झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बाँके, २२ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको दिगो विकासका लागि शिक्षामा लगानी वृद्धि गर्न आवश्यक रहेको बताउनुभएको छ । वैजनाथ गाउँपालिका–५ जीगाउँस्थित प्रभात माध्यमिक विद्यालयको ५० औंँ वार्षिकोत्सव तथा स्तम्भ अनावरण कार्यक्रममा राष्ट्रपति भण्डारीले सामुदायिक विद्यालयको स्तर वृद्धिसँगै गुणात्मक शिक्षा दिनुपर्नेमा जोड दिनुभयो । बालबालिकाको शैक्षिक गुणस्तरमा ध्यान दिन शिक्षक तथा अभिभावकलाई आग्रह गर्दै उहाँले भन्नुभयो, “शैक्षिक लगानीले बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने अवसर प्रदान गर्छ । राज्यले शिक्षामा गरेको लगानीको प्रतिफल जनताले पाउनुपर्छ ।” राष्ट्रपति भण्डारीले शिक्षालाई व्यावहारिक, जीवनोपयोगी र गुणस्तरीय बनाउन सामुदायिक विद्यालय र अभिभावकको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । सामुदायिक विद्यालयलाई बालमैत्री क्षेत्रका रुपमा विकास गर्दै…

Read More

चितवन, २२ जेठ। नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जागरण अभियानले आम कार्यकर्तामा संवादको थालनी भएको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले अभियान काङ्ग्रेस सुधारका लागि प्रारम्भ भएको पनि बताउनुभयो । जागरण अभियानले काङ्ग्रेसको गाडीलाई कुन दिशामा लैजाने भन्ने कुराको पुष्टि गर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “काङ्ग्रेसको रुपान्तरणका लागि जागरण अभियान पनि एउटा ट्याबलेट हो ।” योमार्फत् काङ्ग्रेसले गति लिएको भन्दै उहाँले थप्नुभयो, “काङ्ग्रेसको गाडी स्टाट भयो । हिजो ड्राइभरहरु मात्रै कुदेको देखिन्थ्यो । अब गाडी स्टाट भएको छ दोस्रो चरणमा पुग्दा गाडी राजमार्गमा आउँछ र तेस्रो चरणमा पुग्दा गति लिन्छ ।” समग्रमा जागरण अभियान सफल…

Read More

बिर्तामोड, २२ जेठ । प्रदेश १ लाई छुवाछूतमुक्त बनाउने प्रतिबद्धता जाहेर गरिएको छ । जातीय विभेदमा अन्त्य गर्ने उद्देश्यका साथ मंगलबार आयोजित जागरणसभामा छुवाछुतमुक्त प्रदेश घोषणा कार्यान्वयन सम्बन्धी प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको हो । जातीय भेदभाव तथा छुवाछुत मुक्त राष्ट्रिय दिवसका अवसरमा बिर्तामोडमा छुवाछूतमुक्त प्रदेश घोषणा कार्यान्वयन सम्बन्धी झाँकीसहितको जागरणसभा गरिएको छ । प्रदेश सरकार समामाजिक विकास मन्त्रालय प्रदेश १ को संयोजन र छुवाछुतमुक्त प्रदेश घोषणा कार्यान्वयन जिल्ला मुल समारोह समितिद्वारा आयोजित कार्यक्रममा जिल्लाका दलितसँग सम्बन्धित संघसंस्था, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, वडाध्यक्ष, सदस्य लगायतको उपस्थिति थियो । जागरण अभियानका अवसरमा विभिन्न…

Read More

भद्रपुर, २२ जेठ । विश्व वातावरण दिवसको अवसर पारेर भद्रपुर नगरपालिकाले मंगलबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । ‘वातावरण संरक्षणमा बाबालिकाको भूमिका’ विषयमा आयोजित वडास्तरीय प्रतियोगितामा छात्रातर्फ भद्रपुर–९ की रुक्सुम गुरागाईं प्रथम भएकी छिन् । वडा नं ८ की आराध्य पोखरेल दोस्रो भएकी छिन् भने वडा नं १० की निशा लामिछाने तेस्रो भएकी छिन् । वडा नं ३ की शान्ता राईले सान्त्वना पुरस्कार जितिन् ि। त्यसैगरी, छात्रतर्फ वडा नं ८ का आर्यन कटुवाल प्रथम, वडा नं १० का दृष्टान्त लम्साल दोस्रो र वडा नं ७ का आदित्य पोखरेल तेस्रो भए भने वडा नं ३ का प्रवेश अधिकारीले सान्त्वना पुरस्कार हात…

Read More

गंगा बराल भद्रपुर, २२ जेठ । झापाको भद्रपुरमा नगरस्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता मंगलबार शुरु भएको छ । एक समारोहका बीच भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले प्रतियोगिताको उद्घाटन गरे । माध्यमिक तहका विद्यार्थी सहभागी हुने प्रतियोगितामा भद्रपुर नगरभित्रका २८ विद्यालय सहभागी छन् । शनिबारसम्म चल्ने प्रतियोगितामा एथलेटिक्स, भलिबल र कबड्डीका खेलहरु समावेश रहेको आयोजक भद्रपुर नगरपालिका, शिक्षा खेलकुद तथा युवा शाखा अधिकृत १ानबहादुर पौडेलले जानकारी दिए । शिक्षा खेलकुद तथा युवा शाखा प्रमुख उद्धव विष्टको अध्यक्षतामा शाखाका प्रेम भुजेलले सञ्चालन गरेको उद्घाटन समारोहमा प्रमुख अतिथि नगरप्रमुख श्रेष्ठले नगरभित्रका विद्यार्थीहरुको खेलकुदप्रतिको चाहना पूरा गर्न नगरपालिकाले प्रयास गर्ने बताए । विद्यालयहरुको मार्चपास…

Read More

काठमाडौं, २२ जेठ । सत्तारुढ नेकपामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच केन्द्रीय सदस्यको जिम्मेवारीमा फेरि विवाद देखिएको छ । ओली–नेपाल असमझदारी प्रदेश पदाधिकारी चयनमा पनि देखिएको थियो । ७७ जिल्लाका इन्चार्जरसहइन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्यलाई नै दिन लागिएको विषयमा उनीहरुबीच विवाद देखापरेको हो । नेकपाले भूगोलका ७७ वटै जिल्लाको इन्चार्ज–सहइन्चार्ज चयन गर्ने गरी प्रस्तावमाथि सचिवालय बैठकमा छलफल गरेको थियो । प्रस्तावमा वरिष्ठ नेता नेपालसँग अध्यक्षद्वय ओली र पुष्पकमल दाहालले छलफल गरे पनि समझदारी बनेको थिएन । दिउँसो बसेको सचिवालय बैठकमा पनि अध्यक्षद्वयले विहान नेपालसँग गरेको छलफलमा प्रस्तुत प्रस्ताव ‘जस्ताको त्यस्तै’ राखेपछि बरिष्ठ नेता नेपालले कार्य…

Read More

काठमाडौं, २२ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पार्टी एकता प्रक्रिया र कार्य विभाजनलाई पूर्णता दिन उच्चस्तरमा छलफल शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार बसेको पार्टीको सचिवालय बैठकमा केन्द्रीय कमिटीको कार्य्विभाजनबारे छलफल शुरु भएको छ । कार्य विभाजनबारे सचिवालय सहमति नजिक पुगेको र बुधबार बस्ने सचिवालय बैठकले टुङ्गो लगाउने बताइएको छ । बैठकपछि पत्रकारसँग कुरा गर्दै सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा केन्द्रीय कमिटीको कार्य्विभाजनबारे छलफल भए पनि टुङ्गो नलागेको र बुधबार पुनः बसेर त्यसलाई टुङ्गो लगाउने सहमति भएको जानकारी दिए । आजको गोरखापत्र दैनिकमा खबर छ ।

Read More

काठमाडौँ, २२ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वैदेशिक रोजगारीका सवालमा संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ। मलेसियाको वैदेशिक रोजगारी स्थगित भएसँगै लाखौं नेपाली त्यहाँ जानबाट वञ्चित भएका बेला कांग्रेसले उक्त प्रस्ताव दर्ता गराएको हो। कांग्रेस सांसद डा। डिला संग्रौलाले यो जरुरी सार्वजनिक महत्वको प्रस्ताव गरेका हुन् । उक्त प्रस्तावमा सांसद रामबहादुर विष्ट र देवप्रसाद तिमल्सिनाले समर्थन गरेका थिए । सांसद संग्रौलाले वैदेशिक रोजगार क्षेत्रमा देखिएको अव्यवस्था, विकृति र विसंगति हटाई वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित, भरपर्दो र मर्या्दित बनाउन संसद्मा सार्वजनिक महत्ववको प्रस्ताव दर्ता गरेको जनाए । आजको नेपाल समाचारपत्रमा खबर छ ।

Read More

रोल्पा, २२ जेठ । आठ वर्षीय जीवन विक घरको सुरमा उभिएर ‘मलखाद’ माथि बसेको अचेत आमाको पीडा हेर्ने गर्छन् । आमाको जलेको खुट्टा पनि अशक्त अवस्था देख्दा उनी भक्कानिन्छन् । तत्कालीन माओवादी द्वन्द्वमा घरपरिवार त्यागेर पूर्वलडाकु ३२ वर्षीया निर्मला विक ‘साधना’ तीन वर्षदेखि अचेत छिन् । उनी बेलुका अध्याँरो बढ्दै जाँदा बाख्रा र कुखुरासँगै गोठमा सुताइन्छिन् । अनि बिहान तिनै घरपालुवा पशुपन्छिसँगै बाहिर सारिन्छिन् । त्रिवेणाी ५ जगार जबरबोटकी निर्मला आठ वर्षअगाडि रोगले थलिएकी हुन् । छिटो ठूलो हुन पाए आमाको उपचार गर्न सकिन्थ्यो कि भन्ने जीवनलाई परेको छ । आमाको दैनिकीले उनलाई असाध्यै पीडा हुन्छ तर बाल्यावस्थाका उनी निरीह…

Read More

धनुषा, २२ जेठ । धनुषा बटेश्वरकी कक्षा–९ मा पढ्ने दलित किशोरी फागुन ११ गते साँझ बहिनीसँग खेतबाट घर फर्कदै थिइन् । दिदीबहिनी आफ्नै सुरमा हिँडिरहेका थिए । अकस्मात् उनीहरुका अगाडि तीनजना चढेको मोटरसाइकल रोकियो । बहिनी डराएर घरतिर भाग्न सफल भइन् । ‘मेरो नाकमा नशालु पदार्थ सुँघाएर बेहोस बनायो । आँखामा कालोपट्टी बाँधी अपहरण गर्यो ।’ पीडित किशोरीले भनिन्, ‘हातखुट्टा डोरीले बाँधिदियो । एउटा सुई लगाइदियो त्यसपछि के भयो थाहा छैन ।’ अनि त्यो समूहले उनलाई रातारात भारतको मझपरपुर पुर्यायो । किशोरीलाई तीन महिनासम्म बन्धक बनाइयो र उनीमाथि सामूहिक बलात्कार भयो । किशोरीको हात खुट्टामा दाम्लोले बाँधेको डाम छ ।…

Read More