झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २० भदौ । ‘जहाँ औषधि त्यहाँ फर्मासिष्ट’ भन्ने विश्वमा मान्यता भए पनि नेपालको हकमा यो लागू भएको छैन । ५० प्रतिशतभन्दा बढी फार्मेसीमा दर्ता गरिएका र तालिमप्राप्त जनशक्तिभन्दा उनीहरुका आफन्त औषधि बेचिरहेका भेटिन्छन् । यसको प्रमुख कारण हो–फर्मास्टि जनशक्ति उत्पादनमा सरकारको उदासिनता । औषधि पसल र बिक्रेताको संख्या हेर्दा देशमा एक फार्मेसीमा बस्न एउटै पनि फार्मासिष्ट पुगेको देखिँदैन । एक फार्मेसीका एक फर्मासिष्ट नहुँदा अदक्ष जनशक्तिबाट औषधी विक्री भइरहेको छ । औषधि व्यवस्था विभागमा करिब २२ हजार फार्मेसी दर्ता छन् । फार्मेसी परिषद्मा करिब १२ हजार फर्मासिष्ट दर्ता छन् । हाल फार्मेसी ३० हजार पुगेको र २० प्रतिशत फर्मासिष्ट…

Read More

झापा, २० भदौ । दुई नेपाली सुरक्षाकर्मीसहित १६ जनाको ज्यान लिने गरी भएको तालिवानी आतंकवादीको आक्रमणपछि बढ्दो सुरक्षालाई लिएर त्यहाँ कार्यरत नेपालीले सुरक्षित ठाउँमा स्थानान्तरण गर्न वा घर फर्काउन माग गरका छन् । सोमबारको आक्रमणमा १२ सर्वसाधारणसमेत मारिएपछि क्याम्पकै कारण तालिवानले आक्रमण गरेको भन्दै स्थानीयले बुधबार क्याम्पमा विरोध प्रदर्शन र तोडफोडसमेत गरेपछि नेपालीले थप असुरक्षा महसुस गरेका हुन् । विरोध प्रदर्शनका क्रममा स्थानीयले क्याम्पको गेट र पार्किङमा राखिएका गाडी जनलाइदिएका हुन् । स्थानीयको भीडलाई नेपाली सुरक्षाकर्मीले बल्लतल्ल नियन्त्रणमा लिएका थिए । शुक्रबार थप ठूलो प्रदर्शन हुने सूचना पाएपछि नेपाली थप चिन्तित छन् । सरकारलाई उनीहरुले जसरी भएपनि फिर्ता गर्न अनुरोध…

Read More

काठमाडौं, १९ भदौ । अमेरिकामा एक नेपालीले ७०० पटकभन्दा बढी पटक बलात्कार गरेको अभियोगमा ३३८ वर्ष जेल सजाय काटिरहेका छन् । पेशाले साक्रामेन्टोस्थित खानेपानी संस्थानका इन्जिनियर रहेका जनकपुरका अजयकुमार देवले यस्तो सजाय भोगिरेका हुन् । उनीमाथि आफ्नै धर्मपुत्री २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोप लागेको छ । त्यो पनि एक या दुईपटक हैन । पाँच वर्षदेखि हरेक साता तीन पटकसम्म । पाँच वर्षसम्म बलात्कृत भएको गणना गर्दा ७३८ पटक हुन आउँछ । यही मुद्दामा सन् २००९ मा क्यालिफोर्नियाकै स्थानीय जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै ३३८ वर्ष जेल सजाय सुनाएको हो ।

Read More

झापा, १९ भदौ । दसैको अग्रीम टिकट बुकिङ गर्ने विषयमा यातायात व्यवसाय राष्ट्रिय महासंघ र सरकारबीच बसेको बैठक एक सातापछि पुनःबस्नेगरी स्थगित भएको छ । यातायात व्यवस्था विभागमा बुधबार बसेको बैठकमा यातायात व्यावसायीहरुले आवश्यक कार्यहरु पूरा गरी एक सातापछि टिकट बुकिङको मिति निर्धारण गर्ने बताएको छ । ग्रामीण क्षेत्रका सडकहरुको मर्मत आवश्यक रहेको भन्दै सडक विभागले तीब्रताका साथ काम अघि बढाउनुपर्ने बताएको हो । विभागका महानिर्देशक गोगनबहादुर हामालले यस वर्षको दसैंमा टिकटको समस्या हुन नदिने ठोकुवा गरेका छन् भने यातायात व्यावसायीहरुले अग्रीम टिकट बुकिङ खोल्नु अगाडि सार्वजनिक यातायातमा वैज्ञानिक भाडा हुनुपर्ने माग गरेका छन् । आजको कारोबार दैनिकमा खबर छ…

Read More

झापा, १९ भदौ । सरकारले चाडबाडलाई लक्ष्य गरी भदौ २३ गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवसहित मंगलबार बसेको बैठकले भदौ २३ गतेदेखि सहुलियत पसल सुरु गर्ने निर्णय गरेको हो । अघिल्लो वर्ष असोज १२ गतेदेखि सहुलियत पसल सञ्चालन भएको थियो । सहुलियत पसलमा बजारमा प्रचलित मूल्यभन्दा प्रतिकिलो २ देखि ५० रुपैयाँसम्म छुट दिइने मन्त्रालयका उपसचिव उर्मिला केसीले बताइन् । मन्त्रालयका अनुसार साल्ट ट्रेडिङ कर्पोरेसन्स लिमिटेड, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, दुग्ध विकास संस्थानसहित निजी व्यवसायीले पनि छुट दिनेछन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

झापा, १९ भदौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बहुराष्ट्रिय तथा वैदेशिक लगानीका कम्पनीलाई भनेअनुसार चन्दा नदिए आक्रमणको धम्की दिएको छ। उक्त दलले बहुराष्ट्रिय कम्पनीलाई धम्कीयुक्त पत्र पठाएर चन्दा मागेको हो । पार्टी प्रवक्ता प्रकाण्डले केही समयअघि कात्तिक महिनासम्म चल्ने चन्दा संकलन अभियान सघाउन भन्दै विज्ञप्तिमार्फत सार्वजनिक अपिल गरेका थिए। चाडपर्व नजिकिँदै जाँदा चन्दा अभियानले तीव्रता पाएको र चेतावनीयुक्त सन्देश आउन थालेको व्यवसायी बताउँछन्। ‘राष्ट्रिय पुँजी तथा उद्यमी–व्यवसायीहरू एकाधिकार पुँजी, दलाल पुँजीपतिवर्ग र भ्रष्टहरूको निशानामा रहेको’ भन्दै चन्द नेतृत्वको नेकपाले चन्दाको दबाब बढाएको छ। ‘उक्त दलका कार्यकर्ताले तारन्तार धम्कीयुक्त सन्देश पठाइरहेका छन्,’ एक बहुराष्ट्रिय कम्पनीका प्रबन्ध निर्देशकले भने।…

Read More

झापा, १९ भदौ । परराष्ट्र मन्त्रालयले आगामी असारभित्र पहिलो चरणको विद्युतीय राहदानी ९ई–पासपर्ट० वितरण थाल्ने योजनासहित ५० लाख ई–पासपोर्ट छपाईका लागि प्रक्रिया अगाडि बढाएको छ । मन्त्रालयको राहदानी महाशाखाले ४५ दिन अवधि तोकेर गत साता अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिसकेको छ । एक वर्षपछि मेसिन रिडेबल पासपोर्ट (एमआरपी) नवीकरण गर्न वा नयाँ लिन पनि ई–पासपोर्ट पद्धतिमै जानुपर्ने हुन्छ । राहदानी महासाखाका निर्देशक एवं सूचना अधिकारी तीर्थराज अर्यालका अनुसार पासपोर्टभित्रै औंठाछाप, पोटो तथा व्यक्तिगत विवरणसहितको चिप्स राखिनेछ । अन्य कतिपय मुलुकमा भने आँखाको रेटिनाजस्ता जैविक पहिचानसहितको ‘चिप्स’ प्रयोग गर्ने गरेका छन् । ‘अहिले जारी भएको एमआरपीले फोटो रिड गर्न नसक्ने भएकाले व्यक्तिगत…

Read More

काठमाडौं, १९ भदौ । नेपाली सेनाको जनता आवास निर्माण कार्यदलले हावाहुरी पीडितले घरको लागत प्रतिघर चार लाख ८५ हजार रुपैयाँ रहेको प्रतिवेदन पेस गरेको छ । सरकारले प्रतिघर निर्माणका लागि पाँच लाख ४५ हजार ९८५ रुपैयाँ ८८ पैसाका दरले रकम उपलब्ध गराएको थियो । कटिन्जेन्सी र निर्माण सामग्रीबाट सेनाले प्रतिघर ६१ हजार एक सय रकम बचत गर्न सफल भएको छ । सेनाको जनता आवास कार्यदलले निर्माण गरिदिएको घरमा दुई कोठा, एक भान्सा, एक शौचालय, बरण्डा छन्। सरकारले बाराका ८०७ र पर्साका ६२ गरी ८६९ घरको प्रमाणपत्र तथा नक्साको कागजसहित हुरीपीडितलाई घर उपलब्ध गराएको हो । आजको गोरखापत्रमा खबर छ ।

Read More

झापा, १९ भदौ । झापाको शिवसताक्षी नगरपालिका(८ स्थित वडा कार्यालयमा बस्ने वर्ष २३ को सरगम भन्ने सागर तिमिल्सिनाले छुरा प्रहार गरी १ जनालाई घाईते बनाएका छन् । बुधबार दिउँसो १२ बजेको समयमा पुर्व रिषिविको कारण उनले सोही नगरपालिका–११ बस्ने वर्ष ३३ को सुरज रिङ्गालुङ राईलाइ छातिको बाँया साइडमा छुरा प्रहार गरी घाइते बनाएका हुन् । घटनाबारे जानकारी पाउनासाथ तत्काल ईलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरीको टोली खटि घाईतेलाई उपचारको लागि बि एण्ड सि अस्पताल विर्तामोड पठाएको थियो भने छुरा प्रहार गर्ने सागरलाई नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ ।

Read More

गौरादह, १९ भदौ । संस्थागत शिक्षक युनियन (इस्टु) का झापा जिल्ला अध्यक्ष होमराज खतिवडालाई मातृ शोक परेको छ । उहाँकी ममतामयी आमा बसुन्धरा खतिवडाको ९५ वर्षको उमेरमा निजी निवास दमकमा स्वर्गारोहण भएको हो । स्व. गंगा प्रसाद, बिदुर, सुरेश र होमराज तथा छोरी देवी माया गरि ५ सन्तान रहेका र उहाँको बुधबार स्थानीय रतुवाघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । झापा अनलाइन परिवार स्वर्गीय माता बसुन्धरा प्रति श्रद्धाञ्जलि एवम् शोकाकुल खतिवडा परिवार हार्दिक समवेदना प्रकट गर्दछ ।

Read More