
झापा, १५ भदौ । भोटेकोशीमा आएको भीषण बाढीका कारण कोशी प्रदेशका विभिन्न जिल्लामा १५३ जना अझै बेपत्ता भएका छन् । प्रदेशका १४ जिल्लाबाट संकलित विवरणअनुसार कूल बेपत्ता १७६ जनामध्ये २२ जना सम्पर्कमा आएका छन् भने एक जनाको शव फेला परेको छ ।
प्राप्त विवरणअनुसार सबैभन्दा बढी सोलुखुम्बुमा ४२ जना बेपत्ता भएका छन् । त्यस्तै ओखलढुङ्गामा २७, उदयपुरमा २१, सुनसरीमा २०, मोरङमा १६, झापामा १३, इलाममा १२, खोटाङमा ११, ताप्लेजुङमा ५, संखुवासभा र भोजपुरमा ३–३, धनकुटामा २ तथा पाँचथरमा १ जना बेपत्ता भएका छन् ।
सम्पर्कमा आएकामध्ये सुनसरीमा ५, उदयपुरमा ५, ताप्लेजुङमा ३, सोलुखुम्बुमा ३, झापामा १, इलाममा २, ओखलढुङ्गामा २ र खोटाङमा १ जना रहेका छन् । इलामका एक जनाको शव फेला परेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । बेपत्ता तथा मृतकको खोजी र उद्धार कार्य जारी रहेको जनाइएको छ ।


