
मोरङ, १४ भदौ । मिक्लाजुङ गाउँपालिका–१ स्थित सुके–जौवारी सडकमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शनिबार राति भएको दुर्घटनामा ट्याक्टर चालक पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ हंशबारीका २६ वर्षीय शुक्र दमाईँको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका ट्याक्टरका सहचालक पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ एकरातेका २१ वर्षीय किरण राईलाई उपचारका लागि विराटनगर लगिएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
Facebook Comments Box


