
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २३ भदौ । पन्ध्र दिन अघि पर्यटन वर्ष सन् २०२० लाई सफल बनाउने उद्देश्यले शुरु गरिएको भारतको सिलगुढीदेखि काठमाडौँसम्मको सिधा बस सेवाविरुद्ध काँकडभिट्टावासी चर्को विरोधमा उत्रिएका छन् । भारतको पश्चिम बङ्गालस्थित सिलगुढीबाट सिधै काठमाडौँ बस सञ्चालनले काँकडभिट्टावासीको आर्थिक गतिविधि धराशायी बन्ने भन्दै स्थानीय व्यवसायी विरोधमा उत्रिएका हुन् । उनीहरुले ‘काँकडभिट्टा बचाऊ सरोकार समिति’ नै गठन गरेर विरोधका कार्यक्रम शुरु गरेका छन् । नेपालको पर्यटकीय तथा धार्मिक महत्व बोकेको ऐतिहासिक शहर काठमाडौँमा कुनै पनि महत्व नभएको शहर सिलिगुढीबाट सिधै बस प्रवेश हुनु नेपाल–भारतबीच भएको सम्झौता विपरीत रहेको तर्क राख्दै उनीहरुले सरकारसँग सो बस सञ्चालन तत्काल रोक्न माग गरेका छन् ।…
झापा, २३ भदौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० मा पुष्पकमल दाहाललाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिन प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीमाथि दबाब बढेको छ । प्रधानमन्त्री ओली सिंगापुरमा स्वास्थ्य उपचार गराएर स्वदेश फर्केलगत्तै असन्तुष्ट पक्षका नेताले पार्टीको काम चुस्त रुपमा अघि बढाउन दाहाललाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिन दबाब बढाएका हुन् । पार्टीमा दुईजना अध्यक्ष भए पनि कार्यकारी अधिकार ओलीले प्रयोग गर्दै आएका छन् । आजको नागरिक दैनिकमा खबर छ ।
झापा, २३ भदौ । दुई साता लामो उपचारपछि स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र पार्टी दुवै तर्फका काम सुस्तरी अघि बढाएका छन् । उनी बालुवाटारबाट बाहिर निस्केका छैनन् । प्रधानमन्त्री निवासमै सामान्य भेटघाट र सरकारी काम गरिरहेका छन् । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार चिकित्सकले ओलीलाई धेरै धपेडी नगर्न सुझाएका छन् । धेरै मानिस संलग्न हुने कार्यक्रममा सहभागी नहुन पनि सल्लाह दिएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।
झापा, २३ भदौ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसभित्र पछिल्लो समय हिन्दू राष्ट्रका पक्षमा चर्को रूपमा बहस उठ्न थालेका छन् । सो बहसमा शीर्ष तहका नेता नै पछिल्लो समय खुलेरै लाग्न थालेका हुन् । महामन्त्री डा। शशांक कोइरालाले कांग्रेसभित्र हिन्दू राष्ट्र पुनस्र्थापनाको विषय उठाउँदै आएकोमा पछिल्लो समय अन्य नेतासमेत खुल्न थालेका छन् । गत वर्षको पुसमा राजधानीमा सम्पन्न महासमिति बैठकमा संविधान जारी भएयता पहिलोपटक औपचारिक रूपमा हिन्दू धर्मको विषयले प्रवेश पाएको थियो । सो बखत नेता शंकर भण्डारी र महासमिति सदस्य राजुराम जोशीले हिन्दू राष्ट्र पुनस्र्थापनाको मुद्दा महासमितिसम्म ल्याएका थिए भने बैठकमा ७ सय महासमिति सदस्यले हिन्दू राष्ट्रका पक्षमा हस्ताक्षर…
गौरादह, २३ भदौ । झापाको गौरादह नगरपालिका घर भइ काठमाडौमा बसोबास गर्दै आएकी वर्षा श्रेष्ठ रास्ट्रपति बिद्या भण्डारीद्वारा सम्मानित भएकी छिन् । स्नातकोत्तर तह अध्ययनरत श्रेष्ठलाई अर्वान प्लानिङ विषयमा विशिस्ट श्रेणीमा प्रथम भएकोमा ‘ख’ श्रेणीको नेपाल विभूषण पदकद्वारा सम्मानित गरिएको हो ।
सान नेपालगौरादह, २३ भदौ । गौरादह नगरपालिका कार्यालयको बा.२झ २५७० नं. को स्कर्पियो गाडीमा बम बिस्फोट भएको छ । गौरादह–३ धोविनियाका इन्द्रबहादुर कट्वालको घरमा पार्किङ गरेर राखिएको अवस्थामा बम बिस्फोट भइ क्षती पुर्याएको ईलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ । राति करिब १२ः३० बजे ठुलो आवाजसहित बम बिस्फोट भएको स्थानीयले बताएका छन् । बम बिस्फोटको आवाज निकै टाढा टाढासम्म सुनिएको बताइएको छ । बिस्फोटबाट गाडीको अगाडि पट्टीको भाग पुर्णरुपमा क्षति भएको छ भने गाडीका पार्टपुर्जाहरु यत्रतत्र छरिएका छन्, गाडी पार्किङ गरेर राखिएको स्थलको जमिनमा गहिरो खाल्डो परेको र गाडीका टायर्हरु पम्चर भएको तथा नं. प्लेट समेत झरेको अवस्थामा सुरक्षाकर्मीले घट्नास्थललार्इ…
गौरादह, २३ भदौ । झापाको कमल गाउँपालिका अन्तर्गत जीवन चौकमा आगामी असोज ६ गते सोमबारबाट साप्ताहिक हाटबजार सुरु हुने भएको छ । वडा नं. ४ र ६ को संगम स्थल मानिने जीवन चौकमा प्रत्येक सोमबार हप्ताको एक पटक हाटबजार लाग्ने भएको हो । शनिबार सम्पन्न स्थानीयहरुको बृहत भेलाबाट बजार सञ्चालन गर्ने घोषणा गरिएको बताइएको छ । भेलाले राजकुमार तामाङको अध्यक्षतामा २१ सदस्यीय बजार व्यवस्थापन समिति समेत गठन गरिएको छ । गाउँमा बजार नहुदा निकै समस्या रहेको थियो, बजार भर्नको लागि टाढाको बजार सम्म पुग्नुपर्ने हुन्थ्यो, बजार सञ्चालन गर्न पाउदा हर्षित भएका छौँ, नवनिर्वाचित अध्यक्ष तामाङले भने । सामान्य उपभोग्य वस्तु…
भोजपुर, २२ भदौ । भोजपुरको षडानन्द नगरपालिका(१२ माघेछापका २३ बर्षीय दिनेश बि।क। खोलाले बगाएर बेपत्ता भएका छन् । आज बिहान पौने १२ बजे स्थानीय अरुण खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका हुन् । बेपत्ता भएका बि।क।को प्रहरी चौकी देउरालीबाट खटिएको प्रहरी टोली र स्थानीयवासी समेतको टोलीले खोजतलास गरिरहेको तथा खोला बगेको एरियामा पर्ने अन्य प्रहरी यूनिटबाट समेत प्रहरी टोली खटि गई खोजतलास कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
झापा, २२ भदौ । झापाको मेचीनगर नगरपालिका–७ ईटाभट्टामा आज दिउँसो भएको बस दुर्घटनामा परी ९ जना घाईते भएका छन् । आज दिउँसो सवा १२ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ ख ६१६६ नम्बरको बस आफै अनियन्त्रीत भई सडकमा पल्टदा बसमा सवार ९ जना घाईते भएका हुन् । घाईतेहरुलाई ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारको लागि ६ जनालाई बिर्तामोडको बिएण्डसी अस्पताल पठाएको छ भने अन्य ३ जनाको आम्दा अस्पताल धुलावारीमा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ ।
झापा, २२ भदौ (एजेन्सी) । एकताका युएस ओपन टेनिसमा एकछत्र राज गरेकी सेरेना विलियम्स पछिल्लो समय घट्दो उमेरसंगै उपबिजेतामै सिमित बन्नु परेको छ । यसैबीच गए राती भएको युएस ओपन टेनिसको फाइनल खेलमा ३७ बर्षिया सेरेनालाई पराजित गर्दै १९ बर्षिया बियान्का एन्ड्रीस्क्युले उपाधी उचालेकी छन् । उपाधि भिडन्तमा सेरेना विलियम्सलाई हराउँदै बियान्काले पहिलो ग्रान्डस्लाम उपाधि उचालेकी हुन् । सेरेना करियरको २४ औ ग्रान्डस्लाम जित्न पुन एक पटक असफल रहिन् । यो हारसँगै सेरेना पुन चौथा पटक मुख्य प्रतियोगिताको फाईनलमा निराश बन्न पुगिन् । उनी घरेलु मैदानमा कीर्तिमानी ग्रान्डस्लाम जित्न असफल भएकी हुन् ।