झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

ताप्लेजुङ, १६ साउन । ताप्लेजुङको सिरिजंघा गाउँपालिका–१ की २ वर्षीया बालिका सुम्निमा इवाराम हराएको दुई दिनपछि फेला परेकी छिन् । घरबाट हराएकी उनलाई प्रहरी र आफन्तले ५० घण्टापछि जंगलमा भेटेका हुन् । सदरमुकाम फुङ्लिङबाट गएको प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापा नेतृत्वको टोलीले बालिकाको उद्धारपछि परिवारलाई जिम्मा लगाएको छ । उता बालिकाकी आमालाई भने नानी हराएको पीरमा विष सेवन गरेकाले अस्पताल भर्ना गरिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

झापा, १६ साउन । बिर्तामोड–६ रुपा लिम्बु (नाम परिवर्तन) पुस अन्तिम साता कुवेत जान भनी निस्किइन् । काँकडभिट्टा पार गरेर जलपइगुडी रेल्वे स्टेसनबाट करिब २४ घन्टा रेल यात्रापछि दिल्ली पुुगिन् । त्यहाँ पुगेर आफूलाई कुवेत पठाउने एजेन्टलाई फोन गरिन् । एजेन्टले एउटा भाडाको घरमा लगेर राखे । त्यहाँ अरु महिला पनि थिए । रुपा दिल्ली पुगेको एकसातापछि आइपुगिन्, रौतहटको गुजारा नगरपालिका–२ की सानीमाया घिसिङ (नाम परिवर्तन) । सानीमाया साउन १ गते सुनौली नाका पार गरेर दिल्ली पुगेकी थिइन् । रुपालाई झापाकै गोपाल बराइली नामका एजेन्टले दिल्ली पु¥याएका थिए । सानीमाया राज नामका एजेन्टको साथ लगेर डिल्ली पुगेकी थिइन् । दुवैले…

Read More

काठमाडौँ, १६ साउन । विप्लव नेतृत्वको नेकपाले कैलालीमा ४४ बिघा जग्गा कब्जा गरेको छ । जिल्लाको बर्दगोरिया गाउँपालिकामा रहेको ४४ बिघा जग्गा कब्जा गर्दै आफ्नो पार्टीको झन्डा गाडेको छ । बुधबार बर्दगोरिया जनपरिषद् प्रमुख अनुकूलको नेतृत्वमा उक्त जग्गा कब्जा गरेको भन्दै ब्यानर टाँसेको छ । तत्कालीन माओवादी द्वन्द्वका क्रममा समेत कब्जा गरिएको उक्त जग्गा फेरि विप्लव समूहले कब्जामा लिएको हो । विप्लव नेतृत्व पार्टीले स्थानी राजेन्द्र मल्ल र वीरबहादुर मल्लको घरसँगै रहेको ३५ बिघा जमिन, देवबहादुर मल्लको ८ बिघा जमिन र घर तथा सुदूरपश्चिमाञ्चल ग्रामीण विकास बैंकको स्वामित्वमा रहेको १७ कठ्ठा कब्जा गरेको जनाएको छ । आजको राजधानी दैनिकमा खबर…

Read More

उदयपुर, १५ साउन । उदयपुर कटारी नगरपालिका–८ थलिया बस्ने गंगा बहादुर पुलामी मगरको छोरा ११ बर्षीय हर्क बहादुर पुलामी मगरको पानीमा डुबेर मृत्यु भएको छ । हर्क बहादुर हिजो १० बजे घरबाट करिब ५० मिनेटको दुरीमा रहेको लल्लरी खोलामा साथीहरुसंग पौडी खेल्न भनी गएकोमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको आफन्तले साँझ ईलाका प्रहरी कार्यालय कटारीमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी प्रकृया तथा अनुसन्धान भईरहेको उक्त कार्यालय जनाएको छ ।

Read More

बिर्तामोड, १५ साउन । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था मंगलबारदेखि ८औं वर्षमा प्रवेश गरेको छ । सात वर्षे सञ्चालन अवधिमा सो संस्था प्रदेश १ का सहकारीमाझ उत्कृष्ट सूचीको १०औं मध्येमा पर्न सफल भएको सो अवसरमा जनाइएको छ । झापामा सञ्चालित सहकारीमध्ये छोटो समयमा प्रगति गरेको हाम्रो नेपाल प्रदेश कै गणनामा पर्ने सहकारी बन्न सकेको झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले खुशी व्यक्त गरे । सातौं स्थापना दिवस कार्यक्रमका प्रमुख अतिथि रहेका जिल्ला संघका अध्यक्ष ढकालले कार्ययोजना र नीति अनुरुप चले प्रगति गर्न समय नलाग्ने उदाहरण हाम्रो नेपालले पेस गरेको बताए । स्थापना दिवसमा सहकारीले आयोजना गरेको अन्तरसंवाद…

Read More

झापा, १५ साउन । असार १५ मा दहीच्युरा खाएको एक महिनापछि साउन १५ मा सबैलाई खिर खाने चटारोले छुन्छ । परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने सामाजिक मान्यता नेपाली समाजमा छ । कृषि उपजसँग सरोकार राख्ने खिर सम्झँदा नै सबैको जिब्रो रसाइहाल्ने खाद्य पदार्थमा गनिँदै आएको छ । बुधबार मुलुकभर खिर भोजन गरेर साउन १५ मनाइँदै छ । साउन १५ मा खिर खानु सांस्कृतिक मात्रै नभई वैज्ञानिक महìव पनि रहेको हुन्छ । आयुर्वेद चिकित्सक डा. अमितमान जोशी भन्छन्, “वर्षात्को समय तथा गर्मी महिना भएकाले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने हुनाले रोग प्रतिरोधात्मक शक्ति बढाउनुपर्ने हुन्छ…

Read More

काठमाडौं, १५ साउन । बजारमा पाइने अधिकांश तेल, घिउ र प्रशोधित खानेपानीमा समस्या देखिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विगतमा अनुगमन गर्दा घिउतेल र पानी बढी अशुद्ध भेटिने गरेका थिए । पछिल्लो समय पनि यिनै वस्तुमा बढी कैफियत भेटिएको हो । विभागले गत आर्थिक वर्षमा ४ हजार ८ सय १३ नमुना संकलन गरेको थियो । खाद्य र दाना ऐनबमोजिम १ हजार ७ सय १७ नमुना परीक्षण र विश्लेषण गर्दा सबैभन्दा बढी खानेपानी, तेलघिउ र दुग्ध पदार्थ अशुद्ध देखिएको हो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

काठमाडौँ, १५ साउन । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफैँले रोजेको ठाउँमा सेवा गर्न नजाने कर्मचारीलाई जागिरबाटै बर्खास्त गरिने बताएका छन् । उनले कर्मचारीले रोजेकै तहमा सरकारले समायोजन गरेको हो तर अझै पनि अटेर गरेर खटाएको ठाउँमा नजाने कर्मचारीलाई जागिरबाटै बर्खास्त गर्नुको विकल्प नभएको स्पष्ट गरे । मङ्गलबार गोरखापत्रसँग कुरा गर्दै मन्त्री पण्डितले सरकारले सेवा प्रवाहका लागि सङ्घ, प्रदेश र स्थानीय तीनै तहमा कर्मचारी समायोजन गरेको र अहिले अधिकांश कर्मचारी खटाएको ठाउँमा हाजिर भई सेवा प्रवाह गर्न थालिसकेको जानकारी दिए । मन्त्री पण्डितले भने, “केही कर्मचारीले अझै पनि अटेर गरेका छन्, त्यस्ता कर्मचारीलाई सरकारले बर्खास्तसम्म गर्न सक्छ ।…

Read More

काठमाडौँ, १५ साउन । लामो प्रयासपछि पुनः सञ्चालनमा आएको तातोपानी नाका भूकम्पअघिको अवस्थामा फर्कन सकेको छैन । चार वर्षदेखि बन्द नाका खुले पनि मानिस आउजाउ गर्न नपाएका कारण चहलपहल शून्य छ । मालबाहक गाडी मात्र आउजाउ गर्न पाउने सहमतिपछि चीनले नाका खुलाएको थियो । नेपाल–चीन जोड्ने प्रमुख नाका प्रभावकारी रूपमा सञ्चालन हुन मानिस पनि सहज रूपमा आउजाउ हुनुपर्ने माग स्थानीयको छ । आफ्नो तर्फको तयारी पूरा नभएको भन्दै चिनियाँ पक्षले मानिस आउजाउ नदिएको अधिकारीहरूले बताएका छन् । सरकारी पक्षले भने चिनियाँ पक्षले थप व्यवस्थित गर्न लागेका कारण मानिस आवतजावतमा केही समय लाग्ने जनाएको छ । तिब्बतका लागि महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले…

Read More

काठमाडौँ, १५ साउन । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य सरकारको अनुमतिबिना नै जम्बो टोली लिएर चीन भ्रमणमा गएका छन् । उच्च स्रोतले दिएको जानकारीअनुसार शाक्यसहित १० जनाको टोली अनुमति नै नलिई विदेश भ्रमणमा गएको हो । आइतबार १० जनाको भ्रमण टोलीसहित शाक्य चीनको ल्हासा र छेन्दु सहरको भ्रमणमा गएका हुन् । महानगरपालिकाका अनुसार उनीहरू नौदिने भ्रमणका लागि चीन गएका हुन् । भ्रमण टोलीमा नगरप्रमुख शाक्यकी धर्मपत्नी सुचिता शाक्य, वडा नम्बर १ का वडाध्यक्ष भरतलाल श्रेष्ठ, वडा नम्बर २८ का वडाध्यक्ष भाइराम खड्गी, नगरकार्यपालिका सदस्य रश्मि खड्का र हिरा पोखरेल, प्रशासन महाशाखाका निर्देशक गणेश थपलिया र अन्तर्रा्ष्ट्रिय सम्बन्ध सचिवालयका शाखा अधिकृत…

Read More