
सन्तोष शर्मा
भद्रपुर, २९ जेठ । झापाको भद्रपुर नगरपालिकाले कृषिमा प्रविधि भित्र्याउनुका साथै उत्पादनलाई प्रोत्साहन गरिरहेको छ ।
नगरपालिकाले लागत साझेदारीमा विविध कृषि औजार प्रदान गर्नुका साथै धान, मकै, फापर, कोदो, तोरी, तरकारी लगायतका कृषिउपज उत्पादनका आधारमा अनुदान दिएर प्रोत्साहित गरिरहेको हो ।

कृषिमा यान्त्रिकीकरण सहयोग कार्यक्रम अन्तरगत नगरपालिकाले दुई वटा धान रोप्ने मेसिन (राइस ट्रान्सप्लान्टर मेसिन) खरीद गरेको छ । रू ५८ लाख ५३ हजारको लागतमा दुई वटा चार चक्के धान रोप्ने मेसिन खरीद गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले जानकारी दिनुभयो ।

एनएमसी एग्रो फार्म भद्रपुर–९ लाई एउटा चार चक्के राइस ट्रान्सपलान्टर, छ हजार थान सिड ट्रे, एउटा प्याडी सिडर र पुष्पाञ्जली महिला कृषि सहकारी संस्था भद्रपुर–१ लाई एउटा चार चक्के राइस ट्रान्सपलान्टर र छ हजार थान सिड ट्रे हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । जसमा नगरपालिकाको ७५ प्रतिशत र २५ प्रतिशत लाभग्राही संस्थाको रहेको छ ।
“यो मेसिनले एक घण्टामा ७ देखि ८ कठ्ठा क्षेत्रफलमा धान रोप्छ”, उहाँले भन्नुभयो, “यसले धान उत्पादनमा लागत घटेर कृषक लाभान्वित हुने विश्वास छ ।” नगरले वितरण गरेको १२ हजार थान ‘सिड टे«’मा एक पटक बिऊ राख्दा करिब १२० देखि १५० बिघा क्षेत्रफलमा धान रोप्न पुग्नेछ ।
कृषकलाई उत्पादन प्रोत्साहन रकम
तेलहन बाली प्रबद्र्धन कार्यक्रम अन्तरगत तीन हजार नौ सय ३५ कठ्ठामा तोरी खेती गर्ने गर्ने दुई सय ४३ वटा कृषक÷संस्थालाई प्रतिकठ्ठा रू पाँच सयका दरले २० लाख उपलब्ध गराइएको नगरपालिकाका सहायक कृषि प्रसार अधिकृत हेमराज पन्तले जानकारी दिनुभयो ।
त्यस्तै, आलु खेती प्रबद्र्धन कार्यक्रम अन्तरगत यहाँका एक सय ४४ वटा कृषक÷संस्थालाई रू १५ लाख प्रोत्साहन रकम उपलब्ध गराइएको छ । छ सय ६२ कठ्ठामा आलु खेती गरेबापत प्रतिकठ्ठा रू दुई हजारको दरले प्रोत्साहन रकम उपलब्ध गराइएको हो ।
यस्तै, रैथाने बाली प्रबद्र्धन कार्यक्रम अन्तरगत ५५ वटा कृषक÷संस्थालाई तीन सय १५ कठ्ठामा कोदो खेती गरे बापत प्रतिकठ्ठाको रू सात सयका दर र ५९ वटा कृषक÷संस्थालाई चार सय ८८ कठ्ठामा फापर खेती गरेबापत प्रतिकठ्ठाको रू पाँच सयको दरले गरी रू पाँच लाख नगद प्रोत्साहन रकम उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।
यस्तै, नगर प्रमुख तरकारी खेती प्रबद्र्धन कार्यक्रम अन्तरगत न्यूनतम पाँच कठ्ठामा तरकारी खेती गर्ने ५१ जना कृषकलाई आवश्यक पर्ने कृषि यन्त्र–औजार, बीऊ–बिजन, मल तथा बिषादी ७५ प्रतिशत अनुदानमा उपलब्ध गराइएको छ । मागको आधारमा प्रति कृषक रू १८ हजार सात सय ५० बराबरको सामग्री उपलब्ध गराइएको कृषि प्रसार अधिकृत पन्तले बताउनुभयो ।
बगर खेती कार्यक्रम उहाँका १२ वटा कृषकलाई रू पाँच लाख उपलब्ध गराइएको छ । जसबाट २० बिघाभन्दा बढी बगरमा खरबुजा खेती गर्न उत्साहित भई कृषकले आय आर्जन गर्न सफल भएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



