झापा, २६ भदौ । भोटेकोशी बाढीपीडितका लागि प्याब्सन झापाले ७५ लाख ५३ हजार ९ सय ४७ रुपैयाँ सहयोग गरेको छ।
झापाका १३९ निजी विद्यालयका सञ्चालक, शिक्षक, विद्यार्थी र अभिभावकबाट सङ्कलित रकम प्याब्सन केन्द्रीय समितिमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको हो।

प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीले प्याब्सनका केन्द्रीय सल्लाहकार नारायणप्रसाद घिमिरेलाई उक्त रकम हस्तान्तरण गर्नुभयो। केही विद्यालयले अझै सहयोग रकम दिन बाँकी रहेकाले आगामी एक साताभित्र थप रकम सङ्कलन गरी सहयोग १ करोड रुपैयाँ पुर्याउने तयारी रहेको कार्कीले बताउनुभयो।
Facebook Comments Box



