
झापा, २५ जेठ । बलिउडको कमेडी फिल्म ‘हाउसफुल ५’ ले दुई दिनमा भारु ५४ करोडको व्यापार गरेको छ ।
यो फिल्मले शुक्रबार र शनिबार भारतभर ५४ करोड भारतीय रुपैयाँको व्यापार गरेको हो । यो फिल्म फरक क्लाइमेक्ससहित दुइ भर्सन शुक्रबारबाट विश्वव्यापी प्रदर्शनमा आएको थियो । पहिलो दिन यस फिल्मले घरेलु बक्स अफिसमा २४ करोड भारुको ओपनिङ गर्यो । शनिबार भने फिल्मको कमाइ बढेर ३० करोड पुगेको छ।
फिल्ममा अक्षय कुमार, रितेश देशमुख, अभिषेक बच्चन, सञ्जय दत्त, फरदीन खान, श्रेयस तलपदे, नाना पाटेकर, ज्याकी श्राफ, डिनो मोरिया, चंकी पाण्डे, जोनी लिभर र निकितिन धीर लगायतको अभिनय रहेको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


