
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
चन्द्र बस्नेत कनकाई, १४ पुस । झापाको कनकाई नगरपालिका भित्रका विभिन्न कालोपत्रे सडकको स्तर उन्नति गरिएको छ।कनकाई नगरपालिका १, २ र ७ मा रहेका विभिन्न बाटोको १ हजार ६ सय ३५ मिटर सडकको एकैसाथ कालोपत्रेको स्तरोन्नती गरिएको हो । कनकाई-१ स्थित जुकेकल्वोट देखी दक्षिण कनकाई-७ को भृकुटीमार्ग जोड्दै पुर्वमा भृकुटी स्कुल सम्म पश्चिममा पनि विभिन्न बिग्रेका स्थानमा त्यसैगरी डाडागाउ स्थित जामनबारी सामुदायिक बन जाने सडकोको विभिन्न स्थानमा कालोपत्रे सडको स्तरउन्ति गरिएको हो । वडा नम्बर १ जुलेकल्वोटबाट दक्षिण ७ न जोड्ने शान्तिमार्गको ८ सय ८४ मिटर त्यसगरी भृकुटीमार्गमा १ सय ९४ मिटर र वडा न २ मा रहेको डाडागाउ मार्गमा…
झापा, १४ पुस । झापाको मेचीनगर नगरपालिका–९ स्थित गौरीगाउँबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार साँझ मेचीनगर नगरपालिका–९ स्थित गैरीगाँउमा लागुऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षक पाण्डवलाल राजवंशीको कमाण्डमा खटिएको प्रहरी टोलीले सोही स्थानका सालु भन्ने २८ वर्षीय अजय राजवंशीलाई पक्राउ गरेको हो । कोठामै फेला पारेका उनलाई शंका लागेर शरीर चेकजाँच गरी कोठा समेत खानतलासी लिँदा उनको सुत्ने कोठाबाट विभिन्न कम्पनीको मोबाइल ५ थान, विभिन्न दरका नेपाली नगद ५० हजार १५०, साइकल थान १ र साइकलको हेण्डलको प्वाल भित्र लागुऔषध ब्राउनसुगर जस्तो देखिने खैरो रङको लिसाइलो पदार्थ प्लाष्टिकसहित ५…
कचनकवल, १४ पुस । झापा जिल्लाको कचनकवल गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण, आवश्यक पहिचान, तथा परिचयपत्र वितरण शिविर सम्पन्न भएको छ। कचनकवल गाउँपालिका, प्रदेश सरकार, र करूणा फाउन्डेसनको त्रिपक्षीय सहकार्य र राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक सहयोगमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत उक्त शिविर सञ्चालन गरिएको हो। गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीका अनुसार, शिविरमा २४९ जनालाई नयाँ अपाङ्गता कार्ड वितरण गरिएको छ। अध्यक्ष राजवंशीका अनुसार, गाउँपालिकाका ७ वटा वडामा पुस ७ गतेदेखि १३ गतेसम्म सञ्चालन भएको शिविरमा ८३० जनाले सेवा लिएका थिए। गाउँपालिका उपाध्यक्ष एवं अपाङ्गता समन्वय समितिका संयोजक नवराज भट्टराईका अनुसार, ७ दिनसम्म सञ्चालन भएको शिविरमा…
इलाम, १४ पुस । इलामको सन्दकपुरमा रहेको डेरी उद्योगमा आगलागी हुँदा करिव ३० लाखबराबरको क्षति भएको छ । शनिबार सन्दकपुर–३ तालगाउँ बस्ने ४४ वर्षीय सागर खतिवडाको टिनको छानो सिमेन्टले प्लस्टर गरेको दुईतले घरमा आफैले संचालन गरेको अनुकूल दुध डेरीमा आगलागी भएको हो । दुध तताउने क्रममा डेरीमा अचानक भएको सो आगलागीबाट घर, घरभित्र रहेको अन्नपात, लत्ताकपडा र डेरी पूर्णरुपमा जलेर नष्ट हुँदा अन्दाजी ३० लाखबराबरको क्षति भएको इलाम प्रहरीले जनाएको छ । प्रहरी चौकी बन्दुकेबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा पूर्णरुपमा आगो नियन्त्रणमा आएको थियो ।
झापा, १४ पुस । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटनाग्रस्त भएको छ । १८१ जना सवार सो विमानमा कम्तीमा २८ जनाको मृत्यु भएको योनहाप समाचार एजेन्सीले उल्लेख गरेको छ। विमान धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किएको जनाइएको छ । १७५ यात्रु र छ जना चालक दलका सदस्य रहेको जेजु एयरको विमान थाइल्याण्डको बैंककबाट फर्किरहेको र अवतरण गर्ने क्रममा दुर्घटना भएको बताइएको छ। अन्यको उद्धार कार्य जारी रहेको समाचारमा उल्लेख छ । आइतबार बिहान दुर्घटना भएको विमानमा रहेका यात्रुहरूमा १७३ जना दक्षिण कोरियाली र दुई जना थाई नागरिक थिए। दुर्घटनाको कारण स्पष्ट नभएपनि चरा ठोक्किएर वा अवतरण गियर बिग्रिएर दुर्घटना भएको हुनसक्ने…
झापा, १४ पुस । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर साधरणतया देखि पूर्णतया बदली रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपात हुनुको साथै पश्चिम नेपालका केही ठाउँमा वर्षा भइरहेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का वर्षा साथै हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक बदली…
झापा, १४ पुस । कालिकोटको ओडानाकु केन्द्रबिन्दु भएर आज बिहान ३.६ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प बिहान ५ः०९ बजे गएको हो। भूकम्पको कारण कुनै जनधनको क्षतिको विवरण अहिलेसम्म प्राप्त नभएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । साना भूकम्पहरू सामान्यतः जमिनको प्लेटहरूको हलचलका कारण हुने गर्छन्।
कनकाई, १३ पुस । झापाको कनकाई नगरपालिका–१ र ७ मा कार्य क्षेत्र रहेको शिद्वेश्वर शिवपान्चायान कृतन मन्डलीको अध्यक्षमा पुनःकृष्णमाया ढकाल तथा सचिवमा शुस्मा भट्टराई ( बस्नेत) चयन हुनुभएको छ। शनिबार आज कनकाई बिहानी क्लबको सभाहलमा भएको कृतन मन्डलीको दोस्रो साधारणसभा तथा पहिलो अधिवेशनबाट अध्यक्षमा पुनः ढकाल र सचीवमा बस्नेत सर्व सहमत चयन हुनुभएको हो।त्यस्तै उपाध्यक्षद्व्यमा कमला कार्की र तुलसा कार्की (थापा) , सह-सचीवमा निर्मला बानिया,कोषाध्यक्षमा सुरेखा शर्मा घिमिरे) चयन हुनुभएको हो। त्यसै सदस्यहरुमा चन्द्रा मिश्र (ढकाल) दुर्गा तिम्सिना, छनी हास्दा, निसुका बस्नेत, तिलरुपा भट्टराई (अधिकारी) पवित्रा बस्नेत मेनुका ओली बालिका थापा,बन्दना अधिकारी गरी १५ सदस्यीय समिति गठन गरिएको बताएको छ।…
पाँचथर, १३ पुस । पाँचथरको फिदिममा सञ्चालन भइरहेको ११ औँ संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा एनआरटीलाई हराउँदै मच्छिन्द्र फाइनलमा प्रवेश गरेको छ । शनिबार फिदिम मावि.को खेल मैदानमा सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा मच्छिन्द्र फुटबल क्लबले न्यु रोड टिम (एनआरटी) फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । मच्छिन्द्रका दयानन्द लाङबामले खेलको १० औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच चर्च मच्छिन्द्रका देवेन्द्र तामाङ घोषित हुँदै नगद १० हजार प्राप्त गरे । सोमबार हुने फाइनल खेलमा मच्छिन्द्र फुटबल क्लब काठमाडौँ र चर्च व्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । फिदिम स्पोर्टिङ…
दिपेश राजवंशीझापा, १३ पुस । यतिबेला सुपारीको मुख्य सिजन भएता पनि झापाका सुपारी बगान यस वर्ष सुनसान छन् । सुपारीको डीएनए परीक्षण गरेर मात्र निर्यात गर्न संसद्को विषयगत समितिले सरकारलाई निर्देशन दिएपछि दुई वर्ष यता सुपारी निर्यात ठप्प भएको छ । जसका कारण झापा सहित पूर्वि जिल्लाका सुपारी किसान तथा प्रसोधनकर्ता निराश बनेका छन् संसदीय समितिले डिअक्सि राइबोन्यूक्लिक एसिड अर्थात् डीएनए परीक्षण पछि मात्रै सुपारी निर्यात अनुमति प्रदान गर्न सरकारलाई निर्देशन दिएपछि सुपारीको व्यापार ठप्प भएको छ । उत्पादन भएको सुपारी बेच्न नपाएपछि किसानले सुपारी टिप्न पाएका छैनन् भने प्रसोधनकर्ताले घर गोदामै थन्काउनु परेको छ । झापा मेचीनगर–४ का किसान…