
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १० भदौ । पार्टी शीर्ष तहका नेताहरु भनाभनमा उत्रिएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नेताहरुको विषयमा व्यक्तिगत टिप्पणी गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ । पार्टीका जिम्मेवार नेताहरु नै व्यक्तिगत टीकाटिप्पणीमा उत्रिएपछि पार्टीले नेता तथा कार्यकर्ताको व्यक्तिगत विषयमा प्रश्न उठाउनुपरेमा पार्टीभित्रै प्रक्रियागत ढंगबाट उठाउनुपर्ने निर्णय गरेको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को अध्यक्ष्यमा बसेको बैठकले सबै तहका नेता, कार्यकता तथा सदस्यलाई पार्टीको नीति एवं नेतृत्वको सम्बन्धमा असहमति वा आलोचना वा विरोध भएमा पार्टीको विधानमा उल्लेख भएअनुसार प्रस्तुत हुन निर्देशन दिएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।
काठमाडौं, १० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा देखिएको ‘मिर्गौलासम्बन्धी एन्टिबडी’को उपचारअन्तर्गत ‘प्लाज्माफेरेसिस’ प्रक्रिया ७ पटक गरिने भएको छ । बिहीबार सिंगापुर पुगेका प्रधानमन्त्री ओलीको शुक्रबारदेखि नेसनल युनिभर्सिटी अस्पतालमा दिन बिराएर प्लाज्माफेरेसिस थालिएको छ । हालसम्म उनको शुक्रबार र आइतबार गरी दुई पटक प्लाज्माफेरेसिस भइसकेको छ । मंगलबार फेरि गरिदैँ छ । यस अघि साउन १८ देखि २७ गतेसम्म सोही अस्पतालमा प्रधानमन्त्रीको परीक्षणसँगै विभिन्न औषधिसमेत चलाएको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।
झापा, १० भदौ । नेपालीहरु काम गर्न तथा अध्ययनका लागि बिदेसिने क्रम बढिरहेको बेला विदेशबाट नेपालमा काम गर्न तथा पढ्नकै लागि विदेशीहरु आउने गरेको पाइएको छ । अध्यागमन विभागका अनुसार सन २०१८ मा विभिन्न मुलुकबाट २ हजार २ सय ८८ जना विदेशी नागरिक वर्किङ भिसामा नेपाल आएका छन् । यस्तै, सन् २०१९ को अगस्टसम्ममा विभिन्न देशका १ हजार ३ सय ८४ जना विदेशीले नेपालमा काम गर्न भिसा अनुमति प्राप्त गरेका छन् । विभागका अध्यागमन अधिकृत राजेश महर्जनले सन् २०१८ र २०१९ को अगस्टसम्म ३ हजार ६ सय ७२ जना विदेशी नागरिकले वर्किङ भिसा अनुमति प्राप्त गरेको जानकारी दिए । आजको…
झापा, १० भदौ । सत्तरी वर्ष माथिका जेष्ठ नागरिकलाई आन्तरिक उडानको हवाई भाडामा ५० प्रतिशत छुट दिने योजना कार्यान्वयनमा ल्याउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले जनाएको छ । पर्यटनमन्त्री योगेश भट्टर्राले १४१ बुँदे कार्ययोजना सार्वजनिक गर्दै उक्त कार्यक्रमसहित उड्डयान क्षेत्रका सुधारका योजना सार्वजनिक गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा सञ्चालनमा ल्याउने, जनशक्ति उत्पादनका लागि फ्लाइङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्नेलगायतका योजना उनले सार्वजनिक गरेका हुन् । आजको कारोबार दैनिकमा छ ।
झापा, १० भदौ । सरकारले आगामी तीन वर्षभित्र प्रत्येक घरमा बिजुली पुर्याउने महत्त्वाकांक्षी योजना अघि सारेको छ । नेपाल विद्युत् प्राधिकरणले सरकारले मार्गनिर्देशन अनुसार प्रत्येक घरधुरीमा विद्युत्को पहुँच पुर्याउने योजना अघि सारेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सन् २०२२ भित्र मुलुकभरका प्रत्येक घरधुरीमा बिजुली पुर्याउने उद्घोष गरेका छन् । ‘हामीले सन् २०२२ सम्म सम्पूर्ण नेपाली जनताको घरदैलोमा विद्युत् सेवा पुर्याउने योजनासहित काम गरिरहेका छौँ,’ उनले भने, ‘अहिले धमाधम काम भइरहेको छ ।’ आजको नागरिक दैनिकमा खबर छ ।
बिर्तामोड, ९ भदौ । झापाका साप्ताहिक पत्रिका सम्पादकहरुको भेलाले पत्रकार तीर्थ सिग्देलको अध्यक्षतामा सोमबार साप्ताहिक पत्रिका सञ्जाल झापा गठन गरेको छ । सञ्जालको उपाध्यक्ष विष्णु पौडेल, महिला उपाध्यक्ष इन्दु पूर्वेली, सचिवमा राजु पाठक, सह–सचिवमा सेलिङ केसी र कोषाध्यक्षमा डम्बर बराल चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा द्रोण अधिकारी, राजन साम्पाङ, अनिल वाग्ले, राम निरौला, बेणु अधिकारी चयन भएका छन् । सञ्चालको सल्लाहकारमा गोविन्दचन्द क्षेत्री, कृष्ण हुमागाई, माधव विद्रोही, राजबाबु शंकर, गञ्ज दाहाल, दिपीन राई, माया पकुवाल रहेका छन् । कार्यक्रममा गोविन्दचन्द क्षेत्री, कृष्ण हुमागाईं, राजबाबु शंकर, माधव विद्रोही लगायतले मन्तव्य राखेका थिए । उनीहरुले झापामा साप्ताहिक पत्रपत्रिकाले भोग्दै आएको समस्या र आगामी दिनमा अपनाउनु पर्ने…
बिर्तामोड, ९ भदौ । प्रतिदिन दैनिकका सम्पादक राजेन्द्र गौतमले आफ्नो ४३औं जन्मदिन भिन्न तरिकाले मनाएका छन् । उनले आफ्नो जन्मदिन आज बिर्तामोड–९ स्थित उज्यालो दुर्गा बालक्लब गरामनीका ७० बढी बालबालिकालाई खेलकुद र शैक्षिक सामग्री वितरण गरेर मनाएका हुन् । आफ्नो जन्मदिनमा केही रचनात्मक काम गरेर मनाउने परम्परालाई यसपटक पनि गौतमले निरन्तरता दिएका हुन् । गौतमले यसअघि पनि बिर्तामोड(१०को ज्ञानकुन्ज पुस्तकालय तीन सय भन्दा बढी पुस्तक जन्मदिनमा नै दिएका थिए । विभिन्न संघसंस्था र अनाथ बालबालिकालाई जन्म दिनमा सहयोग गर्दै आएका उनले यसपटक पनि उक्त कामलाई निरन्तरता दिएका हुन् । बालबालिकालाई अध्ययन साथसाथै खेलकुदमा पनि प्रेरित गर्नु पर्छ भन्ने सोचले ४३औं…
बिर्तामोड, ७ भदौ । जिल्ला कारागार झापामा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी रहेका छन् । चार सय कैन्दीबन्दी क्षमता भएको कारागारमा हाल क्षमताभन्दा तीन गुणा बढी एक हजार १३६ जना कैन्दीबन्दी रहेका छन् । जसका कारण कैन्दीबन्दीको दैनिकी कष्टर बनेको छ भने उनीहरुको व्यवस्थापन गर्न कारागार व्यवस्थापनलाई समस्या भएको छ । झापा कारागारको क्षमता ३५० पुरुष र महिला ५० गरी जम्मा ४०० जनाको हो । कारागारमा एक हजार ४६ पुरुष, ९० महिला कैन्दीबन्दी र ५ जना बालबालिका आश्रित रहेको जिल्ला कारागार झापाका प्रमुख राजेन्द्र निरौलाले जानकारी दिनुभयो । क्षमताभन्दा तेब्बर कैदीबन्दी भएकाले आवास, विद्युत्, खानेपानी, स्वास्थ्योपचार लगायतको व्यवस्थापनमा समस्या हुने…
झापा, ८ भदौ । धरानमा तीन महिना बितिसक्दा पनि डेंगु नियन्त्रण हुनुको सट्टा फैलन क्रम जारी छ । उदयपुर, पाँचथर र मोरङ लगायत जिल्लामा पनि डेंगुबाट संक्रमित बिरामीको संख्या बढिरहेको छ । धनारनमै मात्र यस्ता संक्रमितको संख्या ५ हजार नाघेको छ । मलुकमा तीन महिनादेखि महामारीका रुपमा फैलिएको डेंगु संक्रमण नियन्त्रण विफल प्रायः भएको छ । साउनयता ३६ जिल्लामा १ हजार १ सय ८६ डेंगुका बिरामी भेटिएका छन् भने वैशाखदेखि असारसम्म ४२ जिल्लामा ३ हजार ४ सय २५ जनामा डेंगु संक्रमण पाइएको छ । संक्रमण विस्तारको तुलनामा नियन्त्रण प्रयास प्रभावहीन छ । नियन्त्रणका लागि खट्नुपर्ने जिम्मेवार निकायमा जनशक्ति नै नभएकाले…
झापा, ८ भदौ । सशस्त्र द्वन्द्वका बेला सरकार र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शान्ति वार्तामा ल्याई शान्ति सम्झौता गराउन तत्कालिन नेकपा (एमाले)का महासचिव माधवकुमार नेपालले भूमिका निर्वाह गरेका थिए । शान्ति प्रक्रिया सुरु भएपछि उत्पन्न जटिल राजनीतिक परिस्थितीमा प्रचण्डलाई सहमतिमा ल्याउन नेपालले नै समन्वयकारी भूमिका निर्वाह गरेका थिए । त्यतिबेला नेपाल र प्रचण्ड समान हैसियतमा थिए । उहाँ तत्कालिन नेकपा (एमाले)का महासचिव र प्रचण्ड विद्रोही माओवादीका अध्यक्ष । अहिले परिस्थिती मोडिएको छ । दुबै पार्टी एक भएका छन् । दुबै नेता एकै पार्टीका नेता छन् तर हैसियत समान छैन । प्रचण्ड अध्यक्ष छन्, नेपाल एकीकृत पार्टीको चौथो वरियतामा…