
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २५ जेठ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यको चौथो अङ्गको रूपमा रहेको आमसञ्चार क्षेत्रमा महिलाको पहुँच र भूमिका अझै न्यून रहेको बताउनुभएको छ । नारी सञ्चार गृह झापाद्वारा आज बिर्तामोडमा आयोजित अक्षयकोष घोषणा, पुस्तक विमोचन र दाता सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपतिले आमसञ्चार जगतमा महिला सहभागिता क्रमशः विस्तार हुँदै आए पनि सङ्ख्यात्मक दृष्टिले महिलाको उपस्थिति अझै न्यून रहेको बताउनुभयो । उहाँले समाचार सम्पादन, निर्णय र नीति निर्माणको तहमा महिलाको पहुँच र भूमिका सीमित रहेकामा चिन्ता व्यक्त गर्दै सञ्चारमाध्यमको नेतृत्व तहमा पनि यो सङ्ख्या न्यून रहेको बताउनुभयो । जनसङ्ख्याको आधा हिस्सा ओगटेका महिलासँग सम्बन्धित विषय सञ्चारमाध्यममा प्रभावकारी रूपमा उठाउन महिला…
बिर्तामोड, २५ जेठ । झापाको बिर्तामोडमा आज बेलुका एक पुरुषको शव फेला परेको छ । बिर्तामोड–२ चैतुवाडीस्थित श्रीराम प्लाई फ्याक्ट्री नजिकै कच्ची सडकको किनारामा नाम थर, वतन नखुलेको तराईबासी मुलको जस्तो देखिने करिब ३५–४० वर्षीय पुरुष मानिसको शव फेला परेको हो । मानिस मृत अवस्थामा देखेर स्थानीयबासीले खबर गरेपछि इलाका प्रहरी कार्यालय घैलाडुब्बा र इलाका प्रहरी कार्यालय अनारमनी प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले कानूनी प्रक्रियासँगै अनुसन्धान अघि बढाएको छ ।
झापा, २५ जेठ । नेपालमा पहिलो पटक पारलैंगिक (ट्रान्सजेन्डर) व्यक्तिको लिंग परिवर्तन शल्यक्रिया (सेक्स चेन्ज अपरेसन) गरिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आइतबार पत्रकार सम्मेलन गरी नेपालमै पहिलोचोटि सेक्स चेन्ज अपरेसन (मेल टु फिमेल) सम्पन्न गरिएको जानकारी दिएको हो । अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘जनकपुर निवासी २५ वर्षीया ट्रान्सजेन्डरमा गरिएको यस सेक्स चेन्ज अपरेसनमा पुरुषको लिंगको तन्तुहरूलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जैनेन्द्रीय अंगको पुनर्निर्माण गरियो र यसले सो व्यक्तिलाई आफूले चाहेको लैंगिक पहिचान प्राप्त गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।’ शिक्षण अस्पतालका अनुसार अस्पतालको प्लास्टिक सर्जरी विभागले यही जेठ १२ देखि १५ गतेसम्म ट्रान्सजेन्डर समुदायका लागि…
झापा, २५ जेठ । बलिउडको कमेडी फिल्म ‘हाउसफुल ५’ ले दुई दिनमा भारु ५४ करोडको व्यापार गरेको छ । यो फिल्मले शुक्रबार र शनिबार भारतभर ५४ करोड भारतीय रुपैयाँको व्यापार गरेको हो । यो फिल्म फरक क्लाइमेक्ससहित दुइ भर्सन शुक्रबारबाट विश्वव्यापी प्रदर्शनमा आएको थियो । पहिलो दिन यस फिल्मले घरेलु बक्स अफिसमा २४ करोड भारुको ओपनिङ गर्यो । शनिबार भने फिल्मको कमाइ बढेर ३० करोड पुगेको छ। फिल्ममा अक्षय कुमार, रितेश देशमुख, अभिषेक बच्चन, सञ्जय दत्त, फरदीन खान, श्रेयस तलपदे, नाना पाटेकर, ज्याकी श्राफ, डिनो मोरिया, चंकी पाण्डे, जोनी लिभर र निकितिन धीर लगायतको अभिनय रहेको छ।
झापा, २५ जेठ । शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा तीन हजारले घटेको छ । चाँदीको मोल पनि तोलामा ५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल एक लाख ९० हजार ७०० कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य दुई हजार १४५ निर्धारण भएको छ । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३११ डलर कायम भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन् ।
झापा, २५ चैत । सरकारले चालु वर्षका लागि चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको भए पनि यहाँका किसानले तोकिएको मूल्यमा धान बिक्री गर्न नपाएको गुनासो गरेका छन् । सरकारको सक्रिय खरिद प्रक्रिया नहुँदा किसान दलाल र स्थानीय व्यापारीको भर पर्न बाध्य भएका छन् । सरकारले यस वर्षका लागि चैते धानको समर्थन मूल्य प्रतिक्विन्टल रु दुई हजार ८०० तोकेको छ । झापाका किसानले रु एक हजार ५ सय प्रतिक्विन्टल मूल्य पाउन पनि मुस्किल परेको छ । उक्त मूल्यमा बिक्री गर्दा हाम्रो लागत नै नउठ्ने बाह्रदशीका स्थानीय किसान मनकुमार सङ्ग्रौला बताउनुहुन्छ । सरकारले हामीले उत्पादन गरेको धान किनिदिने हो भने हामीलाई ठूलो…
कचनकवल, २५ जेठ । राष्ट्रिय युवा संघ नेपालको नेतृत्वमा झापाको कचनकवल–१ कुटीमा दुई असहाय आमाहरू उमावती र रामवतीलाई निर्माण गरिएको नयाँ घर आज एक विशेष कार्यक्रमकाबीच हस्तान्तरण गरिएको छ। उनीहरू दुवैजना एउटै दिवंगत श्रीमानका धर्मपत्नी हुन् र हाल आपसी सहारामा जीवनयापन गर्दै आएका छन् । नजिकै बग्ने विरिङ खोलाको बाढीले उनीहरूको जमिन बगाएपछि अति कष्टपूर्ण जीवन बिताइरहेका उनीहरूका लागि राष्ट्रिय युवा संघ नेपालले मानवीय पहलस्वरूप सुरक्षित आवासको व्यवस्था गरेको हो। श्रीमान नभएका कारण आर्थिक, सामाजिक रूपमा कमजोर अवस्थामा रहेका आमाहरूका लागि संघले ‘दुखीको घर, युवाको भरू’ भन्ने नारासहित चार महिना अघि यो अभियानको थालनी गरेको थियो। घर निर्माण अभियान राष्ट्रिय…
झापा, २५ जेठ । मेचीनगर नगरपालिकाको घरपालुवा पशुहरूमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण देखापरेको छ । मेचीनगरको वडा नं २, ३, ७, ८, ९ र १४ मा ‘लम्पी स्किन’ र वडा नं ६ को बङ्गुर फार्ममा ‘अफ्रिकन स्वाइन फ्लू’को सङ्क्रमण पुष्टि भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिए । “लम्पी स्किन र स्वाइन फ्लूको सङ्क्रमण पुष्टि भयो”, उनले भने, “नगरको पशु सेवा शाखाबाट सङ्क्रमण नियन्त्रण र रोकथामका लागि आवश्यक परीक्षण, उपचार र सतर्कताका सात जना प्राविधिक कर्मचारी परिचालन गरिरहेका छौँ । कोशी प्रदेश र सङ्घीय सरकारका निकायमा समेत आवश्यक सहयोग र समन्वयका लागि अनुरोध गरिसकेका छौँ…
सप्तरी, २५ जेठ । सप्तकोशी नदीमा विपद् उद्धार अभ्यासका क्रममा डुबेर बेपत्ता भएका सशस्त्र प्रहरी गोताखोर टोलीका जवान सुरज साउदको शव फेला परेको छ। सप्तरी जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ढकेन्द्र खतिवडाका अनुसार गत बिहीबार डुबेका साउदको शव आइतबार डुबेको स्थानदेखि दक्षिणतर्फ साउदको शव ४ दिन पछि फेला परेको हो। उक्त घटनामा साउदसँगै डुबेका अर्का सशस्त्र प्रहरी जवान हरदेव राजवंशीको शव भने शुक्रबार नै भेटिएको थियो। राजवंशी हनुमाननगर कंकालिनी नगरपालिकाको योगिनियाँ क्षेत्रमा मृत अवस्थामा भेटिएका थिए। प्रहरीका अनुसार, उनी बालुवामा घोप्टिएको अवस्थामा फेला परेका थिए।
झापा, २५ जेठ । सुनसरी र ताप्लेजुङबाट लागुऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेठ २४ गते प्रहरी चौकी नरसिंहटप्पु सुनसरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा इटहरी–१७ का २९ को अबिनाश चौधरीलाई ३५ ग्राम ११० मिलिग्राम ब्राउनसुगर र इलाका प्रहरी कार्यालय इटहरीले इटहरी–६ बाट सोही स्थानका २९ वर्षीय सन्तोष श्रेष्ठ र २९ वर्षीय जीवन बुढाथोकीलाई ९२ एम्पुल लागुऔषधसहित नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय महेन्द्रनगरले १९ किलोग्राम गाँजा सहित प्रदेश १–०२–०५१ प ४८२३ नम्बरको मोटरसाइकल चालक धनकुटा–९ का २१ वर्षीय लक्ष्मण माझीलाई बराहक्षेत्र–१ बाट पक्राउ गरेको छ । त्यस्तै, ताप्लेजुङको फुङलिङ नगरपालिका–७ घर भई हाल फुङलिङ–६ स्थित डेरा…