झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

शिवसताक्षी, १५ बैशाख । झापाको शिवसताक्षी वडा नं. ६ ज्येष्ठ नागरिक भवन निर्माण गरिएको छ । वडाका ज्येष्ठ नागरिकहरुलाई बस्ने रमाइलो गर्ने र विभिन्न कार्यक्रमहरु गर्ने उद्देश्यले वडा नंं. ६ को शिवगञ्जमा ज्येष्ठ नागरिक भवन निर्माण गरिएको हो । वडा कार्यालय र साहरा नेपालको साझेदारीमा उक्त भवन निर्माण गरिएको वडाध्यक्ष मनोज खुलाल कार्कीले बताए । उनले ज्येष्ठ डेढ कठ्ठा जग्गामा १८ लाख ५० हजारको लागतमा भवन निर्माण गरिएको जानकारी दिए । जसमा ११ लाख ५० हजार वडाको विनियोजित रकम रहेको छ । भवनको टिनको छाना रहेको भवनका ३० फुट चौडाई र ८० फुट लम्बाईको शौचालय सहितको भवन निर्माण भएको छ…

Read More

शिवसताक्षी, १३ बैशाख । शिवसताक्षी नगरपालिकामा न्यायिक मेलमिलाप सम्बन्धी तालिम आजबाट सुरु गरिएको छ । समुदायमा न्याय प्राप्तिको पहुँचलाई सरल, छरितो र प्रभावकारी बनाउने उद्देश्यले नगरको न्यायिक समिति, वडाका मेलमिलाम केन्द्र सदस्यहरु तथा नागरिक समाजका अगुवाहरुलाई सहभागी गराई मेलमिलाप तालिम सुरु गरिएको हो । आज शिवसताक्षीको दूधे स्थित होटल हाइजेनिकमा ८ दिवसीय तालिमको उद्घाटन गरिएको हो । तालिम उद्घाटन शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले गरेकी हुन् । उद्घाटनमा नगर उपप्रमुख कार्कीले नगरमा तथा वडामा रहेका विभिन्न किमिमका मुद्धाहरुलाई निष्पक्ष ढंगबाट सरल तरिकाले समाधान सहज होस भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको बताइन् । त्यस्तै शिवसताक्षी नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङफेले…

Read More

शिवसताक्षी, १३ बैशाख । शिवसताक्षी नगरपालिका वडा नं. ६ ले माता तीर्थ औंशीको अवसरमा वडाभरिका २ सय ज्येष्ठ आमाहरुलाई झुल वितरण गर्दै सम्मान गरेको छ । वडाले गर्मी याममा लाग्न सक्ने रोगहरुप्रति सचेत रहँदै स्वास्थ्य र मायाको चिनोस्वरूप ज्येष्ठ माताहरुलाई सम्मान गरिएको हो । आज शिवसताक्षी वडा नं. ६ को ज्येष्ठ नागरिक भवनमा एक कार्यक्रम गर्दै नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की, वडाध्यक्ष मनोजखुलाल, वडासदस्य गोमा रिजाल लगायत जनप्रतिनिधहरुले झुल वितरण गर्नु भएको थियो । झुल वितरण कार्यक्रममा बोल्दै नगरप्रमुख मेगाहाङ्ग थोप्राले वडाले ज्येष्ठ नागरिक लक्षित कार्यक्रम राखेर सराहनीय काम गरेको जानकारी दिनु भयो । ज्येष्ठ नागरिकहरू हाम्रो समाजका जिवन्त…

Read More

झापा, १३ बैशाख । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लामो सङ्घर्ष र जनताको बलिदानबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्ने प्रमुख जिम्मेवारी माओवादी केन्द्रको भएको बताउनुभएको छ । प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारीको शपथ तथा पद हस्तान्तरण कार्यक्रममा उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धिको रक्षा तथा यो शासन व्यवस्थालाई सुदृढ गर्न माओवादी केन्द्र सधैँ लागिरहने बताउनुभयो । आफ्नो पार्टी जनतासँगको सम्बन्धलाई सुदृढ गर्ने प्रयासमा रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले हुलाकी राजमार्ग केन्द्रित अभियानपश्चात् मध्यपहाडी लोकमार्ग र उपत्यकासहित सहरी क्षेत्रमा पनि अभियान सञ्चालन गरिने बताउनुभयो । पृथक् प्रसङ्गमा अध्यक्ष दाहालले चिकित्सक एवं…

Read More

भद्रपुर, १३ बैशाख । सरकारले निर्धारण गरेको नियममा रहेर सामाजिक सुरक्षा कार्यक्रममा झापाका संस्थागत विद्यालय जाने सहमती भएको छ । प्याब्सन झापा तथा इस्टु झापा बीच योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा झापाका संस्थागत विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक कर्मचारी अनिवार्य समावेश हुनुपर्ने बाद्यात्मक अवस्था रहेकाले सरकारले तोकेकै नियममा रहेर समावेश हुने सहमती भएको हो । यस कार्यक्रममा सहभागी हुँदा शिक्षक कर्मचारीले खाइपाइ आएको तलवबाट १० प्रतिशत रकम कट्टा हुने र सविद्यालयले २० प्रतिशत थप गरी सामाजिक सुरक्षा कोषमा जम्मा गर्नु पर्ने प्रावधान पूर्ण पालना गर्ने दुवै पक्षबाट सहमती बनेको छ । इस्टु झापाका अध्यक्ष होमराज खतिवडाका अनुसार सामाजिक सुरक्षा कार्यक्रममा झापाका…

Read More

झापा, १३ बैशाख । झापाको बिर्तामोड नगरपालिकाले स्थानीय कृषकको आर्थिक जीवनस्तर उकास्ने उद्देश्यले यस वर्ष उन्नत जातको बाख्राका सात सय वटा पाठा कृषकहरूलाई वितरण गरेको छ । नगरका १० वटा वडाका पशुपालक किसानमध्ये गोला प्रथाबाट छनोट गरेर १६ वटा कृषक समूहका २४० जना कृषकलाई ७२० वटा बाख्रा वितरण गरिएको नगरपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखाकी अधिकृत सावित्रा दाहालले जानकारी दिनुभयो । अधिकृत दाहालले कृषकलाई दिइएको बाख्रा र बङ्गुरको बीमा पनि गरिएको बताउनुभयो । गोला प्रथाबाट छनोटमा परेका समूहमा आबद्ध हरेक कृषकले तीन वटाका दरले उन्नत जातको बाख्राको पाठा पाउने गरेका छन् । एउटा समूहमा एउटा बीऊ बोका समेत दिइने गरिएको…

Read More

कनकाई, १३ बैशाख । झापाको कनकाई नगरपालिकाले सामुदायिक कुकर नियन्त्रणका लागि पहल थालेको छ। नगरपालिका वैशाख १२ गते एक सूचना जारी गरी सामुदायिक कुकुर पालेकाहरूलाई आआफ्नो नियन्त्रणमा राख्न सूचना जारी गरेको छ । कनकाई नगरपालिका क्षेत्रभित्र सामुदायिक कुकुर यत्रतत्र सडकहरूमा छरिएर हिँडडुल गर्नाले वृद्धवृद्धा, वालवालिका तथा बटुवाहरुमा समस्या हुने गरेकाले नियन्त्रणका लागि सार्वजनिक सूचना जारी गरिएको कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले बताउनुभयो । सामुदायिक कुकुरका कारण सडक दुर्घटना तथा रेविज जस्ता प्राणघातक जुरोटिक रोगहरु समेत आमनागरिक लगायत पशुहरुमा फैलन सक्ने हुनाले सामुदायिक कुकुर पाल्नु भएको घरधनीहरुले आ-आफ्नो नियन्त्रणमा राखी सामुदायिक कुकुर वृद्धि हुन रोकथामका लागि सहयोग अपिल गरिएको…

Read More

काठमाडौँ, १२ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । शुक्रवार काठमाडौँमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उन्ले यस्तो बताएका हुन् । मन्त्री गुरुङले मेटालाई नेपालमा दर्ता हुन आग्रहसहित पटक पटक सूचना जारी गरे पनि नमानेको बताए । ीबहmष् कगलचष्कभ दबलप द्दण्घद्धउनले तेस्रो पटकको सूचनाको मिति केही दिनअघि सकिएको भन्दै अबको ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिवन्ध लगाउने चेतावनी दिए । क्जष्खबm ऋझभलतमन्त्री गुरुङले नेपालबाट पल–पलमा पैसा मेटाको कार्यालयमा गएको भन्दै मेटाले नेपालमा दर्ता भई कर तिर्नुपर्ने बताए । उनले मेटाले नेपालको…

Read More

अत्यधिक पसिना आउँदा शरीरमा विभिन्न प्रकारका ग्रन्थीले काम गरेका हुन्छन् । महिला र पुरुषले भिन्दाभिन्दै परिमाणमा पसिना निकाल्छन् । औसत प्रौढ पुरुषले हरेक दिन सोही उमेरका महिलाको भन्दा चार गुणा बढी पसिना निष्कासन गर्छन् । एक्सपेरिमेन्टल फिजियोलोजी नामक जर्नलमा प्रकाशित एक अध्ययनअनुसार व्यायामका क्रममा महिलाले भन्दा पुरुषले बढी प्रभावकारी ढंगले पसिना निष्कासन गर्छन् । कतिपयले धेरै पसिना आउनुलाई घट्दो फिटनेससँग तुलना गरे पनि यो सत्य होइन । बढ्दो व्यायामले शरीरलाई चिसो बनाउँछ । पसिनाबाट आउने पानी उडेर शरीरलाई चिसो बनाउँछ र शरीरलाई बढी तातो हुनबाट जोगाउँछ । पसिनालाई वंशाणुगत तत्त्व हिस्टोकम्प्याटिबिलिटी कम्प्लेक्सले पनि प्रभाव पार्छ । यिनै तत्त्वहरूका कारण विभिन्न…

Read More

आगामी बैशाख २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ऊनको स्वीटर’को प्रचारलाई अझ प्रभावकारी बनाउन सांगीतिक कार्यक्रम आयोजना गरिने भएको छ । देशका दुई ठूला सहर पोखरा र धरानमा चर्चित गायक सुजन चापागाईँले सांगीतिक प्रस्तुति दिन लागेका हुन् । ‘ऊनको स्वीटर साँझ’ शीर्षकको कार्यक्रममा सुजनले फिल्ममा समावेश गीतहरुमा प्रस्तुति दिने जनाइएको छ । पोखराको लेकसाइडस्थित हल्लन चोकमा शुक्रबार (आज) अपराह्न ४ बजेबाट सुरु हुने कार्यक्रममा गुरुङ समूहले ‘मखमली’ गीतमा र फिल्मका मुख्य कलाकारहरू एलेक्स पारस र परीक्षा लिम्बुले ‘काफ्ले’ गीतमा नृत्य प्रस्तुति दिनेछन् भने सुजन चापागाईँले ‘फूल’ गीत गाउनेछन् । झलकमान गन्धर्वको जन्म जयन्तीको अवसर पारेर सुजनले झलकमानका कालजयी गीतमार्फत श्रद्धाञ्जली…

Read More