झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

सन्तोष शर्माझापा, २९ जेठ । झापाबाट वैदेशिक रोजगारको सिलसिलामा ३२ हजार बढी युवा विदेशिएका छन् । वैदेशिक रोजगारीको सिलसिलामा चालू आर्थिक वर्ष २०८१/०८२ को वैशाख मसान्तसम्म ३२ हजार २९ जना विभिन्न मुलुक गएको बिहीबार पत्रकारसँगको अन्तरक्रियामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम झापाका संयोजक शेखर बुढाथोकीले जानकारी दिनुभयो । जसमध्ये महिलाको संख्या १९ प्रतिशत रहेको उहाँले बताउनुभयो । जिल्लाबाट साउन महिनामा दुई हजार छ सय ६३, भदौमा दुई हजार पाँच सय ७५, असोजमा दुई हजार पाँच सय ४५, कात्तिकमा तीन हजार पाँच सय ११, मंसिरमा चार हजार ४६, पुसमा तीन हजार ६६, माघमा तीन हजार पाँच सय ४६, फागुनमा तीन हजार दुई…

Read More

झापा, ३० जेठ । गत मङ्गलबारदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु चार हजार २०० ले वृद्धि भएको छ भने चाँदीमा रु १५ ले बढोत्तरी भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९७ हजार १०० कायम भएको छ भने एक तोला चाँदी रु दुई हजार १६५ मा कारोबार भइरहेको छ । गत मङ्गलबार एक तोला सुन रु एक लाख ९० हजार तथा सोही परिमाणको चाँदी रु दुई हजार १६५ मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज एक औँस तोलामा…

Read More

झापा, ३० जेठ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले दुईवटा निर्माण कम्पनीलाई कालो सूचीमा रखेको छ। निर्माण कम्पनीमा मुख्य व्यक्ति दिग्वीजय जंग राणा रहेको श्री माँ त्रिपुरा सुन्दरी निर्माण सेवा, बाँके र मुख्य व्यक्ति गोपालप्रसाद घिमिरे रहेको सूर्यविनायक कन्ट्रक्सन दाङलाई कालो सूचीमा राखिएको हो । कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई काली सूचीमा राखिएको जनाएको हो । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।

Read More

झापा, ३० जेठ । जिल्ला अदालत काठमाडौँले आपराधिक उपद्रवको आरोपमा दुर्गा प्रसाईँसहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश धु्रवराज कार्कीको इजलासले बिहीबार राति गत चैत १५ गते तीनकुनेमा भएको घटनाका सन्दर्भमा प्रसाईँसहित सात जनालाई थुनामा पठाउने आदेश दिएको हो । अदालतले सोही घटनामा संलग्न ३२ जनालाई रु १० हजारदेखि रु एक लाखसम्म धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको छ ।

Read More

झापा, ३० जेठ । हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भागका साथै लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पश्चिमी भेगमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव पनि रहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा…

Read More

झापा, २९ जेठ । आज भारतको अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा एक यात्रु बच्न सफल भएका छन्। बाँकी सबैको निधन भएको जनाइएको छ। यसअघि स्थानिय प्रहरीले सबैको मृत्य भएको बताएको थियो। तर ति यात्रु जिवित रहेको प्रहरीले पछि सार्वजानिक गरेको हो। भारतीय समाचार एजेन्सी ९एनआइ० लाइ प्रहरी आयुक्त जीएस मलिकले दिएको जानकारी अनुसार लन्डन जाँदै गरेको बोइङ ७८७–८ विमानमा सीट नम्बर ११ ए मा रहेका एक यात्रु जीवित भेटिएका हुन्। प्राधिकरणहरूले सार्वजनिक गरेको फ्लाइट म्यानिफेस्टअनुसार सो सीटमा ब्रिटिश नागरिक विश्वास कुमार रमेश सवार थिए। भारतीय सञ्चारमाध्यमहरूले अस्पतालमा रहेका रमेशसँग कुराकानी गरेको उल्लेख गरेका छन्। रमेशले विमान उडेको ३० सेकेन्डमै…

Read More

वीरगञ्ज, २९ जेठ । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा कार्यरत न्यायाधीशद्वय डा। खुसीराम थारु र अर्जुन महर्जनमाथि आज अपराह्न अदालतमै कालोमोसो प्रहार गरिएको छ । इँटाभट्टा काण्डका मुख्य आरोपी एवं पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई सफाइ दिएको फैसलाको विरोधमा नेपाल कम्युनिस्ट पार्टी ९बहुमत० का कार्यकर्ताले न्यायाधीश थारु र महर्जन माथि कालोमोसो प्रहार गरेको हुन् । अदालतको इजलास चलिरहेका बेला अचानक इजलासभित्रै प्रवेश गरेका कार्यकर्ताले कालोमोसो प्रहार गरेपछि अदालत परिसरमा आतङ्क मच्चिएको थियो । घटनापछि सुरक्षाकर्मीले तुरुन्त इजलास क्षेत्र नियन्त्रणमा लिएको थियो । कालोमोसो प्रहार गर्नेहरूमा नेकपा बहुमतका प्युठानका केन्द्रीय सदस्य किशोर कुँवर ९अविनाश०, सर्लाहीका पदम बहादुर मगर, र सिरहाका गर्भु…

Read More

झापा, २९ जेठ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले मनसुनी हावा सक्रिय हुँदा यतिबेला मुलुकको विभिन्न स्थानमा पानी पर्न सुरु भएको जनाएको छ । देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी हावा तथा स्थानीय हावाको प्रभाव रहेको महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् गोविन्द झाले मनसुनी हावा चलिरहेको, बङ्गालको खाडीबाट जलवास्पयुक्त हावा नेपाल आएकाले वर्षा गराउने प्रणाली विकसित भई हाल मुलुकको विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको बताउनुभयो । “हाल देशभर आंशिकदेखि साधारणतया बदली, कोशी प्रदेशको इलाम, बागमती प्रदेशको काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, नुवाकोट, काठमाडौँ र चितवन, लुम्बिनी प्रदेशको प्युठान र रोल्पा, कर्णाली प्रदेशको सुर्खेत आसपासमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा…

Read More

सन्तोष शर्माभद्रपुर, २९ जेठ । झापाको भद्रपुर नगरपालिकाले कृषिमा प्रविधि भित्र्याउनुका साथै उत्पादनलाई प्रोत्साहन गरिरहेको छ । नगरपालिकाले लागत साझेदारीमा विविध कृषि औजार प्रदान गर्नुका साथै धान, मकै, फापर, कोदो, तोरी, तरकारी लगायतका कृषिउपज उत्पादनका आधारमा अनुदान दिएर प्रोत्साहित गरिरहेको हो । कृषिमा यान्त्रिकीकरण सहयोग कार्यक्रम अन्तरगत नगरपालिकाले दुई वटा धान रोप्ने मेसिन (राइस ट्रान्सप्लान्टर मेसिन) खरीद गरेको छ । रू ५८ लाख ५३ हजारको लागतमा दुई वटा चार चक्के धान रोप्ने मेसिन खरीद गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले जानकारी दिनुभयो । एनएमसी एग्रो फार्म भद्रपुर–९ लाई एउटा चार चक्के राइस ट्रान्सपलान्टर, छ हजार थान सिड ट्रे, एउटा…

Read More

झापा, २९ जेठ । ताप्लेजुङ र पाँचथरबाट हिजो प्रहरीले लागुऔषधसहित छ जनालाई पक्राउ गरेको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका–४ स्थित लागुऔषध बिक्री वितरण भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ३३३ मिलिग्राम ब्राउनसुगरसहित फुङलिङ नगरपालिका–११ का २१ वर्षीय रोमन विश्वकर्मा, सिन्धुली दुधौली–१० का २७ वर्षीय देवबहादुर बि.क, फक्तालुङ गाउँपालिका–३ का ३२ वर्षीय मन्दिप लिम्बू र भारतीय नागरिक मनोज साहलाई पक्राउ गरेको छ । त्यसैगरी, पाँचथरको फिदिम नगरपालिका–४ बाट ५ सय ३० मिलिग्राम ब्राउनसुगर सहित फिदिम नगरपालिका–१ का ३० वर्षीय सागर लिम्बू र झापा बिर्तामोड घर भई हाल सोही स्थानमा बस्दै आएका ३४…

Read More