
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २३ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला ६ महिनाको अवधिमा घुससहित १ सय ४० जनालाई नियन्त्रणमा लिएर अदालतमा मुद्दा दर्ता गरेको छ । घुससहित नियन्त्रणमा लिएकाबाट अख्तियारले १ करोड ३७ लाख ७० हजार ४ सय ६० रुपैयाँ जफत गरेको छ । अख्तियारको साउनको तथ्यांक केलाउँदा १९ वटा अप्रेसनमा १० जना इन्जिनियर फन्दामा परेका थिए । भदौमा मात्रै अख्तियारले आठ जना इन्जिनियरलाई नक्कली शैक्षिक योग्यता प्रमाणपत्रदेखि घुस रकमसहित पक्राउ गरेको थियो । आजको राजधानी दैनिकमा खबर छ ।
धनुषा, २३ मंसिर । प्रदेश २ मा सांसददेखि सभामुखसम्म निजी सचिवालयको तलबभत्ता आफ्नो व्यक्तिगत खातामार्फत बुझ्दै आएका छन् । सभामुख, उपसभामुख, मुख्य सचेतक, प्रमुख प्रतिपक्षी दलका नेता र प्रदेशसभा सदस्यले निजी खातामार्फत तलब बुझेका हुन् । उच्च पदस्थ पदाधिकारीलाई यस विषय गैरकानुनी हो भन्ने थाहा हुँदाहुँदै पनि सरोकारवाला निकायले ध्यान नदिँदा तलबभत्ता बुझ्न नरोकिएको हो । प्रदेशभरी वित्तिय अनुशासन कायम गर्नुपर्ने निकायका प्रमुख पदाधिकारीले नै अनुशासनहीन प्रदर्शन गर्दै कर्मचारीको तलब व्यक्तिगत खातामा बुझ्ने गरेका छन् । आजको राजधानी दैनिकमा खबर छ ।
शनिश्चरे, २३ मंसिर । कालिकापीठ कालीस्थानको १६ औं बार्षिक अनुष्ठान आइतबारदेखि प्रारम्भ भएको छ । अनुष्ठान अन्तर्गत आयोजित सप्ताहब्यापी श्रीमद्ब्रह्माण्ड महापुराण, रुद्राभिषेक महायज्ञ तथा धनधान्याचल महायज्ञको उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा प्रमुख अतिथि उमेश डालमियाले पानसमा दीप प्रज्ज्वलन र कालिका संस्कृत विद्यापीठका प्राचार्य आ। रघुनाथ रिजालले वैदिक मन्त्रोच्चारण गरी उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि डालमियाले कालिकापीठ दैवी शक्तिको उद्गमस्थल भएको बताउँदै यसको विकासमा सबै जुट्नुपर्ने बताउनुभयो । संस्कार र संस्कृतिको संरक्षण तथा धर्मको अनुशरणले मानिसलाई नैतिकवान, चरित्रवान र अनुशासित बनाउने उल्लेख गर्दै उहाँले धर्मको जगेर्नाले राष्ट्र समृद्ध हुने धारणा राख्नुभयो । कार्यक्रमका विशेष अतिथि तथा…
सुरुङ्गा, २३ मंसिर । इजरायलमा रहेका नेपालीहरुको संस्था माउण्ट एभरेष्ट फुटबल क्लबले झापा कनकाईस्थित विशेष शिक्षा बहिरा विद्यार्थीका लागि आइतबार जाडोको कपडा शैक्षिक सामग्री प्रदान गरेको छ । गत दिपावलीको अवसरमा इजरायलमा गरिएको साङ्गीतिक कार्यक्रमबाट संकलित रकमबाट कनकाई मावि सुरुङ्गामा अध्यानरत् बहिरा ६० जना विद्यार्थीलाई स्वीटर, टोपी, कलम र कापी प्रदान गरिएको हो । विद्यार्थीहरुलाई युवा नेता गोपाल प्रसाईं, कनकाई माविका प्रअ कर्णबहादुर डाँगी, शिक्षक महासंघ कनकाईकी अध्यक्ष सारदा प्रसाईं पाठक, विद्यालयका सहायक प्रअ हरिप्रसाद तिम्सिना, युवा व्यवसायी केशव शिवाकोटी, बहार जान, विशेष स्रोत शिक्षक वेदप्रसाद खतिवडा, पत्रकार महासंघ झापाका सदस्य लीलाराज झापाली लगायतले सामग्री वितरण गरेका थिए । विद्यालयका…
झापा, २२ मंसिर । झापाको भद्रपुर–३ स्थित मेची आधारभूत विद्यालय स्थापना भएको तीन दशक बितिसकेको छ । विसं २०४४ सालमा साविक महेशपुर–२ (हाल भद्रपुर–३)मा स्थापना भएकोे विद्यालयले जग्गाको धनीपूर्जा नपाउँदा तीन दशकदेखि ऐलानी जग्गामै रहेको छ । भवन र खेल मैदान गरी एक बिघा एक कट्ठा जग्गामा विद्यालय रहेको प्रधानाध्यापक चमकलाल राजवंशीले बताउनुभयो । खेल मैदानको बीचमा भारतले सीमा स्तम्भ गाडेको बताउँदै उहाँले विद्यालयकै कारण सो ठाउँको नेपाली भूमि अतिक्रमणबाट जोगिएको सुनाउनुभयो । विसं २०४४ सालमा त्यो क्षेत्रका अधिकांश जग्गा ऐलानी थियो । स्थानीयवासीले सो क्षेत्रमा खेती गर्ने गर्थे । त्यस क्षेत्रका बालबालिकालाई पढ्न समस्या भएपछि कैलाश राई र चिरेन…
झापा, २२ मंसिर । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका झापा जिल्ला सदस्य एवम् मेचीनगर इञ्चार्ज काठमाडौंबाट प क्राउ परेका छन् । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले इन्चार्ज याम कुमार गिरीलाई काठमाडौंको तीनकुनेबाट प क्राउ गरेको हो । पक्राउ परेका गिरीमाथि झापाको बिर्तामोडस्थित सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको केन्द्रीय कार्यालयमा बम विस्फोट गराएको आरोपछ । पक्राउ परेका गिरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भद्रपुर, २२ मंसिर । एउटा व्यक्तिले कति जनालाई छल्न, ढाँट्न र ठग्न सक्छ ? ‘एकपल्टको झिल्के–घरीघरी मिल्के’ भन्ने नेपाली आहानजस्तो सिलसिलेवार त्यस्तो काम कतिञ्जेल गरिरहन सक्छ मान्छेले ? शायद त्यस्तो व्यक्तिलाई पीडितहरूको उजुरी परेर कानूननः दण्डभागी नबनाउञ्जेल । त्यसैले हुनुपर्छ– भद्रपुरमा एक जना व्यक्तिले आफू आबद्ध संस्थाहरूको आडमा केही वर्षयता धेरैलाई पीडित बनाइरहन छुट पाएको ! त्यस्ता मान्छेलाई नै चलनचल्तीको भाषामा ‘नटवरलाल’ भन्दा हुन् । भद्रपुरको वडा नं– ८, क्याम्पसमोडस्थित सीआईटी नामक कम्प्युटर प्रशिक्षण केन्द्रका सञ्चालक उमाशंकरलाल कर्णले भद्रपुर– ६ का सुजय साह र सञ्जय साहलाई यूरोप पठाइदिन्छु भनी तिनका अभिभावकबाट पटक–पटक गरी ९ लाख रुपैयाँ लिएर काम पनि नगरेको र हालसम्म…
पाँचथर, २२ मंसिर । सुन्तला उत्पादक कृषकलाई व्यावसायिक बनाउने तथा सुन्तला उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बामा आजदेखि सुन्तला महोत्सव शुरु भएको छ । सुन्तला उत्पादनको पकेट क्षेत्र मानिएको कुरुम्बामा आयोजना गरिएको महोत्सवमा सुन्तलाका स्टलहरु राखिएका छन् । महोत्सव तीन दिनसम्म चल्ने मिक्लाजुङ गाउँपालिका–५ का वडाध्यक्ष अविसन लावतीले जानकारी दिनुभयो । कुरुम्बामा पाँच दर्जनभन्दा बढी घरपरिवारले व्यावसायिक रुपमा सुन्तला उत्पादन गर्ने गरेका छन् । अधिकांशले सुन्तलाबाट बर्सेनी लाखौँ आम्दानी गर्ने गरेका छन् । यहाँ व्यापारीहरुले बगानमै आएर सुन्तला खरिद गरी तराईका जिल्लामा पु¥याएर बिक्री गर्ने गरेका छन् । महोत्सवको प्रदेश नं १ प्रदेशसभाको उद्योग, पर्यटन, वन तथा वातावरण…
झापा, २२ मंसिर । झापा र सुनसरीका ३ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । झापाको कन्काई नगरपालिका–७ बिरिङखोला पुल स्थित पूर्व पश्चिम राजमार्गमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । शनिबार राती साढे ९ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १० प २९५४ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको मे ११ प २९२८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा घाइते भएका ३ जनालाई नै उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा मे११प २९२८ नम्बरको मोटरसाइकल चालक नितेश…
मोरङ, २२ मंसिर । मोरङको बिराटनगर महानगरपालिका–२ सनिहाट चोक नजिकै सिलिण्डरबाट ग्यास लिक भई आगोलागी हुदा एक जना बृद्धको मृत्यु भएको छ । काठमाण्डौमा परिवार सहित बस्दै आएका बर्ष अंदाजी ७०÷७५ को जय प्रसाद दहाल शनिबार बेलुकी बिराटनगर स्थित आफ्नै घरमा आएर बसेकोमा आज बिहान साढे ९ बजे सम्म पनि कोठाको ढेका नखोलेपछी र कोठाबाट धुवा बाहिर आएको देखेर कोठा भाडामा बस्ने ब्यक्तीहरुले तत्काल प्रहरीमा खबर गरेका थिए । खबर प्राप्त हुनसाथ घटनास्थलमा पुगेको वडा प्रहरी कार्यालय विराटनगरको प्रहरी टोलीले निज जय प्रसाद दहाललाई कोठा भित्र जलेर मृत्यु भएको अवस्थामा फेला पारेको थियो । घटना सम्बन्धमा थप अनुसन्धान कार्य भई…