झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, ९ जेठ । नेपाली कथानक चलचित्र ‘जात्रै जात्रा’ को टोली मोफसल यात्रामा निस्किएको छ । चलचित्र प्रचारका क्रममा निर्देशक सहित कलाकारको टोली पूर्वी नेपाल आएको हो । निर्देशक प्रदीप भट्टराई, चलचित्रका मुख्य अभिनेता विपीन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत लगायतको टोली बुधबार झापाको विर्तामोड र दमकका चारवटा हलमा पुगेर दर्शक सँगै केहि समय चलचित्र समेत हेरेका हुन् । बसधबार झापा आइर दर्शकसँग भेटघाट गरेको चलचित्र ‘जात्रै जात्रा’ को टोली विहिबार मोरङको विराटनगर र सुनसरीका धरान तथा इटहरीका सिनेमा घरमा पुग्नेछ । गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गरेका छन् । विपीन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, दयाहाङ…

Read More

काठमाडौँ, ९ जेठ । साइन ग्रुपका नाममा काठमाडौं आएर पिरामिड शैलीको नेटवर्किङ विस्तार गर्न आएका २० भारतीय पक्राउसँगै थप पीडित प्रहरीको सम्पर्कमा आएका छन् । प्रहरी परिसर काठमाडौंले बुधबार थप तीन पीडितको निवेदन दर्ता गरेको छ । उनीहरुको नेटवर्कको सदस्य बन्ने भन्दै २० लाख ८ हजार ५ सय रुपैयां फसाएका बताएका छन् । यसअघि नै परिसरमा १ करोड ६० लाख फसाएका तीन जनाले नेटवर्क सञ्चलकविरुद्ध उजुरी दिएका थिए । प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले थप १७ पीडित सम्पर्कमा आएको र उनीहरु निवेदन दर्ता गराउने क्रममा रहेको बताए । प्रहरीले वैशाख २८ मा साइन ग्रुपका नाममा काठमाडौं आएर पिरामिड…

Read More

काठमाडौँ, ९ जेठ । सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको नेपाल स्याटेलाइट टेलिकम कम्पनीसँग कर असुल नगर्न अन्तरिम आदेश जारी गरेको छ । सुमार्गीको लगानी रहेको स्याटेलाइट टेलिकमको ७५ प्रतिशत सेयर ७ वर्षअघि बिक्री गर्दा पुँजीगत लाभकर छली गरेको भन्दै सरकारले ४ अर्ब ३१ करोड ९५ लाख ७९ हजार कर निर्धारण गरेको छ । उक्त कर निर्धारणविरुद्ध सर्वोच्च अदालत पुगेका सुमार्गीसँग एकपक्षीय सुनुवाई गरी न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले लाभकर असुलीलगायतका कामकारबाही नगर्न अन्तरिम आदेश जारी गरेको हो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

काठमाडौँ, ९ चैत । निर्वाचन क्षेत्र विकास कार्यक्रमका नाममा सांसदले १० करोड रुपियाँ माग गरेकोमा नागरिक समाजले कडा आपत्ति जनाएको छ । स्थानीय जनप्रतिनिधि नभएको सन्दर्भमा सुरु गरिएको यो अवधारणा अब अप्रासंगिक भएको विश्लेषकहरुको धारणा छ । ‘मुलुकमा ७५३ स्थानीय निकाय छन् बजेट परिचालनका लागि, संघीय सांसदलाई किन चाहियो छुट्टै संरचना रु’, नागरिक समाजका अगुवा भवानी खरेल भन्छन्– ‘सांसदलाई दिने भनिएको १० करोडले भ्रष्टाचार मात्र निम्त्याउँछ ।’ संघीय संसद्मा आगामी साता आर्थिक वर्ष २०७६÷७७ का लागि बजेट प्रस्तुत हँुदै छ । सरकारले वजेट ल्याउने अन्तिम तयारी गरिरहँदा सांसदहरु आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्न पाउने गरी वार्षिक १० करोड रुपियाँको माग…

Read More

कञ्चनपुर, ९ जेठ । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको आमा दुर्गादेवीले सरकारले प्रदान गरेको सम्पूर्ण राहत रकम बुझेकी छिन् । उनले त्यो रकम दुई छोरीको भविष्य निर्माणमा खर्च गर्ने बताएकी छिन् । तीनै तहका सरकारले निर्मलाको परिवारलाई (स्थानीयले तीन, प्रदेशले पाँच र संघले १० लाख) कुल १८ लाख रुपैयाँ राहत दिने घोषणा गरेका थिए । विगतमा निर्मलाको हत्यारा पत्ता नलागुन्जेल राहत नबुझ्ने अडान उनको परिवारले राख्दै आएको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Read More

ओखलढुंगा, ९ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतका लागि ओखलढुंगा सदरमुकाममा हतारमा गरिएको पिच केही घन्टामै भत्किएको छ । सडकमा वर्षौदेखि परेका खाल्डाखुल्डी पुर्दै बुधबार दिनभर गरिएको पिच बुधबार साँझ आएको मुसलधारे पानीले बगाएको हो । सिद्धिचरण पार्क, गणेश मन्दिर चोक, नयाँ हुलाकमार्र्ग, भैरवटोल, पुरानो हुलाक डाँडादेखि रामबजारसम्मका दर्जनौँ खाल्डा पुर्दै दिनभर पिच गरिएकोमा अधिकांश पिच साँझको पानीले बगाएको छ । गणेश मन्दिर नजिक खाल्डा पुरेर पिच गरिएको मुशलधारे पानीले पुरै बगाएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Read More

काठमाडौँ, ९ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट राहदानी संशोधन विधेयक फिर्ता भएको छ । प्रमाणीकरणका लागि पठाइएको उक्त विधेयकमा पुनर्विचार गर्न भन्दै प्रतिनिधिसभामा फिर्ता भएको हो । संसद्ले पारित गरेको विधेयक पुनर्विचारका लागि राष्ट्रपतिबाट फिर्ता गरिएको यो पहिलोपटक हो । प्रतिनिधिसभाले पारित गरेको राहदानी संशोधन विधेयक राष्ट्रियसभाले ६० दिनभित्र कुनै निर्णय नगरेको भन्दै प्रतिनिधिसभाले प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएको थियो । दुवै सदनले पारित गरेर पठाउनुपर्ने विधेयक प्रतिनिधिसभाले मात्र पारित गरेको भन्दै राष्ट्रपतिबाट फिर्ता भएको हो । विगतमा रामवरण यादव राष्ट्रपति हुँदा नेपाल ऐन संशोधन गर्ने अध्यादेश र अर्को संविधानसभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेश फिर्ता भएका थिए । आजको अन्नपूर्ण पोस्ट…

Read More

काठमाडौँ, ९ जेठ । विभिन्न गुट–उपगुटमा रहेका कारण कमजारे प्रतिपक्षीको भूमिकामा रहेको कांग्रेसभित्र छाया सरकार गठनमा पनि असन्तुष्टि देखिएको छ । सरकारमाथि मन्त्रालयगत रूपमै खबरदारी गर्न भन्दै कांग्रेसले सोमबार ५८ सदस्यीय छाया सरकार गठन गरेको थियो । छाया सरकारको जिम्मेवारी पाएका नेताहरूले असन्तुष्टि जनाउन थालेका छन् । यसरी असन्तुष्टि जनाउने नेताहरुमा गगन थापा, अमरेश सिंह लगायत छन् । पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले प्रत्येक मन्त्रालयमा एक संयोजक र दुई सदस्य रहने गरी छाया सरकार गठन गरेका थिए। कांग्रेसले यसलाई मन्त्रालय समन्वय समिति नाम दिएको छ । छाया सरकारको परराष्ट समितिमा रहेका सिंहले आफू उक्त समितिमा नबस्ने जानकारी…

Read More

पाँचथर, ९ जेठ । मिक्लाजुङ गाउँपालिका–३ स्थित आरुबोटे बजार र आसपास क्षेत्रका बासिन्दाको अनुहार बुधबार दिनभरि मलिन देखियो । गाउँलेमा कुनै उत्साह देखिएन। दुई परिवारका नौजनाको सोमबार राति घरमै भएको हत्याबारे अनेक अडकलबाजी लगाइरहेका उनीहरू त्रसित र हतास देखिन्थे । उनीहरूलाई नौजनाको हत्या सपनाजस्तो लागेको छ । ‘गाउँमा त शान्ति थियो। अलिअलि झैझगडाबाहेक थिएन । त्यसै मान्छे तराई झ¥या हैन रहेछन्’ जस्ता टिप्पणी स्थानीयले गरेको सुनियो । दुई घरमा रगतका टाटैटाटा थिए । सामान्य आर्थिक अवस्थाका दुई परिवारले घरमा बर्खालाई दाउरा र खाद्यान्नको जोहो गरेको देखियो । दुवै घरलाई प्रहरीले घेरेका थिए। गोठमा बस्तुभाउ कराइरहेका थिए। आफन्त अनेक बिलौना गरेर…

Read More

काठमाडौँ, ८ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले सङ्घीय संसद् प्रतिनिधिसभामा दर्ता गरिएको ‘मिडिया काउन्सिलसम्बन्धी विधेयक–२०७५’ परिमार्जन गरी संविधानअनुकूल बनाउने आश्वासन दिनुभएको छ ।सो विधेयकबारे नेपाल पत्रकार महासङ्घले आज प्रस्तुत गरेको पन्ध्रबुँदे सुझावसहितको ध्यानाकर्षणपत्र बुझ्दै नेता नेम्वाङले पार्टीका तर्फबाट नै संशोधन प्रस्ताव हालेर विधेयक संशोधन गरिने प्रतिबद्धता व्यक्त गरे । ध्यानाकर्षणपत्रमा मिडिया काउन्सिलको सट्टा प्रेस काउन्सिल राख्नुपर्ने, विधेयकको प्रस्तावनामा स्वायत्त र स्वतन्त्र काउन्सिल स्थापनाका लागि ऐन बनाइएको भनेर प्रष्ट शब्दमा लेख्नुपर्ने र परिभाषा खण्डमा विद्युतीय प्रसारण, अनलाइन पत्रकारिता र समाचार समितिबारे स्पष्ट परिभाषा लेख्नुपर्नेलगायत बुँदा समावेश गरिएको छ । सङ्घीय संसद्मा दर्ता भएको विधेयकमा कसैको…

Read More