
झापा, २१ भदौ । भदौ १० गते विनाशकारी बाढी निम्त्याएको भोटेकोसी नदीको सिरानमा पहिरोका कारण बनेको ताल रित्तिएको छ।
चीनको तिब्बत स्वायत्त क्षेत्रको केरुङ बन्दरगाहमाथि बनेको ‘ब्यारियर लेक’को पानी निकास भएसँगै ताल पूर्णरूपमा खाली भएको चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ।
पहिरोले नदीको बहाव रोकिएपछि बनेको उक्त तालमा २० लाख घनमिटरभन्दा बढी पानी जम्मा भएको थियो। ताल फुट्न सक्ने जोखिमलाई मध्यनजर गर्दै चिनियाँ अधिकारीहरूले निरन्तर पानीको सतह र नदीको बहाव निगरानी गरिरहेका थिए।
ताल रित्तिएसँगै भोटेकोसी नदीको बहाव पनि सामान्य अवस्थामा फर्किएको र तत्कालका लागि बाढीको जोखिम नियन्त्रणमा आएको सिन्ह्वाले जनाएको छ।
Facebook Comments Box


