
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, २० मंसिर । सङ्घीय संसद् अधिवेशनको तयारी भइरहँदा समितिका बैठकहरू पनि बाक्लिएका छन् । विचाराधीन विधेयकका दफाबार छलफलमा समितिहरू जुट्न थालेका छन् । राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा तथा स्वास्थ्य समिति, कानुन, न्याय तथा मानवअधिकार समिति लगायतले विधेयकको दफाबार छलफलका लागि बैठक बोलाएका छन् । बिहीबार कानुन समितिले प्रमाण ऐन संशोधन विधेयकको दफाबार छलफलका लागि बैठक बोलाएको थियो तर मूल विषय प्रवेश भएन । बरु, मिनी समितिमा सभामुख कहिले चयन हुन्छ भन्ने अनौपचारिक छलफल लामै समयसम्म चल्यो । सभामुख नहुँदा विधेयक प्रमाणीकरण नभएको, अनुगमन कार्य रोकिएको लगायतका गुनासा बैठकमा सांसदहरूले राखेका छन् । कानुन समितिले सबै प्रदेशका कारागार…
झापा, २० मंसिर । सरकारले वैदेशिक रोजगारीको ठगी नियन्त्रणमा कडाइ गरिरहेका बेला मानव बेचविखनमा समेत वैदेशिक रोजगारका एजेन्ट, म्यानपावर र परामर्शदाता सक्रिय रहेको देखिएको छ । मानव बेचविखनका एकतिहाई घटना वैदेशिक रोजगार र परामर्शसँग सम्बन्धीत रहेको पाइएको छ । सरकारले वैदेशिक रोजगार व्यवसायका नाममा देखिएको अराजकतालाई नियन्त्रण गर्न नसक्दा वैदेशिक रोजगारीको आडमा मानव बेचविखन तथा ओसारपसार बढेको अध्ययनले देखाएको छ । महिला तथा बालबालिका बेचविखनविरुद्ध सहकर्मी समुहले मानव बेचविखन तथा ओसारपसारसम्बन्धी सामग्रीहरुको अध्ययन तथा विश्लेषण गरी तयार गरिएको प्रतिवेदनले ठगीमा वैदेशिक रोजगारका एजेन्ट, म्यानपावर र परामर्शदाता पनि दोषी देखिएका हुन् । यो समाचार आजको कारोबार दैनिकमा खबर छ ।
इलाम, २० मंसिर । इलामको सूर्योदय नगरपालिकामा १५ श्ययाको आयुर्वेद अस्पताल सञ्चालनमा आएको छ । प्रदेश नं १ सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय धनकुटाको मातहतमा सो अस्पताल सञ्चालनमा आएको हो । सूर्योदय नगरपालिका–४, आइतबारेमा रहेको मेची अञ्चल आयुर्वेद औषधालय पहिलादेखि नै सञ्चालनमा आएको भए पनि स्तरोन्नति गरेर १५ श्ययाको अस्पताल बनाइएको हो । मेची अञ्चल आयुर्वेद औषधालयको सेवा विस्तार गरी १५ श्ययाको बनाइएपछि आयुर्वेद अस्पताल बनेको हो । प्रदेश नं १ सरकारको पहलमा स्तरोन्नति तथा सेवा विस्तार गरी इलाम, झापा, पाँचथर र ताप्लेजुङमा सेवा दिँदै आएको औषधालयलाई अस्पतालको रूपमा सञ्चालनमा ल्याइएको कार्यालय प्रमुख तथा आयुर्वेदविज्ञ तीर्थ आचार्यले बताउनुभयो ।…
अर्जुनधारा, २० मंसिर । विपन्न परिवारका लागि अर्जुनधारा नगरपालिकामा ३३ घर निर्माणको काम शुरु भएको छ । लक्षित वर्ग कार्यक्रमअन्तर्गत प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयको शहरी विकास तथा भवन कार्यालय इलामले घर निर्माणको काम शुरु गरेको हो । घर निर्माणका लागि रु एक करोड नौ लाख ७२ हजार ५०० बजेट विनियोजन भएको प्रदेश नं १ का प्रदेशसभा सदस्य वृख प्रधानले बताउनुभयो । अर्जुनधारा नगरपालिका–८ स्थित प्रज्वल साहको घर शिलान्यास गर्दै प्रधानले भन्नुभयो, “लक्षित वर्ग कार्यक्रमअन्तर्गत बन्ने घर भूकम्प प्रतिरोधात्मक हुन्छन्, एउटा घर निर्माणका लागि रु तीन लाख २५ हजार खर्च हुन्छ ।” आर्थिक वर्ष २०७६÷७७ को सङ्घीय सरकारद्वारा विनियोजित…
झापा, २० मंसिर । झापाको बिर्तामोड नगरपालिका(५ स्थित पूर्व पश्चिम राजमार्गबाट ३ जना लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन । बिहीवार साँझ ७ बजे ईलाका प्रहरी कार्यालय अनारमनिबाट गस्तीमा खटिएको प्रहरी टोलीले १ युवती सहित ३ जनालाई १२ ग्राम ७ सय मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बिर्तामोड बस्ने २१ बर्षीय राजकुमार राजवंशी, ईलाम घर भएका १९ बर्षीय समिर महत र काठमाण्डौ सिनामंगलकी १८ बर्षीया पुजा शंकर रहेकी छिन । मे १ ह २४३० नम्वरको अटोरिक्सामा सवार गरी आएका तिनै जनालाई चेकजाँच गर्ने क्रममा सोही अटोका चालक समेत रहेका राजकुमार राजवंशीको साथबाट १२ ग्राम ब्राउनसुगर, १० पिस…
‘बुझिन होउ केटा ! मैले कुरै बुझिन ! अलिकति केही कुरा त भन्दे न ! बुझ्न अनेक कोशिश गरें, तर कतै केही अत्तोपत्तो लागेन । मेरो दिमागको बुझ्ने तन्तु नै सुक्यो कि क्या हो’ भन्दै आएर माइलाबा आज पसारा परे । के बुझ्नु भएन भनेर मैले सोधें । अनि बुढाले भने– ‘के बुझिन भन्नेसम्म बुझेको भए त भइगएको थियो नि ! नबुझेको कुरा के हो–त्यही नै बुझिन ।’ मैले मनमनै विचार गरें… यी कस्ता बाउँठा, डेउढा, कोक्ल्याँटा खोते बुढा ? उनले के कुरा सोधेका हुन् – त्यो कुरो मैले पनि बुझिन भने उनले के बुझेनन् भन्ने कुरा मैले कसरी बुझ्नु ? कम्तीमा यो–यो बुझें,…
इलाम, १९ मंसिर । पूर्व प्रधानमन्त्री एवं सत्तारुढ नेकपाका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रियताका सवालमा सबै दल एकजुट हुनुपर्ने बताउनुभएको छ । इलामको सूर्योदय नगरपालिकाले आयोजना गरेको प्रथम सूर्योदय नगर पर्यटन महोत्सवको समापन कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले कसैलाई नेपालको भूमि एक इन्च पनि मिच्न दिइने छैन भन्दै पूर्व प्रधानमन्त्री खनालले मिचिएको भूमि फर्काउन सरकार लाग्नुपर्नेमा जोड दिनुभयो । सरकारको मात्र प्रयासले सम्भव नभए देशका सबै दल एकजुट भएर भए पनि दबाब दिनुपर्ने उहाँको भनाइ थियो । उहाँले लिम्पीयाधुरा, लिपुलेक, सुस्ता जस्ता स्थान नेपालको हो भन्नेमा सबै राजनीतिक दलको एकै आवाज रहेको बताउनुभयो । पूर्वप्रधानमन्त्री खनालले भन्नुभयो, “राष्ट्रियताको सवालमा सबैको…
झापा, १९ मंसिर । उपचारमा संलग्न चिकित्सकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक/दुई दिनमै अस्पतालबाट डिस्चार्ज गरिने जनाएका छन् । प्रधानमन्त्रीको स्वास्थ्यमा राम्रो सुधार आइरहेको र यस्तै सुधार जारी रहे डिस्चार्ज गर्न सकिने उनीहरूले जनाएका हुन् । ‘सुधारको स्थिति यस्तै कायम रहे र एक्कासि कुनै जटिलता नथपिए, प्रधानमन्त्रीलाई छिट्टै डिस्चार्ज गरिनेछ’, उपचारमा संलग्न एक चिकित्सकले भने । प्रधानमन्त्री ओलीलाई ९ दिनअघि ‘एपेन्डिसाइटिस’ सहित पेरिटोनाइटिस (पेटको संक्रमण) समेत भएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरी आकस्मिक शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि उनलाई आईसीयूमा राखिएको छ । उनलाई शनिबार र आइतबार दुईपटक डायलसिस गरिएको थियो । प्रधानमन्त्रीलाई डिस्चार्ज गर्नुअघि डायलसिस गरिने…
झापा, १९ मंसिर । सरकारले किसानलाई राहत दिन समय–समयमा विभिन्न योजना अघि सारेपनि किसान जहिल्यै मारमा पनेर् गरेका छन् । वर्षभरि परिश्रम गरेर अन्न उत्पादन गनेर् किसानका लागि ‘परिश्रमको फल मीठो हुन्छ’ आहानसमेत अर्थहीन सावित हँुदै गएको छ । हजारौंै रुपैयाँ लगानी गरेको धान उत्पादन लागत खर्चभन्दा कम मूल्यमा बेच्नुपनेर् बाध्यताले यसपालि पनि किसानको खुशी खोसिएको छ । शुरु सिजनमै धानको उचित मूल्य नपाएपछि किसानको सपना बिथोलिएको छ । किसानका समस्या देखेको नदेख्यै गनेर् सरकार र सिन्डिकेटको आडमा आफूखुशी मूल्य तोकेर किसानमारा खेल खेल्ने व्यापारीको चतु¥याइँका अगाडि किसान सधैं निरीह बन्दै आएका छन् । आफूले उत्पादन गरेको धानले लगानी समेत नउठ्ने समस्या वषौर्देखि भोग्दै आएका…
जाडो मौसममा अदुवाको सेवन गर्नु अति नै फाइदाजनक हुन्छ । यसले शरीरलाई तातो बनाउनुको साथै रुघा–खोकी, ज्वरो, घाँटी खस्खसाउने जस्ता समस्याहरुबाट मुक्ति प्रदान गर्छ । तर, कहिलेकाहीँ अदुवाको सेवन कुनै व्यक्तिको लागि ज्यान नै जाने कारण पनि हुनसक्छ । अदुवाको सेवन हरेकको लागि फाइदाजनक हुँदैन । त्यस्ता धेरै व्यक्तिहरु छन् । जसलाई अदुवाको सेवन शरीरका लागि खतरनाक प्रमाणित हुन सक्छ । आज हामी त्यस्ता रोगहरुको बारेमा चर्चा गनेर् छौँ, जसमा अदुवाको सेवनले नोक्सान पु¥याउन सक्छ । औषधि खाने व्यक्तिहरुका लागिहरेक दिन औषधि लिने व्यक्तिहरुका लागि अदुवाको सेवन खतरनाक हुन सक्छ । यदि कुनै व्यक्तिले दिनहुँ औषधि प्रयोग गर्छ भने उनीहरुले अदुवाको सेवन गर्नुहुँदैन । किनभने ती औषधिमा समावेश ड्रग्सहरु…