
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २८ जेठ । झापाको कचनकवल गाउँपालिका–७ मा करेन्ट लागेर आज बिहान एक जनाको मृत्यु भएको छ । हात्तीबाट अन्नबाली जोगाउन आफ्नै बारीमा आफैँले लगाएको विद्युतीय तारबारले करेन्ट लागेर कचनकवल–७ बैगुनबारीका ६५ वर्षीय किर्खनाथ खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । आफ्नै बारीमा बाख्रा चराउन गएका उनको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो । घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षक बिजय चौहानको कमाण्डा प्रहरी टोली खटिएको प्रवक्ता खड्काले बताउनुभयो ।
झापा, २८ जेठ । झापाका विभिन्न स्थानमा तीन जना मृत फेला परेका छन् । झापाको अर्जुनधारा–४, अर्जुनधारा–११ र बिर्तामोड–२ मा एक÷एक जना पुरुष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । आज बिहान अर्जुनधारा–४ मदनपुर जलाधर भित्री कच्ची सडकमा नामथर, वतन नखुलेको हेर्दा तराईबासी मूलको जस्तो देखिने, निलो कमिज खैरो हाफ पाइन्ट लगाएको करिब ४५–५० वर्षीय पुरुष मानिस घोप्टे परी मृत अवस्थामा फेला परेका छन् । शवको पहिचानका लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको उहाँले बताउनुभयो । त्यस्तै, मंगलबार बिर्तामोड–२ फुलवारी टोलस्थित पासाङ शेर्पाको मकैबारीमा सोही वडाका आदर्श टोलका ३६…
सन्तोष शर्माझापा, २८ जेठ । झापाको अर्जुनधारा नगरपालिकामा कृषि क्षेत्रमा लगानी गर्न चिनिया राजदूत चेन सोङ्गले अवलोकन भ्रमण गर्नुभएको छ । कृषि क्षेत्रमा लगानी गर्नका लागि राजदूत सोङ्गले यहाँका विभिन्न स्थानको अवलोकन भ्रमण गर्नुभएको हो । राजदूत सोङ्गले मंगलबार अर्जुनधारा–१० कालिझोडास्थित मुढा बनाउने उद्योग, अर्जुनधारा–२ स्थित टपरी उद्योग बनाउने उद्योगको अवलोकन भ्रमण गर्नुभएको छ । आज बुधबार अर्जुनधारा–६ स्थित गाई फर्म र अर्जुनधारा–१० स्थित माछा फर्मको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको सभामुख देवराज घिमिरेका स्वकीय सचिव केशव ढुंगेलले जानकारी दिनुभयो । “उहाँहरुले लगानीको सम्भावित क्षेत्रको अवलोकन गरिरहनुभएको छ”, उहाँले भन्नुभयो, “उपयुक्त ठाउँमा लगानी गर्ने प्राप्त विश्वास छ ।” १९ सय…
झापा, २८ जेठ । संयुक्त पहिचानवादी मोर्चाले हल्दिबारीमा सन्त थाम्सुहाङको संयोजकत्वमा पालिकास्तरीय मोर्चा गठन गरेको छ । मोर्चाको हल्दिबारीमा सम्पन्न भेलाले थाम्सुहाङको नेतृत्वमा मोर्चाको समिति गठन गरेको हो । भेलाले मोर्चाको सह–संयोजकमा चन्द्र मगर, सदस्य सचिवमा मनकुमार लिम्खिमलाई चयन गरेको छ । त्यसैगरी सदस्यमा डम्बर सदेम्बा, कमलबहादुर याक्सो, सन्तोष आङभाङ, धनबहादुर राई पर्शुराम मगर, धनकुमार सम्बाहाम्फे, लाखबहादुर नेम्बाङ, अशोक राई, पूर्णबहादुर मेचे, गणेश केरुङ र खड्क लोक्तामलाई चयन गरेको मोर्चाका झापा संयोजक एलवी पालुङ्वाले जानकारी दिए । यसैगरी सल्लाहकारमा डिकराम फागो चयन चएका छन् । मोर्चाका झापा जिल्ला संयोजक एलबी लुङ्वाको अध्यक्षतामा भएको कार्यक्रममा मोर्चाका केन्द्रीय नेताहरु विराज आङ्देम्बे, दिलकुमार…
झापा, २८ जेठ । पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकाल (सीके अंकल) लाई पितृ शोक परेको छ । कनकाई नगरपालिका–६ चम्पापुरस्थित विद्यापति ढकालको ८९ वर्षको उमेरमा आज विहान निधन भएको हो । विस १९९३ साल जेठ ८ गते जन्मिएका ढकाल सामाजिक एवम् धार्मिक व्यक्तित्वका रुपमा परिचित थिए । उनी केही समय अघिदेखि अस्वस्थ्य रहेका थिए । स्व ढकालका श्रीमती हरिमाया ढकाल सहित ५ छोरा र ४ जना छोरी रहेका छन् । जसमा सीके अंकल काईला छोरा हुन् । ढकालका पाँच छोरा वुहारीहरुमा वेदप्रकाश–चन्द्रमाया, नरेन्द्र–गोमा, खेमराज–उर्मिला, चन्द्रकान्त–अम्विका, कमल–देवका रहेका छन् । चार छोरीहरु डम्बर कुमारी, रुकमिणा, चन्द्रकला र तीलरुपा रहेका छन् ।…
बिर्तामोड, २८ जेठ । “पढ्न मन लाग्छ, स्कूल जान मन लाग्छ”, बिर्तामोड–३ की ७ वर्षीया बालिका अनिषाले भन्नुभयो, “बेला–बेलामा आमाले अह्राउनुभएको काम गर्छु ।” विद्यालय उमेरकी सात वर्षीया बालिका अनिषाकी आमा अनुता राई (मगर) पक्षघातका कारण कम्मरमुनिको भाग नचल्ने भएर ओछ्यानमै थलिनुएको छ । आर्थिक अवस्था कमजोर भएका अनुताको परिवार हाल कष्टकर दैनिकी बिताइरहेको छ । अर्जुनधारा नगरपालिका–३ घर भई हाल बिर्तामोड–३ स्थित यातायात कार्यालय छेउमा बस्दै आउनुएकी ३५ वर्षीया अनुताको करिब एक वर्षदेखि ओछ्यानमै दिन बितिरहेको छ । ह्वील चियरको सहायताले छोरा १५ वर्षीय समीर मगरले अनुताको हेरचाह गर्दै आएका छन् । शुरुमा सामान्य खुट्टा दुख्ने समस्या भएपछि बिर्तामोड…
झापा, २८ जेठ । चालु आर्थिक वर्षको १० महिनामा प्रदेश सरकारहरुले रु एक खर्ब १७ करोड बराबर रकम खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार सो अवधिमा प्रदेश सरकारले स्रोत परिचालन रु एक खर्ब ६१ अर्ब ७७ करोड गरेका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा सङ्घीय सरकारले वित्तीय समानीकरण अनुदान प्रदेश सरकारका लागि रु ६० अर्ब उपलब्ध गराएको थियो । सशर्त अनुदान रु २५ अर्ब ८४ करोड र पूर्वाधारका आयोजना कार्यान्वयन गर्न समपूरक अनुदान रु ६ अर्ब २० करोड उपलब्ध गराएको थियो । प्रदेश सरकारहरुको कुल स्रोत परिचालनमा सङ्घीय सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य…
झापा, २८ जेठ । आइसिसी क्रिकेट विश्वकप लिग–२, त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत नेपालले नेदरल्याण्ड्सलाई १६ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा नेपालले नेदरल्याण्ड्सलाई लगातार दुई खेलमा हराएको हो । स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले प्रस्तुत गरेको २३७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ४९ दशमलव २ ओभरमा अलआउट हुँदै २२० रनमा समेटियो । नेपालको जितमा नन्दन यादव र सन्दीप यादवले तीन–तीन विकेट लिए । ललित राजवंशीले दुई विकेट लिँदा करण केसी र कुशल भुर्तेलले एकरएक विकेट हात पारे । नेदरल्याण्ड्सका लागि वास्ली बारेसीले सर्वाधिक ३६ रन बनाए भने स्कट एडवार्डले ३० र केले केलिनले २५ रन बनाए । उसका…
झापा, २८ जेठ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै गरेकाले होसियारी अपनाउन सुझाव दिएको छ। महाशाखाले आज बिहान चेतावनी जारी गर्दै भनेको छ– हाल देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा वर्षा गराउने बादल विकास भई यी प्रदेशका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको छ र यो प्रणाली पूर्वतिर सर्दै गइरहेको छ। त्यसैले आवश्यक सतर्कता अपनाउनुहोला । यसअघि मौसम महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार आज दिउँसो देशका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। अनि देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा–हिमपातको सम्भावना…
झापा, २७ जेठ । एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको दोस्रो खेलमा नेपाल घरेलु टोली लाओससँग पराजित भएको छ । न्यु लाओस राष्ट्रिय रङ्गशालामा भरखरै सम्पन्न खेलमा लाओसँग नेपाल २–१ गोलअन्तरले पराजित भएको हो । अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपाल लाओसँग पहिलो पटक पराजित भएको हो । लाओसको जितमा दामोथ थोङखामसाभाथ र पिटर पान्थावोङले समान एक एक गोल गरे । नेपालविरुद्ध लाओसले खेलको १३औँ मिनेटमा पहिलो अग्रता लियो । लाओसका लागि दामोथले गोल गरे । त्यसपछि खेलको दोस्रो हाफ सुरु भएको चौथो मिनेटमा नेपालले दोस्रो गोल खायो । लाओसका पिटरले गोल गर्दै टोलीलाई दोस्रो अग्रता दिलाए । खेलमा २–० गोलले पछि…