो ‘बाघ’…
मेगा बजेट फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ पछि अभिनेता आमिर खान पर्दामा देखिएका छैनन् । यद्यपि, बलिउडका मिस्टर परफेक्शनिस्ट आफ्नो नयाँ फिल्मलाई लिएर लगातार चर्चामा छन् । उनी चाँडै फिल्म ‘लाल सिंह चड्ढा’ लिएर आउँदैछन् । केही दिन अगाडि फिल्मको अफिसियल पोस्टर सार्वजनिक गरिएको थियो । अब, दर्शक फिल्मको व्यग्र प्रतिक्षामा छन् । ‘लाल सिंह चड्ढा’ को ट्रेलर आउन अझै केही समय बाँकी छ । यसबीच, फिल्मबाट आमिरको नयाँ लुक सोसल मिडियामा बाहिरिएको छ । यो निर्माण टिमले आधिकारिक रूपमा सार्वजनिक गरेको भने होइन । केही फ्यानले छायांकनको क्रममा खिचेको तस्विर सामाजिक सञ्जालमा साझेदार गरेका हुन् । तस्विरमा आमिरलाई लामो कपाल…
रोहित काफ्लेभद्रपुर, २५ मंसिर । झापाको भद्रपुर नगरपालिका वडा नं २ पृथ्वीनगरमा साना चिया किसानहरुले स्थापना गरेको चिया प्रशोधन कारखानाबाट तीन वर्षको अवधिमा साढे ८ करोडको तयारी चिया बिक्री भएको छ । सरकारको ५० प्रतिशत र साना चिया किसानहरुको ५० प्रतिशत गरी करिब ६ करोड लगानीमा २०७१ सालमा स्थापना भएको साना किसान चिया प्रशोधन कारखानाले गत असार मसानतसम्ममा ६ लाख ७९ हजार ९४५ केजी तयारी चिया बिक्री गरी ८ करोड ५२ लाख ८० हजार ३१३ रुपैयाँ आम्दानी गरेको छ । साना किसान कृषि सहकारी संस्थाको व्यवस्थापनमा सञ्चालन भइरहेको सो कारखानाले आ. व. ०७५÷०७६ मा मात्र ४ लाख ३६ हजार ३९०…
सप्तरी, २५ मंसिर । सप्तरीमा एक महिलामाथि ज बरजस्ती क रणी प्रयास गरेको आरोपमा प्रहरीले आज सप्तरीको शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्षलाई पक्राउ गरेको छ । वडाध्यक्ष लक्ष्मी साहलाई एक महिलामाथि ज बरजस्ती क रणी प्रयास गरेको आरोपमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो । उहाँका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले आज बिहान साहलाई पक्राउ गरिएको हो । स्थानीय एक महिलाले आफूलाई जबरजस्ती करणीको प्रयास गरेको भन्दै साहविरुद्ध उजुरी दिएपछि उहाँलाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक भारतीले बताउनुभयो । पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखी अनुसन्धान कार्य अगाडी बढाइएको प्रहरीले जनाएको छ…
भोजपुर, २५ मङ्सिर । जिल्लाको रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीको वडा कार्यालय र पौवादुङमा गाउँपालिका–३ च्याङ्ग्रेको वडा कार्यालयमा अज्ञात समूहले आ गज नी गरेको छ । पौवादुङमा–३ च्याङ्ग्रेको वडा कार्यालयमा म ट्टि ते ल छ र्केर का ग जप त्र, कुर्सी, फर्निचरलगायतका सामग्रीमा आ ग ज नी गरिएको गाउँपालिकाका उपाध्यक्ष सम्झना राईले जानकारी दिइन् । त्यस्तै, रामप्रसादराई–२ को कार्यालय भने पूर्णरुपमा ध्व स्त रहेको स्थानीयवासीले बताएका छन् । घटनाको जानकारी पाउनासाथ प्रहरी सो स्थानतर्फ गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले बताए । गएराती घ टा इएको उक्त घ टनाका विषयमा थप जानकारी आउन बाँकी रहेको छ…